गाउमा खानेपानीको हाहाकार, नेताहरुको आश्वासन मात्र



????????????????????????????????????

सलिम अन्सारी, प्यूठान
मल्लरानी गाउपालिका २ चुँजाकी लक्ष्मी पौडेल ६० वर्षकी भइन् । उनी झिसमिसेमै उठ्छिन,अध्यारोमै डोको र नाम्लो बोक्छिन । अनि आँखा मिच्दै धारा तीर लाग्छिन। पुग्नेबित्तिकै पालो पाइँदैन । धेरैबेर कुरेर पानी भर्छिन ।

बुढ्यौलीमा पनि नाम्लोले डोकोमा पानी बोकेर फेरि उहीँ अप्ठेरो बाटो फर्कनु उनलाई कम्ती सकसपुर्ण छैन। एक गाग्री पानीका लागि दैनिक अढाई घण्टा यात्रा गर्नु नियती नै बनेको छ। पौडेलले यहाँ बिहे गरि आएदेखी यसरी नै पानीको जोहो गर्दै आएकी छिन। ‘पानी बोक्न छुटेको छैन,’ पौडेल भन्छिन् ।’

बुढेशकाल भनेर के गर्नु, जीवन बचाउनै पर्यो’ उनले भनिन। पौडेल मात्रै होइन, ७६ वर्षिय कृष्ण सार्किको पीडा पनि कम छैन । सानो छदा उनी आमालाई पच्छाउदै पानी भर्न धारोमा पुग्थे। अहिल नाति नातिनाको हात समाएर उनी पानि लिन त्यही पुग्छन । उनले धेरै वर्ष भारतमा बिताएर घर फर्के । पुस्ता हुर्किसक्यो पानीको समस्या अझै सुल्झेको छैन। “पिउने पानीका लागि कुनै नेता र सङ्घसंस्थाले वास्ता गरेका छैनन् ।” यही धाराको पानी पनि कसले पहिला भर्ने भन्ने तछाडमछाड हुने गरेको उनले बताए ।

रातीपोखरी, साविकको चुजा गाविस १, ८ र ९ वडाका २ सय ७० घरधुरी पानी प्यासले काकाकुल छन् ।‘गाउँको तिर्खा मेट्ने यहि एउटै पँधेरो हो । सधैं भीड हुन्छ,’ उनले भने। गाउँमा माध्यमिक विद्यालय, मोटरबाटो, बिजुली आइसक्यो । तर पानीको सुरसार छैन । बाटोले पँधेरो पुरेर पानी सुक्दै जान थालेपछी अत्यास बढेको छ । नेताहरूले चुनावका बेला घरमै पानीका धारा ल्याईदिने आश देखाए । चुजा, रातीपोखरी, टाकुरी बस्तीका बासिन्दाले पानीको दुस्ख पार्टीसँग सुनाउन छाडेका छैनन् । त्यही भएर पार्टी पनि बदल्छन् । ‘पानी ल्याइदिन्छु भन्नेलाई हरेकपल्ट भोट दियौं थुप्रै चिह्न बदलिसक्यौं,’ सार्कीले भने ।’

पानी आउने आसमा भोट दिन्छौं, चुनाव जितेपछि फर्केर हेर्दैनन् ।’नेताहरूको आश्वासन सुनेर भरियौं,अघाइसक्यौं । उनी दुखेसो पोख्छन। गाउँमा सरसफाइ अभियान पनि चलाउन सकिएको छैन । ‘पानी नभएपछि चर्पी समेत बन्द हुने अवस्थामा छन’ पँधेराको पानी लिफ्ट गरेर गाउँमा पानी तान्न सकिन्छ । तर बजेटको जोहो कतैबाट भएको छैन। २०४८ सालमा मल्लरानी–१ को भुल्केबाट पाइपलाइन लिएर गाउँमा १३ सार्वजनिक धारा निर्माण गरिएका थिए। आयोजना जीर्ण हुँदै गयो। जव धारामा पानी चुहिन छोड्यो तब गाउमा पानीको तिर्खा झन चर्कदै गयो ।

चुजाँकी १३ बर्षीया सुनिता नेपाली गाउँकै अमर माबिमा कक्षा ६ मा पढ्छिन । उनले राम्ररी पढ्न पाएकी छैन्न। किन कि बिहानै उठेपछी उनको काम पानी ओसार्ने हुन्छ । विहानभर पानी बोकेर बल्ल उनी स्कुल पुग्छिन । पानीकै पीर लाग्छ,त्यसैले मध्यान्हमै पढन छाडेर घर फर्कि्न्छिन र सुनिताको उहीँ काम सुरु हुन्छ ’पानी बोक्ने’ ।

सुनितासंगै उनका भाई आसिष नेपाली जर्कीन बोकेर पानी लिन पधेरोमा पुग्छन । ३ कक्षामा पढने उनी मध्यान्ह घर आएस भनेर आमाले भन्न्नुभयो, त्यसैले पढाई छाडेर पानी बोक्न आएको हु ।’ उनले भने ,–‘पढने रहर हुँदाहुदै पनि विद्यालय छोड्नुपर्छ ।’ स्कुलमा पानीकै चिन्ता,।’ पधेरामा पानीकै पिर । कलिलो बाल मस्तिष्कमा पढाई भन्दा पानीकै चिन्ता हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्