काठमाडौंका यी क्षेत्रमा आज र भोलि विद्युत अवरुद्ध हुने



काठमाडौँ।

काठमाडौंका केही स्थानमा आज र भोलि २ देखि ५ घण्टासम्म विद्युत् अवरुद्धहुने हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गरी मर्स्याङ्दी काठमाडौं २२० के.भी. प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातिर्थ २२० के.भी.को नयाँ कन्ट्रोल रूममा जडित सबस्टेसन अटोमेसन सिस्टमको पुरानो मातातीर्थ १३२/३३/११ के.भी. सबस्टेसन भित्रका ११ केभी इन्कमर र लाइन फिडरहरू सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने जानकारी गराएको छ।

प्राधिकरणका अनुसार आज ११ के.भी. इन्कमर अन्तर्गत मातातीर्थ, सतुङ्गल, मच्छेगाउँ, फिर्पिङ फिडरका स्थानमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरूद्ध हुने छ।

यस्तै, आइतबार ११ के.भी. मातातीर्थ, सतुङ्गल, मच्छेगाउँ र फर्पिङ फिडर अन्तर्गतका क्षेत्रमा विभिन्न समयमा २ घण्टा बत्ती जाने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्