बायो ग्यास प्लान्टमा नयाँमोडेल, सिमेन्टको विकल्पमा अबफाइवर डोम



प्रकाश पन्त, बीरेन्द्रनगर ।
बायोग्यास प्लान्टमा नयाँमोडेलको विकास भएका छ । केपीव्यवसायिक सेवा सुर्खेतले जीजीसी २०४७मोडेलको विकल्पमा सुधारिएको प्रविधिफाइवर डोम (मिथेन ग्यास रहने ठाउँ) को विकास गरेको हो ।

 

वर्षदिनसम्मगरिएको अध्ययन र अनुसन्धानपछि नयाँफाइवर डोम मोडेलको विकास गरिएको सेवाका संचालक कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

 

बायो ग्यास बनाउँदाअहिलेसम्मसिमेन्टको डाइजेस्टर(कुहिने वस्तु रहने ठाउँ) र सिमेन्टकै डोम प्रयोग हुँदै आएकाथियो ढकालले भन्नुभयो तर अवभने सिमेन्टको डाइजेस्टर र फाइवरको डोम हुन्छ । नेपालमै पहिलो पटक विकासगरिएको फाइवरको डोमउपभोक्ताको लागिनिकै किफायतीभएको उहाँले बताउनु भयो ।

 

सिमेन्टको डोम प्रयोग गरेर एउटा बायोग्यास बनाउनमहिनादिनलाग्थ्यो भने फाइवरको डोम प्रयोग गर्दा ४ दिनमै वायो ग्यास निर्माण हुन्छ ।

 

सिमेन्टको डोम टुटने फुटने समस्या हुन्छ , फाइवरमाहुदैन, सिमेन्टको डोमलाई भुकुम्पले क्षेती गर्छ फाइवरलाई गदैन, सिमेन्टको डोम अन्यत्र सार्न मिल्दैन, फाइवरलाई अन्यत्र सार्न मिल्छ, सिमेन्टको डोमलाई मर्मत गर्न सकिदैन टुट्यो फुटयो भने नयाँबनाउनै पर्छ, फाइवरलाई मर्मत सुधार गरे पुग्छ ।

 

फाइवरको डोमप्रयोग गरेर वायो ग्यास बनाउँदाजनशक्ति र सिमेन्ट, वालुवापनिनिकै काम लाग्छ । सिमेन्ट प्रयोग गरेर एउटा वायो ग्यास बनाउन १६ बोरा सिमेन्ट, ७० बोरा वालुका, ३० वोरा गिठ्ठी दक्ष र अदक्ष गरी ३० जनाकामदार लाग्छ ।

 

तर mाइवरको डोमप्रयोग गरेर बायो ग्यास बनाउँदा६ वोरा सिमेन्ट, ४ वोरा गिठ्ठी ३० वोरा वालुवा, दक्ष र अदक्ष गरी १५ जनाजतिकामदारलाग्ने संचालक ढकालले बताउँनु भयो ।सिमेन्टको डोममा सानो ठाउँमा इनामेल गर्न छुटयो भनेपनिग्यास लिकहुने समस्या हुन्छ तर फाइवरको डोममात्या समस्याहुदैन ढकालले भन्नुभयो त्यसैले फाइवरको डोम सिमेन्टको भन्दै धेरै सस्तो, किफयती र उपयोग गर्न निकै सजिलो हुन्छ ।

 

पुरानो मोडेलवाट उत्पादनहुने ग्यासको इपिसेन्सी भन्दायसको इपिसेन्सी पनि बढी भएको संचालन ढकालले बताउनु भयो । केपीएस एफअरपीनामदिइएको यो फाइवर डोम वनाउनजिल्ल्ला समुन्वय समिति सुर्खेत, वैकल्पीकउर्जा प्रर्वद्धन केन्द्र र केएफडव्लुले सहयोग गरेका हुन ।
नेपालमै पहिलो पटक प्रयोगमाल्याइएका यो प्रविधिको सफल परिक्षण समेत गरिएको छ । यसलाई उपभोक्ताको घरघर सम्म पुरयाउनकालागिसहयोग गर्न पनि ढकालले वैकल्पीकउर्जा प्रर्वद्धन केन्द्र र केएफडव्लुलाई आग्रहगर्नु भएको छ ।

 

एकघरलाई एकभारी दाउँरा तीनदिनसम्म हुन्छ । एकभारी दाउरा ३० देखि ४० केजीसम्म् हुन्छ । वर्षदिनमा एक घरले १ सय ३० देखि १ सय ५० भारी दाउरा प्रयोग गर्छ । वर्षदिनमा एक घरले १३० दखि १५० भारी दाउरा प्रयोगगर्नु भनेको एउटा ३० देखि ४० वर्षको रुख नष्ट हुनु हो त्यसैले वनजंगलजोगाउनपनिवायो ग्यासको प्रयोगलाई प्रोत्सहानगर्न सरकार गम्भिर हुनुपर्छ ढकालले भन्नुभयो ।

 

सुर्खेतमाअहिले वायो ग्यास प्रयोगकर्ताको संख्या ४ हजारको हाराहारीमा छ । सुर्खेता हरेक वर्ष केपीव्यवसायिक सेवाले २ सय ५० को हाराहारीमावायो व्यास बनाउदै आएको जनाएको छ । अहिलेसम्म सहरी क्षेत्रमाएलपीग्यास र ग्रामीण क्षेत्रमादाउराको प्रयोग बढी मात्रामा भैइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्