कला र सांस्कृतिक महोत्सवको तयारी तीब्र गतिमा



नेपाल समाचारपत्र, ललितपुर
यही चैत्र १३ गते ललितपुरमा हुने बृहत कला र सांस्कृतिक महोत्सवको तयारी तीब्र गतिमा भइरहेको छ ।

वल्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ३५ औं हस्तकला नगरी घोषणा भएको अवसरमा ललितपुर महानगरपालिका– १६ ले बृहत कला तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागेको हो ।

हस्तकला नगरीको उत्सव, कला संस्कृतिको महोत्सव भन्ने मूल नाराका साथ सो महोत्सव पा“च दिनसम्म चल्ने छ । महोत्सवको प्रर्वद्धकमा नेपाल हस्तकला महासंघ, ललितपुर हस्तकला संघ, ललितपुर उद्योग वाणिज्य रहेका छन् ।१६ वडाभित्रका टोलहरुलाई महोत्सवको सह आयोजकको रुपमा राखिएको छ ।
महोत्सवको तयारीका लागि वडाले हस्तकला व्यवसायी, निजी क्षेत्र, सहकारीकर्मी, महिला समूह, पर्यटक व्यवसायी, जातीय समाजका प्रनिनिधि, टोल सुधार समिति, विभिन्न वडाका जनप्रतिनिधिहरुसंग छलफल गरी सकेको वडाले जनाएको छ ।

छलफलमा सहकारीकर्मी, पर्यटन व्यवसायी र हस्तकला व्यवसायी लगायत सरोकारवालाले महोत्सवल ललितपुरका हस्तकला , संस्कृति संरक्षणको दिशामा अघि बढ्न, क्राफट सिटी बारे नगरवासीलाई सुसूचित गर्न कोश ढुंङ्गा साबित हुने विचार व्यक्त गरेका थिए ।‘क्राफ्ट सिटीको घोषणा कागलाई बेल पाक्यो, हर्ष न विस्मातको अवस्थाबाट ललितपुरको विकासका सुदपयोग गर्न महत्वपूर्ण माध्यम बन्ने छ ।’ पर्यटक व्यवसायी किरणमान श्रेष्ठले भन्नुभयो ।

चैत्र १३ देखि १७ गतेसम्म ललितपुरमा बृहत सांस्कृतिक महोत्सव

‘महोत्सवमा सबैको सहभागिता र अपनत्व प्रदान गर्न सरोकारवालासंग छलफल गरिसकेका छौं । अहिले प्रचारात्मक कार्यहरु अघि बढाएका छौं ।’ महोत्सवका मूल समारोह समितिका संयोजक एवं वडाअध्यक्ष निर्मलरत्न शाक्यले भन्नुभयो ।
समितिका महासचिव सगुण धाख्वाका अनुसार महोत्सव अवधिभर ललितपुुरको नागबहालमा धातुका मूर्तिकला,मूर्ति बनाउने प्रक्रियाको जीवन्त प्रदर्शनी गरिने छ । त्यसैगरी स्थानीय टंगल, तिच्छुगल्लीमा तामाका भा“डाकु“डा र कायगुननीमा विभिन्न पर्वको बोध गराउने सामग्रीको प्रदर्शनी गरिने छ ।

स्थानीय पिम्बहालमा सहकारी संस्थाको सहयोगमा सहकारी र महिला समूहद्वारा उत्पादित सामग्री, खोकना र बुंगमतीमा उत्पादित सामग्रीको प्रदर्शनी गरिने छ । पिम्बहालस्थित ऐतिहासिक जगमदु पखु“मा (पोखरी)मा बोटिङ्ग , चिलच्वों स्तुपा वरिपरि राष्ट्रिय र अन्र्तराष्ट्रिय क्षेत्रमा विशिष्ट योगदान पु¥याएका नेवार समुदायका व्यक्तित्वको चित्र प्रदर्शनी गरिने बताइएको छ ।महोत्सव अवधिभर वडाका परम्परागत धिमे बाजा, धां बाजा, नाय्खी बाजा, नौ बाजा मृडंङ्ग भजन, लाखे नाच लगायत विभिन्न सांस्कृतिक झाक्रीहरु प्रदर्शनी गरिने छ ।त्यसैगरी क्राफ्ट सिटी, संस्कृति संरक्षण, पर्यटक प्रर्वद्धन बारे अन्र्तक्रिया, डबली बहस हुने बताइएको छ ।हरेक दिन स्थानीय ब्राण्डहरुको सांस्कृतिक प्रस्तुती हुने छ ।

‘महोत्सव वडा नं १६ लाई सांस्कृतिक, हस्तकला र पर्यटकीय वडाको रुपमा विकास गर्न टेवा पु¥याउने छ ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो।
विश्वसम्पदा सूचीकृत कृष्ण मन्दिरदेखि हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल), यशोधर महाविहार, रत्नाकर महाविहार लगायत लिच्छिवकालीन बौद्ध विहार, विभिन्न मूर्त, अमूर्त सम्पदा सो वडामै रहेको छ । कार्तिक नाच, अष्टमातृका नाच जस्ता मल्लकालीन नाचहरु सो वडाबाट सञ्चालन हुने गरेको छ ।‘यसलाई मध्यनजर गरेर वडालाई सांस्कृतिक, हस्तकलाका वडाको रुपमा विकास गर्ने लक्ष्य राखेको छु ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो ‘ मेला लक्ष्यमा पुग्ने एक रणनीतिक महत्वको कार्यक्रम हो ।’

प्रतिक्रिया दिनुहोस्