वेलायतमा अंगदान सम्बन्धी सहज कानुन बन्ने



लन्डन,(एजेन्सी)
वेलायतमा मानव अंग दान सहमति सम्बन्धी नियमहरु पविर्तन गर्ने योजनाहरु संसदमा अन्तिम खुडकिला पार गर्ने स्थितीमा रहेका छन् । म्याक्स नामक एक बालकले केइरा नामक बालिकाले दान दिएको मुटु प्रत्यारोपण गरिएपछि यस विधेयकको नाम नै ‘ म्याक्स र केइराको कानुन ’ हुने भएको छ ।

आगामी वर्ष देखि लागु हुने नयाँ प्रणाली अनुसार मान अंगदानका लागि कानुनी अनुमति दिइने छ । हाल अंगदान आपसी सहमतिको आधारमा हुने गरेको छ । यस्तो कानुनी मान्यताको वयवस्था सन् २०१५ को डिसेम्वरदेखि वेल्शमा शुरु भएको थियो ।

अहिले संयुक्त अधिारज्य भरिमै अंगदान अनुमति दर वेल्शमा सबैभन्दा बढि अर्थात ७५ प्रतिशत रहेको छ । अहिले पनि नर्दन आयरल्यान्डमा स्वेच्छाले अंगदान दिने प्रचलन कायमै रहेको छ । यसैगर ियसै साता स्कटिस संसददले अंगदानबारे आफ्न ैकिसिमको नियम बनाउनेबारे सोच्ने भएको छ ।

सरकारी सुत्रले यसरी अंगदान सम्बन्धी कानुन सहज बनाइँदा आवशइक मानव अंग सर्वसुलभ हुने हुँदा वर्षेनी सात सय जनाको ज्यान जोगाउन सकिने जनाएको छ । वेलायतको डवोन निवासी नौ वर्षिया केइरा बल नामक बालिका आफ्ना िआमा र दाजुसंगै एटा कार दुर्घटनामा परेकी थिइन् । ब्रिस्टोलका डाक्टरहरुले केइराको ज्यान जोगाउन नसकिने बताएपछि उनका पिता जोयसंग मानव अंगदान टोेलिले सम्पर्क गरेको थियो ।


जोयले विविसिलाई बताएका छन् , ‘ यद्यपि हामीले अंगदान गर्नेबारे कहिल्यै पनि छलफल गरेका थिएनौं । अंगदान दिने सोच केइराकै थियो । ’ केइराका अंग चारजना मानिसको ज्यान जोगाउन प्रयोग भएको थियो ।

ति मध्ये त्यसवेला नौ वर्षकै उमेरका म्याक्स जोहनसनले केइराको मुटु प्रत्यारोपण गरी नयाँ जीवन पाएका थिए । केइरा दुर्घटनामा परेको समय म्याक्स भाइरल संक्रमणको कारण मुटुले काम नगर्ने अवस्थामा न्युक्यासलको एउटा अस्पतालमा उपचार गराइरहेका थिए । उनलाई यान्त्रिक पम्प प्रयोग गरी जिवित राखिएको थियो । म्याक्स विगत सम्झँद ैभन्छन् , ‘ इमानदारीता पुर्वक भन्ने हो भने त्यसवेला म मर्नका लागि तयार भइसकेको थिएँ । मेरो सफल उपचार होला भनी सोचेको पनि थिइँन । अन्तिम अंकमाल ठान्दै मैले आमाबुबालाई अंकमाल गरेको थिएँ । ’

तर भाग्यवश मुटु प्रतयारोपण शल्यक्रिया सफल भयो । अहिले एघार वर्ष पुगेका म्याकसको सवस्थ स्थिती ठीकै छ । यद्यपि हरेक दिन उनले एन्टि – रिजेक्सन औषधि खानुपर्दछ । म्याक्सको कथा सुनेरै वेलायती प्रधानमन्त्री टेरिजा मेले अंगदानका लागि कानुनी प्रावधान सहज बनाउन खोजेकी हुन् ।

अहिले पनि करिव ६ हजार मानिस वेलायतमा अंग प्रत्यारोपणको प्रतिक्षामा रहेका छन् । गत वर्षमात्र उपयुक्त अंगको प्रतिक्षक ैक्रममा चार सय भन्दा बढि बिरामीको ज्यान गएको थियो । अब बन्न ेनयाा कानुन अनुसार अंगदान दिन चाहने जो कोहिलाई तिनका आफनतले पनि रोक्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्