ललितपुर महानगरकाे नीति तथा कार्यक्रम : हरियाली हाम्रो नगर 



ललितपुर। 

 ललितपुर महानगरपालिकाकाे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हरियाली हाम्रो नगर कार्यक्रम समावेश गरिएको छ । नगरसभामा प्रमुख चिरीबाबु महर्जनले प्रस्तुत गरेको  नीति तथा कार्यक्रममा सबै वडासँग समन्वय गरी वृक्षारोपण गर्न सकिने स्थानको क्षेत्रफल र बिरुवाको प्रकार अध्ययन गरी संरक्षणको ग्यारेन्टी सहित वृक्षारोपण कार्यक्रम सम्पादन गरिने उल्लेख गरिएको छ ।

“हरेक वर्ष कम्तीमा एक हजार बाेट बिरुवा वृक्षारोपण गर्ने नीति अन्तर्गत व्यावसायिक सामाजिक उत्तरदायित्व लागू गरी निजी क्षेत्रकाे सहकार्यमा महानगरपालिकाले ताेकेकाे स्थानमा तोकिएको प्रजातिको बिरुवा वृक्षारोपण गर्ने व्यवस्था मिलाइनेछ, सडकको दायाँबायाँ, नदि किनारा र भूक्षय हुने स्थानमा वृक्षारोपण गरिने बिरुवाका सम्बन्धमा विशेष नीति लिइनेछ।” महर्जनले भने ।

वातावरण व्यवस्थापन काठमाडौँ  उपत्यकाको वायु प्रदूषण नियन्त्रण तथा रोकथामको लागि युएसआइडीबाट सञ्चालित  “स्वच्छ हावा परियोजना” लगायतका सरोकारवालाहरुसँगको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गरिनेछ। वायु प्रदूषण काठमाडौँ उपत्यकाका साझा समस्या भएकोले काठमाडौँ उपत्यकाका अन्य स्थानीय तह, सङ्घीय सरकार तथा प्रदेश सरकारसँगको सहकार्यमा नियन्त्रण तथा रोकथामका लागि पहल गरिने विषयलाई कार्यक्रममा समेटिएको छ।

कार्यक्रममा जलवायु परिवर्तन अनुकूलन, वायु गुणस्तरमा सुधार तथा हरित नीति तर्जुमा गर्न विज्ञ सहितको समिति गठन गरिने उल्लेख छ। जलवायु परिवर्तन अनुकूलन, वायु गुणस्तरमा सुधार लगायतका वातावरण संरक्षण तथा सुधारका कार्यक्रमहरु सञ्चालन गर्ने नीति महानगरले लिएको छ ।

नवीकरणीय उर्जा प्रवर्द्धन तथा प्रोत्साहन गर्ने नीतिका साथै नगर क्षेत्रभित्र विघुतीय सवारी साधन परिचालन तथा साइकल लेन निर्माण,  साइकल स्टैण्डको व्यवस्था तथा साइकल साझेदारी सम्बन्धी कार्यक्रम महानगरले कार्यक्रममा समेटेको छ।

आकाशेपानी पुःनभरण कार्यक्रमलाई निरन्तरता दिने, ढलको फोहर पानी, दिसाजन्य लेदोको प्रशोधनका लागि प्रशोधन केन्द्र स्थापनालाई प्राथमिकता दिने,। अस्पताल र उद्योगहरुबाट उत्सर्जन हुने हानिकारक फोहर सिधै ढलमा मिसाउन नपाउने नीति लिइने, ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोला/प्लास्टिकका फूलहरुको प्रयोगलाई निरुत्साहित गरिने नीति महानगरले लिने भएको छ।

वायु प्रदूषण कम गर्न पेट्रोल/डिजेल सवारी साधनलाई विद्युतीय सवारी प्रतिस्थापन गर्ने कार्यलाई प्रोत्साहित गरिने नीति  तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरसभामा प्रमुख चिरीबाबु महर्जनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सबै वडासँग समन्वय गरी वृक्षारोपण गर्न सकिने स्थानको क्षेत्रफल र बिरुवाको प्रकार अध्ययन गरी संरक्षणको ग्यारेन्टी सहित वृक्षारोपण कार्यक्रम सम्पादन गरिने उल्लेख गरिएको छ ।

“हरेक वर्ष कम्तीमा एक हजार बाेट बिरुवा वृक्षारोपण गर्ने नीति अन्तर्गत व्यावसायिक सामाजिक उत्तरदायित्व लागू गरी निजी क्षेत्रकाे सहकार्यमा महानगरपालिकाले ताेकेकाे स्थानमा तोकिएको प्रजातिको बिरुवा वृक्षारोपण गर्ने व्यवस्था मिलाइनेछ, सडकको दायाँबायाँ, नदि किनारा र भूक्षय हुने स्थानमा वृक्षारोपण गरिने बिरुवाका सम्बन्धमा विशेष नीति लिइनेछ।” महर्जनले भने ।

वातावरण व्यवस्थापन काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रण तथा रोकथामको लागि युएसआइडीबाट सञ्चालित  “स्वच्छ हावा परियोजना” लगायतका सरोकारवालाहरुसँगको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गरिनेछ। वायु प्रदूषण काठमाडौँ उपत्यकाका साझा समस्या भएकोले काठमाडौँ उपत्यकाका अन्य स्थानीय तह, सङ्घीय सरकार तथा प्रदेश सरकारसँगको सहकार्यमा नियन्त्रण तथा रोकथामका लागि पहल गरिने विषयलाई कार्यक्रममा समेटिएको छ।

कार्यक्रममा जलवायु परिवर्तन अनुकूलन, वायु गुणस्तरमा सुधार तथा हरित नीति तर्जुमा गर्न विज्ञ सहितको समिति गठन गरिने उल्लेख छ। जलवायु परिवर्तन अनुकूलन, वायु गुणस्तरमा सुधार लगायतका वातावरण संरक्षण तथा सुधारका कार्यक्रमहरु सञ्चालन गर्ने नीति महानगरले लिएको छ ।

नवीकरणीय उर्जा प्रवर्द्धन तथा प्रोत्साहन गर्ने नीतिका साथै नगर क्षेत्रभित्र विघुतीय सवारी साधन परिचालन तथा साइकल लेन निर्माण,  साइकल स्टैण्डको व्यवस्था तथा साइकल साझेदारी सम्बन्धी कार्यक्रम महानगरले कार्यक्रममा समेटेको छ।

आकाशेपानी पुःनभरण कार्यक्रमलाई निरन्तरता दिने, ढलको फोहर पानी, दिसाजन्य लेदोको प्रशोधनका लागि प्रशोधन केन्द्र स्थापनालाई प्राथमिकता दिने,। अस्पताल र उद्योगहरुबाट उत्सर्जन हुने हानिकारक फोहर सिधै ढलमा मिसाउन नपाउने नीति लिइने,४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोला/प्लास्टिकका फूलहरुको प्रयोगलाई निरुत्साहित गरिने नीति महानगरले लिने भएको छ।

वायु प्रदूषण कम गर्न पेट्रोल/डिजेल सवारी साधनलाई विद्युतीय सवारी प्रतिस्थापन गर्ने कार्यलाई प्रोत्साहित गरिने नीति  तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्