नापी कार्यालयका सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ।

कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता (तेली) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार गुप्ताले सेवाग्राहीसँग ३५ हजार रुपियाँ घुस लिएको दावी गर्दै बिशेष अदालतमा मुद्दा दायर गरेको हो।

तेलीले सेवाग्राहीसँग ३५ हजार रुपियाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

तेलीलाई सोही अनुसार बिगो कायम गरी जरिवानासमेत गर्न माग गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्