घनश्याम भुसाललाई सघाउने सहमति भएको छैन- झलनाथ खनाल



काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफुले घनश्याम भुसाललाई अध्यक्षमा सघाउने सहमति नभएको स्पष्ट गरेका छन् ।

विहिबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रतिक्रिया दिँदै नेता खनालले आफ्नो दाबी जारी रहेको बताउँदै भुसालसँग सहमति नभएको स्पष्ट गरेका हुन् ।

बुधबार खनाल निवासमा भुसालसँगको छलफल पछि उनले अध्यक्षमा भुसाललाई सहमति गर्ने भएको बताइएको थियो ।

नेता खनालले आफ्नो नाममा सहमति नहुनुपर्ने कारण के छ भन्दै आफ्नो नाममा सहमति बन्ने बताएका हुन् ।

असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा वर्तमान अध्यक्ष माधव नेपाललाई नेता खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्