विद्यालय व्यवस्थापन समिति खारेजगर्न सांसद अमरेशकुमारको माग



काठमाडौँ।

स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले विद्यालय व्यवस्थापन समिति खारेज गर्न माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा शिक्षा मन्त्रालयको बजेटमाथि खर्च कटौतीको प्रस्ताव पेश गर्दै सिंहले विद्यालय व्यवस्थापन समितिको कारण शिक्षा क्षेत्र ध्वस्त भएको भन्दै खारेज गर्न माग गरेका हन् ।

उनले भने, ‘सामुदायिक विद्यालयहरूमा रहेको विद्यालय व्यवस्थापन समितिहरूले शिक्षा क्षेत्रलाई ध्वस्त गरेको छ । यसले कुनै पार्टी, कुनै राजनीति दललाई फाइदा भएको होला तर देशको शिक्षालाई फाइदा भएन । धेरै विद्यालय र सीटीईभीटीका नाममा अलपत्र छ । नमुना विद्यालय र प्रविधि शिक्षाका आयोजनाहरू अलपत्र छन् । शिक्षा क्षेत्रमा यति ठुलो बजेट विनियोजन गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्