टी-२० विश्वकपमा युगाण्डाको पहिलो जित



काठमाडौं। युगाण्डाले जारी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ। बिहीबार बिहान सम्पन्न समूह सी अन्तर्गतको खेलमा युगाण्डाले पपुवा न्युगिनी (पीएनजी) लाई ३ विकेटले पराजित गरेको हो।

पिएनजीले दिएको केवल ७८ रनको लक्ष्य पछ्याएको युगाण्डाले १८.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यस अघि टस हारेर पहिला ब्याटिङ गरेको पिएनजीले १९.१ ओभरमा अल आउट हुँदै ७७ रन मात्र बनाएको थियो ।

समूह सी मा रहेको युगाण्डाको यो दोस्रो खेलमा पहिलो जित हो। यो जितसँगै युगाण्डाले २ महत्त्वपूर्ण अङ्क हासिल गरेको छ। त्यस्तै पिएनजीले भने लगातार दोस्रो हार बेहोरेको छ।

अब युगाण्डाले अर्को खेल जुन ९ मा वेस्ट इन्डिजसँग खेल्ने छ । त्यस्तै पिएनजीले अर्को खेल जुन १४ मा अफगानिस्तानसँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्