पेट्रोलियम अन्वेषण मे महिनाबाट हुँदै



दीपेन्द्र थापा, काठमाडौं
पेट्रोलियम अन्वेषण गर्नको लागि मे महिनामा चिनियाँ टोली नेपाल आउने भएको छ । पाँच समँहमा रहेर नेपालको पेट्रोलियमको वस्तु स्थिति के कति मात्रमा रहेको अर्थात परिमाणको तथ्यांक सो टोलीले निकाल्ने छ ।

नेपाल र चीनबीच पेट्रोलियम अन्वेषणको लागि दुई देशबीच सम्झौता भएको हो । पेट्रोलियम खानी अन्वेषणको लागि चीनको बेइजिङमा नेपाली प्रतिनिधिमण्डल र चीन सरकारबीच फागुन १५ गते सम्झौता भएको थियो । सोही सम्झौता कार्यान्वयनको लागि चिनियाँ टोली नेपाल आउन लागेको पेट्रोलियम अन्वेषण परियोजना लैनचौरका प्रमुख सुधिर रजौरेले नेपाल समाचारपत्रलाई बताउनुभयो ।

सम्झौताअनुसार चीनले नेपालको बुटवल, पाल्पा, सुर्खेत र दैलेख गरी चार क्षेत्रमा अन्वेषण गर्नेछ । त्यसमध्ये दैलेख, पाल्पामा ड्रिलिङको काम गर्नेछ । विगतमा भएको प्रारम्भिकको खोज अनुसन्धानलाई मँर्तरूप दिनको लागि सम्झौताले बाटो खुलेको थियो ।

गत वर्ष चीन सरकारको स्वामित्वमा रहेको चाइना जिओलोजिकल सर्भको प्राविधिक टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीको प्रारम्भिक अध्ययन गरेको थियो ।

नेपाल भएको पेट्रोलियम खानी रहेको क्षेत्रमा के कति कुन परिमाण र तह रहेको छ, सोको व्यावसायिक तथा आर्थिक सम्भाव्याता अध्ययन हुने प्रमुख रजौरेले बताउनुभयो । नेपालको तर्फबाट खानी विभागका महानिर्देशक डा. सोमनाथ सापकोटा र चीनको तर्फबाट भाइस प्रसिडेन्ट वाङ कुनले सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो ।

पेट्रोलियम अन्वेषण परियोजना विस्तृत अन्वेषण गर्नको लागि नेपाल सरकारले स्वीकृति प्रदान गरेको छ । पुस २९ गते बसेको मन्त्रिपरिषद्ले नेपालमा रहेका पेट्रालियम परियोजना कार्यान्वयन सम्भौता गर्नको लागि सरकारले सहयोग लिने स्वीकृति प्रदान गरेको हो ।‘इम्प्मिेन्टेसन एग्रिमेन्ट अफ चाइना एड अन आइल एन्ड ग्यास रिसोर्स सर्भे प्रोजेक्ट इन नेपाल’लाई स्वीकृति दिइएको थियो ।

नेपाल र चीन दुई पक्षबीचकै सहकार्यमा पेट्रोलियम कार्यान्वयन सम्झौताको मस्यौदा तयार पारिएको थियो । सम्झौतासँगै काम अगाडि बढाइने छ । चीन सरकारको सहयोग र सहकार्यमा खानी विभागले अन्वेषण गर्नेछ। ‘ तीन वर्षमा परियोजनाले काम पँरा गर्ने लक्ष्य लिएको छ,’ प्रमुख रजौरेले भन्नुभयो–‘योसँगै अन्य क्षेत्रको अन्वेषणको लागि अन्य देश हर आकर्षित हुने छन्।’

खानी तथा भँगर्भ विभागका अनुसार टोलीले नेपालमा परियोजानको कार्यान्वयन गर्दा चिनियाँ टोलीले विस्तृत अध्ययन अन्वेषण गरी कति कुन परिमाणमा, कति तल पेट्रोलियमको अवस्थितिको बारेमा पँर्ण अन्वेषण र विस्तृत अध्ययन अनुसन्धान गर्ने रजौरेले बताउनुभयो । अन्तरिक गृहकार्य दुवै देशले गरिरहेको तर कार्यक्षेत्रमा नै गएर अन्वेषण्को काम भने मे महिनाबाट शुरू हुने प्रमुख रजौरेको भनाइ छ । गत अगस्टमा नेपाल र चीन बीच नेपाल सरकरालाई उत्खनन्को लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको थियो ।

सम्झौताअनुसार चीनले नेपालको बुटवल, पाल्पा, सुर्खेत र दैलेख गरी चार क्षेत्रमा अन्वेषण गर्नेछ । त्यसमध्ये दैलेख, पाल्पामा ड्रिलिङको काम गर्नेछ । विगतमा भएको प्रारम्भिकको खोज अनुसन्धानलाई मँर्तरूप दिनको लागि सम्झौताले बाटो खुलेको थियो ।

गत वर्ष चिनियाँ टोली नेपाल आएर प्रारम्भिक अध्ययन गरेर फर्केको थियो । दुई वर्ष पहिले चीन र नेपाल सरकारबीच अन्वेषणको सम्झौता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीनै चीन भ्रमणमा जाँदा चीन र नेपालबीच पेट्रोलियम पर्दाथको अन्वेषण तथा उत्खन् गर्न सम्झौता भएको थियो । त्यसपछि चिनियाँ प्राविधिक टोलीले नेपालमा आएर प्रारम्भिक अध्ययन गरेर फर्केको थियो । गत साउनमा मात्र चिनियाँ उप–प्रधानमन्त्री वाङ याङ नेपालमा आएको बेला नेपालको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सम्झौता भएको थियो । जियोलोजिकल अफ चाइनाको टोली सन् २०१८ को मध्यतिर नै नेपाल आएर परियोजनाको कार्यान्वयन तवरमा जाने भनिएको भए पनि आन्तरिक गृहकार्यले ढिला भएको बताइएको छ ।

चिनियाँ टोलीले देशको चुरे र तराईको बेल्टमा रहेको खानीमा पेट्रोलियम अन्वेषण प्रक्रिया अगाडि बढाउनेछ । टोलीले अन्वेषण र उत्खनन् व्यावसायिक उत्पादनको सम्भाव्यता बारेमा बाटो खोल्नेछ । त्यसपछि खानी विभागले ग्लोवल टेन्डर आह्वान गरी उत्खनन्को काम अडाढि बढाउनेछ ।

टोलीले नेपालमा रहँदा मग्नोटो टोलोरिक सर्च जमुनी मुनी पाइप पठाएर कुन तहमा कतिमा रहेको छ भन्ने अध्ययन पनि गर्नेछ । यस्को आधारमा टोलीले ड्रिल गर्नेछ । देशभरका १० वटा पेट्रोलियम अन्वेषण बल्क रहेको छ । बँँकी रहेको बल्कहरुका लागि ग्लोबल टेन्डरकै प्रक्रिया खुला गरेर काम गर्ने योजना रहेको परियोजना प्रमुख रजौरेले बताउनुभयो ।

चुरे र तराई क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । अन्य क्षेत्रमा पनि अन्वेषणको काम गर्ने सरकारको योजना रहेको छ ।
एउटा ब्लकको अन्वेषणको लागि करिब ३ देखि ४ अर्ब लाग्ने अनुमान गरिएको छ । अन्वेषणको लागि १० ब्लकहरु क्रमशः धनगढी, कर्णाली, नेपालगन्ज, लुम्बिनी, चितवन, वीरगन्ज, मलंगवा, जनकपुर, राजविराज र विराटनगरका एकदेखि १० नम्बर ब्लकका रुपमा नामाकरण गरिएकोछ ।

 

प्रतिक्रिया दिनुहोस्