काठमाडौँका यी स्थानमा ६ दिन विद्युत् अवरुद्ध हुने



काठमाडौँ।

विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि भन्दै नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा ६ दिन बिजुली कटौती गर्ने भएको छ।

प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गत विभिन्न स्थानमा शनिबार, सोमबार, बुधवार, असार २ र ३ गते विद्युत् कटौती गर्न लागेको हो। यी दिनमा बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

प्राधिकरणका अनुसार शनिबार बबरमहल क्षेत्रस्थित सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय लगायत स्थानमा विद्युत् अवरुद्ध हुनेछ।

यस्तै सोमबार कालिकास्थान, बुधबार भीमसेनस्थान, शुक्रबार गैरीधारा, असार २ गते पानीपोखरी र ३ गते सामाखुशी क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले प्रकाशन गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्