भारतद्वारा सुनसरीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण



काठमाडौँ। 

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीको रामधुनी नगरपालिकास्थित श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको  भवन उद्घाटन भएको  छ।

 आज जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता , रामधुनी नगरपालिकाका मेयर शंकर लाल चौधरी र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री सुमन शेखरले संयुक्त रुपमा उक्त भवनको  उद्घाटन गरेकाआ हुन्  । उक्त भवनको लागत २.६३ करोड रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

 त्यस्तै ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. ३.०५ करोड आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीकै इनरुवा नगरपालिकास्थित श्री भगवती माध्यमिक विद्यालयको विद्यालय भवनको आज जिल्ला समन्वय समितिका प्रमुख श्री राजन मेहता, इनरुवा नगरपालिकाका मेयर श्री केदार भण्डारी र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरे ।

 उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको दूतावासले जनाएको छ  । जिल्ला समन्वय समिति, सुनसरीमार्फत यी परियोजनाको कार्यान्वयन गरिएको थियो ।

 कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख, रामधुनी नगरपालिकाका मेयर, इनरुवा नगरपालिकाका मेयर र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएकामा  ४९० वटा परियोजना सम्पन्न भइसकेको दूतावासले जनाएको छ।

यी मध्ये  कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा १२ वटा परियोजना सुनसरीमा छन् ।

प्रतिक्रिया दिनुहोस्