महासेनानी मल्ल बर्खास्त 



काठमाडौँ । 

उमेर ढांटेर सेनामा जागरि खाएको भन्दै सेनाको सैनिक समरी जनरल अदालतले महासेनानी दिरेन्द्रकुमार मल्ललाई सेवाबाट हटाउने आदेश दिएको छ ।

सेनाको सैनिक समरी जनरल अदालतले मंगलबार उक्त निर्णय गरेको भएपनि बुधबार मात्रै निर्णय सार्वजनिक भएको हो । महासेनानी मल्ललाई बर्खास्त गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरबकुमार केसीले जानकारी दिए ।

सेनाको अदालतले मल्ललाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउन आदेश दिएको छ ।

उमेर ढांटेर सेवा प्रवेश गरेको भन्दै  मल्ललाई दोषी ठहर गरेको हो । महासेनानी मल्ल न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघस्थित नेपाली नियोगमा सैनिक सहचारीको रुपमा कार्यरत रहेका थिए । मल्लको उमेरका विषयमा विवाद भएपछि न्युर्योकबाट नेपाल झिकाई सेनाको नियन्त्रणमा राखेर सुनुवाइ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्