स्वास्थ्य संस्थामा बच्चा जन्माउने बढे



नेपाल समाचारपत्र, बाँके
शान्ति लोनिया नेपालगञ्ज–२०, मनिकापुरको स्वास्थ्य चौकीमा भेटिनु भयो । तल्लो पेट दुखेपछि जँचाउन स्वास्थ्य चौकीमा आउनु भएकी लोनिया नौ महिनाकी गर्भवती हुनुुहुन्छ ।

दोस्रो सन्तानकी आमा हुन थालेकी लोनियाले चौथो पटक गर्भ जाँच गराइसक्नु भएको छ ।

सरकारले ४, ६, ८ र ९ महिनामा गर्भ जाँच गर्नेलाई प्रोत्साहनस्वरुप आठ सय रुपैया दिने गर्दछ । लोनिया अब बेथा लाग्ने दिनको प्रतीक्षामा हुनुहुन्छ ।
‘पहिलो बच्चा पनि स्वास्थ्य संस्थामै जन्माएँ, अब पनि स्वास्थ्य संस्थामै आएर जन्माउने हो,– लोनियाले भन्नुभयो,–‘म स्वास्थ्य संस्थाको नियमित सम्पर्कमा छु । बेथा लाग्ने बित्तिकै आइहाल्छु ।’

नेपालगञ्ज उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा मनिकापुरमा लोनियाले भनेजस्तो स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउनु पर्छ भन्ने ‘चेतना’ बढेकोे छ । पहाडी र मधेशी समुदायको बराबरीजस्तै बसोबास रहेको मनिकापुरमा नियमित गर्भजाँच गर्ने र स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउनु पर्छ भन्ने चेतना बढेको स्वास्थ्य संस्थाकी सिनियर अनमी निरीक्षक शितला खड्काले बताउनुभयो ।

‘पहिला गाह्रो थियो, अहिले त स्वास्थ्य संस्थामा भीड नै लाग्छ,– खड्काले थप्नुभयो,–‘भदौ २७ गते तीन जना आए । एकजनालाई भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा रिफर ग¥यांै । दुई जनाले यही“ बच्चा जन्माए ।’ त्यो दिन रेखा खटिक र जानकी खटिकले स्वास्थ्य संस्थामा बच्चा जन्म दिएका थिए ।

गर्भवतीलाई नियमित जँचाउनु पर्ने र स्वास्थ्य संस्थामै गएर सुत्केरी हुनुपर्ने भननने चेतना जगाउन महिला स्वयंसेविकाको भूमिका अहम् छ । महिला स्वयंसेविका मिना सिद्धिकी बोहराले आमा समूहको बैठकहरुमा नियमित गर्भ जाँच गर्न र स्वास्थ्य संस्थामै गएर सुत्केरी हुन बारम्बार अनुरोध गर्ने गरेको बताउनुभयो । ‘अब त चेतनास्तर पनि बढेको छ । घरमै सुत्केरी हु“दा जोखिम हुन्छ भन्ने बुझेका छन्,– ‘महिला स्वयंसेविका बोहराले थप्नुभयो,–‘मेरो क्षेत्र (रा“झा बजार)मा त कोहीले पनि घरमा बच्चा जन्माएका छैनन् ।’

नियमित गर्भ जा“च गर्दा र स्वास्थ्य संस्थामै बच्चा जन्माउ“दा सरकारले प्रोत्साहन भत्ता दिने गरेकाले पनि सहयोग पु¥याएको छ । नियमित गर्भ जा“च गर्दा आठ सय र स्वास्थ्य संस्थामै आएर बच्चा जन्माउ“दा एक हजार रुपैया दिने गरिन्छ । सिनियर अनमी निरीक्षक खड्काले प्रोत्साहन भत्ताले पनि स्वास्थ्य संस्थामा आउनेको संख्या बढाएको स्वीकार गर्नुभयो । उहा“ले चौथो पटक गर्भ जा“च गर्न आउनेलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनु भन्ने लेखेर दिने गरेको खुलाउनुभयो ।

मनिकापुर स्वास्थ्य चौकीमा साउनमा २० र भदौमा १६ जनाले बच्चा जन्माएका छन् । नया“ कानून आएपछि अलिकति जटिल देखिने बित्तिकै रिफर गर्ने गरिएको छ । आर्थिक वर्ष २०७४÷७५ मा यहा“ एक सय २६ जना सुत्केरी भएका थिए ।

मनिकापुरमा १५ जना महिला स्वयंसेविका रहेका छन् । १५ हजार बढी जनसंख्या रहेको छ । टोलमा गर्भवती भएका र स्वास्थ्य ज“ाचका लागि पुग्दै रहेका सम्बन्धमा महिला स्वयंसेविकाले निगरानी गर्ने गर्दछन् । ‘त्यसका बाबजुद भदौमा ५ जनाले घरमै सुत्केरी गराए, अनमी (करार) आशा सार्कीले भन्नुभयो,– ‘उनीहरुले बच्चा पाइसकेपछि मात्रै हामीले थाहा पायौं ।’ बच्चा जन्मेको ४२ दिनसम्मलाई सुत्केरी भन्ने गरिन्छ ।

गत वर्षदेखि मनिकापुरमा एकजना पनि गर्भवती सुत्केरीको मृत्यु नभएको बताइन्छ । अनमी सार्कीले भन्नुभयो,–‘मनिकापुरको छिमेकी गनापुरमा दुई जनासहित गतवर्ष बा“केमा आठ जना गर्भवती सुत्केरीको मृत्यु भएको थियो । गत वर्ष राति स्वास्थ्य संस्थामै बस्ने गर्दा एकै दिन पा“च जनासम्म
सुत्केरी भएका बेला भ्याइनभ्याइ सेवा दिइएको पनि हो ।’

प्रतिक्रिया दिनुहोस्