पुँजीवादी तरिका अपनाएर समाजवादमा पुग्न सकिँदैन : उपाध्यक्ष पाण्डे



धादिङ ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पुँजी  तरिकाले योजना निर्माण र कार्यक्रम गरेर समाजवादमा पुग्न नसकिने बताएका छन् ।

नेकपा एमाले धादिङले धादिङबेसीमा आयोजनामा गरेको तीन दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको समापन समारोह तथा जिल्ला कमिटीको बैठकलाई सम्बोधन  गर्दै उपाध्यक्ष पाण्डेले अवैज्ञानिक र दीर्घकालीन सोच राखेर ल्याइएको कार्यक्रमले मात्र समाजवादको आधार तयार पार्ने बताएका छन् ।

२० औँ वर्ष लगाएर एउटा योजना सम्पन्न गर्ने कार्यक्रम गरेर विकास र समृद्धि नआउने  बताउँदै पाण्डेले जनताको ट्याक्स तिरेको पैसाले मनपरी खर्च गर्न नहुने र योजनाबद्ध रुपमा खर्च गनुपर्नेमा एमालेको स्पष्ट धारण रहेको बताए । सकारात्मक सोच र दीर्घकालीन योजना सहित अघि बढेमा मात्र देश बनाउन सकिकने धारणा व्यक्त गर्दै विकास खर्च रोकेर राखिएको पैसाले सरकारको ढुकुटीमा पैसा छ भनेर बसेपछि देश आर्थिक सङ्कटको एउटा बिन्दुमा पुगिसकेको बताए । अर्थतन्त्र र देशको बजेट बनाउने कुरा आफ्नो देशको अर्थमन्त्री मात्र नभएर अन्तराष्ट्रिय सन्धि  सम्झौताले समेत फरक पार्ने पूर्व अर्थमन्त्री पाण्डेको भनाइ छ ।

प्रशिक्षणमा तीन दिन नै सहभागी भएका  जिल्ला कमिटी सदस्य तथा पालिका कमिटी अध्यक्षहरूलाई नेकपा उपाध्यक्ष  पाण्डेले प्रमाणपत्र वितरण गरे ।

 कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटा, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य रामप्रसाद अधिकारी, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा नेकपा एमाले उपाध्यक्ष पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञावाली, स्थाइ कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य धर्मदत्त देवकोटा, संगठन विभाग सचिव माधव ढुंगेल, स्कुल विभागका इश्वोरी  रिजाल, बागमती प्रदेश सचिव नवराज सिलवाल, जिल्ला अध्यक्ष भूमि त्रिपाठी सचिव राधिका सापकोटा लगायतले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्