हस्तकला नगरी घोषणाले ल्याएको अवसर



नन्दकिशोर पुनः‘पासाङ’

मलाई यो पाटन क्षेत्रमा आउँदा अत्यन्त गौरव र आनन्दको अनुभूति हुन्छ । यो पर्यटकीय नगर । यो हस्तकलाको नगर । यो नेपाली कलालाई अन्तर्राष्ट्रिय जगतमा पु¥याउने नगर । र, यो ती कलाकारहरुको नगर हो –जुन अरनिकोदेखि अनेक प्रतिभाशाली कलाकारको कलाले सिञ्चिएको छ । आज धेरै समयपछि पाटन क्षेत्रमा आउन पाउँदा र यस नगरबासी दिदी–बहिनी तथा दाजुभाईहरुसँग भेटघाट र साक्षात्कार गर्न पाउँदा मैले ज्यादै गौरवको अनुभूति गरिरहेको छु ।

प्रकृतिको अनुपम उपहारको रुपमा रहेको हाम्रो देश नेपालीहरुको उच्च सिर्जनाका रुपमा रहेका कला र संस्कृतिले अत्यन्त धनी छ । हाम्रो हस्तकला विश्वमै प्रख्यात छ । विशेष गरी १२ औं शताब्दीका महान् कलाकार अरनिकोको पालादेखि नै नेपाली कलाको विश्वमा ठूलो माग रहँदै आएको छ । कला, संस्कृति र सम्पदाले भरिपूर्ण प्राचीन सहर ललितपुरका लिच्छिविकालीन, मल्लकानीन बौद्ध विहारहरु, मन्दिर, देवालय, शिवालय, ढुंगेधारा, पाटी, पौवाहरुमा प्रतिभाशाली कलाकारहरुको अनुपम कलाको प्रतिविम्बित भईरहेका छन् । यसको श्रेय अरनिको लगायत अन्तय प्रतिभाशाली कलाकारहरुको सिर्जना र देनले गर्दा ललितपुर कला, संस्कृति, सम्पदाले भरिपूर्ण नगरको रुपमा विश्वमा परिचित छ ।

स्थानीय सरकारले यस प्रकारको महोत्सव आयोजना गरेर जसरी असल काम गरिरहेको छ, प्रदेश र संघीय सरकारले पनि यसमा ध्यान दिनेछन् भन्नेतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु । किनकी कला, संस्कृति, सम्पदा, भाषा, संस्कार, भूगोल तथा प्रकृति राष्ट्रको मुख्य पहिचान हो ।

यो गौरवान्वित नगरलाई विश्व कला परिषद्ले ३५ औं हस्तकला नगरी घोषणा गर्नु हरेक नेपालीका लागि ज्यादै खुशी र गौरवको कुरा हो । यो घोषणाले ललितकलाको शहर तथा नेपालको सांस्कृतिक वैभव, खुल्ला संग्रहालयका रुपमा चिनिने ललितपुरबाट पुनः एकपटक नेपाल राष्ट्रको शीर अन्तर्राष्ट्रिय जगतमा उचो भएको छ । यस अवसरमा म पुस्तौदेखि धातुकला, प्रस्तकला, पौभा चित्र, तामाका भाँडाकुँडा बनाउने जस्ता हस्तकलाका विविध कार्यमा संलग्न हुँदै आउनुभएका हस्तकला नगरी ललितपुरबासीलाई बधाई दिन चाहन्छु ।

हस्तकला नेपालको चिनारी हो । खास गरी वंशावली अनुसार ईसापूर्व २०० मा किराँती राजा वीरदेवबाट ललितपुर नगरको स्थापना गरिएको मानिन्छ । वि.सं. २५० मा भारतका सम्राट अशोक आफ्नो छोरी चारुमतीसँगै काठमाडौं आएको बेला यस ललितपुर नगरको चार दिशामा र एउटा मध्यभागमा अशोक स्तुपहरु स्थापना गराई धर्मचक्रको आधारमा यस नगरलाई विकास गरिएको थियो भन्ने भनाई छ ।

नेपालको शीर विश्वमा उचो पार्ने हस्तकला क्षेत्रले धेरैका लागि रोजगारीको सृजना समेत गरेको छ । यससँगै हाम्रो लागि अर्को गौरवको कुरा के हो भने नेपालबाट निर्यात हुने वस्तुमध्ये सबै भन्दा बढी हस्तकला कै छन् । त्यसमा पनि ललितपुरको अत्यधिक हिस्सा रहेको थाहा पाउँदा मलाई खुशी लागेको छ । नेपालको निर्यात व्यापारमा योगदान पु¥याउने, नेपाली कलालाई अन्तर्राष्ट्रिय जगतमा पु¥याउने हस्कतला क्षेत्रमा संलग्न महानुभाव र ललितपुरबासी अधिक रहेको छ ।

हाम्रो कला तथा संस्कृतिमाथि नै संकट आउने चिन्ता पनि बढीरहेको छ । अब हामी सबैले हाम्रो कला तथा संस्कृतिको संरक्षण र सम्बद्र्धनमा विशेष ध्यान दिनुपर्दछ । विश्व कला परिषद्ले ललितपुरलाई हस्तकला नगरी घोषणा गर्नु कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्न हाम्रो लागि ठूलो अवसर हो ।

 

 

निश्चय नै नेपाली हस्तकलालाई विश्व मानचित्रमा चर्चित बनाउने पुस्तौँदेखिको हस्तकला पेशा संकटमा पर्दै आएको महसुस हुँदैछ । यसबाट हाम्रो कला तथा संस्कृतिमाथि नै संकट आउने चिन्ता पनि बढीरहेको छ । अब हामी सबैले हाम्रो कला तथा संस्कृतिको संरक्षण र सम्बद्र्धनमा विशेष ध्यान दिनुपर्दछ । विश्व कला परिषद्ले ललितपुरलाई हस्तकला नगरी घोषणा गर्नु कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्न हाम्रो लागि ठूलो अवसर हो । यसै अवसरलाई सदुपयोग गर्दै ललितपुर महानगरपालिकाको १६ नं. वडाभित्रका कला तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘कला तथा संस्कृति महोत्सव–२०७५’ आयोजना गर्ने जस्तो सराहनीय कार्य गरेको छ ।

हामीले हाम्रो चिनारी कायम राख्न कला संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकासमा जोड दिनै पर्दछ । हरेक वस्तुको समय सापेक्ष विकास हुन्छ । हस्तकलाको क्षेत्रमा पनि केहीं न केहीं विकास त भएको छ नै । नेपालको चिनारी, नेपालको गौरव, निर्यात व्यापारमा उच्च योगदान पु¥याईरहेको र हजारौंका लागि रोजगारी सिर्जना गरेको हस्तकलाको प्रवद्र्धनमा सबैको ध्यान जान जरुरी छ । स्थानीय सरकारले यस प्रकारको महोत्सव आयोजना गरेर जसरी असल काम गरिरहेको छ, प्रदेश र संघीय सरकारले पनि यसमा ध्यान दिनेछन् भन्नेतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु ।किनकी कला, संस्कृति, सम्पदा, भाषा, संस्कार, भूगोल तथा प्रकृति राष्ट्रको मुख्य पहिचान हो ।

यहाँ हामी सबैले चर्चा ग¥यौँ पाटन पर्यटकीय क्षेत्र हो । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्न यस क्षेत्रमा लाखौं पर्यटकहरु भित्र्याउन सक्नु पर्दछ । यहाँको स्थानीय सरकारले यसतर्फ विेशष ध्यान दिएकै होला भन्नेमा म विश्वस्त छु । यो महोत्सवले भ्रमण वर्ष २०२० सफल पार्न समेत योगदान देओस् भनि शुभकामना दिन चाहन्छु ।
(उपराष्ट्रपति पुनःले बुधबार ललितपुरमा आयोजित कला तथा सांस्कृतिक महोत्सवमा दिनुभएको मन्तव्य सम्पादित अशं)

प्रतिक्रिया दिनुहोस्