कृषकलाई आत्मनिर्भर बनाउन ६६४ बाख्रा वितरण



उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो १० वटा वडाका कृषकलाई उन्नत जातका बाख्राका विउ पाठी वितरण गर्न थालेकोे छ ।

नगरपालिकाले यस अघि बाख्रामा नश्ल सुधार गर्न नगरका कृषकहरुलाई ३५ वटा उन्नत जातको विउ बोका वितरण गरेको थियो । चौदण्डीगढी नगरपालिकाले अहिले ६सय ६४ वटा उन्नत जातका जमुनापारी बाख्राका विउ पाठी वितरण गरेहो हो । नगरले वडा नं. १, २, ३, ८ र १० मा ५७ वटा, वडा नं. ४, ५, ६ र ७ मा ७६ वटा र वडा नं. ९ मा ७५ वटाका दरले उन्नत जातका विउ पाठी बितरण गर्न सुरु गरेको हो ।

चौदण्डीगढी नगरपालिकाले कृषिको क्षेत्रमा काम गर्ने अन्तराष्टिय साझेदार संस्था हेफर इन्टरनेशनल र स्थानीय सहयोगी संस्था विकास सहजिकरण संजाल डिफानसँगको सहजिकरणमा हेफर इन्टरनेशनलसँग पाँचबर्षे सम्झौता गरेर कृषि तथा पशुपालनको क्षेत्रमा छुट्टै परियोजना निर्माण गरी कार्यगर्दै आएको छ ।

नगरले आफ्ना दशवटा वडामा ३५ वटा महिला कृषक समूह बनाएर उनीहरुलाई उन्नत जातका विउ बोका र विउ पाठी बितरण गरेको हो । नगरले ३५ वटा महिला कृषक समूह मार्फत सम्पुर्ण कृषकलाई बाख्रापालनमा आत्मनिर्भर गराउने प्रयास गरिरहेको नगर प्रमुख कालुमान लामाको भनाई छ ।

मेयर लामाले नगरभित्रका महिलाहरुलाई उधशिलतासँग जोडेर लैजान यो परियोजना संचालन गरिएको बताउनु भयो । वहाँले आपूmहरुले लिएको संकल्प अनुसार कृषि क्षेत्रमा आमुल परिवर्तन गर्न बाख्राका विउ बोका र पाठी बितरण गरिएको भन्दै यि पाठीबाट उत्पादन हुने एक एक ओटा पाठीहरु नगरलाईनै दिन कृषकलाई आग्रह गर्नु भयो । वहाँले ति पाठी नगरले पुनः अन्य कृषकलाई बितरण गरिने समेत बताउनुभयो ।

चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित बहादुर श्रेष्ठले नगरले झण्डै करोड रकम स्थानीय कृषकमाथि लगानी गरेको भन्दै उक्त लगानी खेर जान नदिन र उक्त एक करोडलाई दशौं करोडमा रुपान्तरण हुने गरि बाख्रा पालन गर्न आग्रह गर्नुभयो ।

चौदण्डीगढी नगरपालिकाका लेखा प्रमुख अम्मर थापाले नगरले बितरण गरेको बोका र पाठीबाट लाभ लिन सके चौदण्डीगढी मात्र हैन उदयपुर जिल्ला र छिमेकी जिल्लालाई समेत मासुमा अत्मनिर्भर गराउन सकिने बताउनु भयो ।
नगरले गत बर्ष उन्नत जातका बिउ बोका वितरण गरेको थियो । यस बर्ष पाठी बितरण गरेपछि स्थानीय भने हर्षित बनेका छन् ।

उनीहरुले कृषकलाई आत्मनिर्भर हुन गरिएको यस किसिमको कार्यक्रम नगरले आउँदा दिनहरुमा समेत गर्नेमा अपेक्षा प्रकट गरे । महिला लक्षित यस कृषि कार्यक्रमले महिलाहरुलाई आत्मनिर्भर हुन प्रेरित गरिएको स्थानीय बिमला राईकोे भनाई छ ।

उनीहरुले नगरले कृषिमा एउटा छुट्टै किसिमको क्रान्ति गर्ने सोच राखेर कृषकहरुलाई बाख्रापालनमा आत्मनिर्भर बनाउने कोशिस गरेको भन्दै खुशी व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्