रास्वपा महामन्त्री ढकाल निलम्बित, कार्यवाहक जिम्मेवारी बुर्लाकोटीलाई



काठमाडौँ। 

 राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले) महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गरेको छ । बुधवार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई अनुशासनात्मक कारबाही गर्दै केही दिनलाई पदीय जिम्मेवारीबाट समेत निलम्बन गरेको छ ।साथै सभापतिको प्रस्तावमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी  तोकिएको छ ।

ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट ७ दिनका लागि निलम्बन गरिएको बैठकपछि सार्वजनिक गरेको निर्णयमा उल्लेख छ ।

बैठकले  प्रवक्ताको जिम्मेवारी भने  मनिष झालाई दिएको छ।

महामन्त्री ढकालले बुधवार बसेको  बैठक प्रत्यक्ष प्रसारण गरिनुपर्ने माग उठाएका थिए । तर अधिकांश उपस्थित केन्द्रीय सदस्यले बैठकको लाइभ नगर्न भनेपछि  विरोधस्वरूप  उनले   मुखमा कालो टेप टाँसेर बैठकमा विरोध जनाएका थिए।

ढकालले तयार परेको प्रतिवेदन पार्टीले सार्वजनिक गर्न नमानेपछि उनले सभापतिप्रति आक्रोश व्यक्त गरेका हुन्

प्रतिक्रिया दिनुहोस्