पशुपालक किसानलाई पशुको स्वास्थ्य तथा पोषण व्यवस्थापन सम्बन्धी तालिम



काठमाडौँ। 

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लि.ले पशुपालक किसानहरुलाई पशु स्वास्थ्य तथा पोषण व्यवस्थापन सम्बन्धी तालिम दिएको छ । सोमबार बुटवल, रुपन्देहीमा आयोजना गरिएको एक दिने तालिममा लुम्बिनी सहित बागमती प्रदेश र मधेशका ५५ जना किसानलाई तालिम प्रदान गरिएको हो । विशेष गरी दुध दिने पशु (गाई भैसी)को पोषण, दाना र पशुको स्वास्थ्य व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको हो ।

पशुपालनका क्षेत्रमा भारतमा विज्ञता प्रदर्शन गरिरहेका पोषण विद डा. सुनिल यादव र पशु रोग तथा प्रजनन् स्वास्थ्य विशेषज्ञ अशोक यादवलाई ल्याएर नेपाली किसानलाई प्रशिक्षण गरिएको हो ।

 कम्पनीका नेशनल शेल्स म्यानेजर डा. गिरीराज खनालले प्रशिक्षणमा समन्वय गरेका थिए । पोषण विदहरुले गाइवस्तुमा लाग्ने रोगको रोकथाम, उचित औषधि  उपचार र अपनाउनु पर्ने विधिहरुका विषयमा जोड दिएका थिए । श्रीनगरको तर्फबाट, दाना उत्पादन बढाउने, यसको उपयोगिता र गुणस्तरको विषयमा डा. गिरिराज खनालले जानकारी गराएका थिए ।

तालिममा श्रीनगर एग्रीटेकले सहकार्य गरेका कृषि तथा दुग्ध सहकारी संस्थाका अध्यक्ष, प्रवन्धक र कृषि प्राविधिक सहभागि थिए । पोषण तथा दाना व्यवस्थापनका सम्बन्धमा किसानले भोगिरहेका समस्यालाई कसरी समाधान गर्न सकिन्छ र किसानले बढी भन्दा बढी लाभ कसरी लिन सक्छन् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको श्रीनगर एग्रीटेक इण्डष्ट्रिजका अध्यक्ष सतीशचन्द्र श्रेष्ठले जानकारी दिए । “आफूले पालन गरेको पशुको पोषण तथा दाना व्यवस्थापनमा किसानलाई ज्ञान नहुँदा त्यसबाट प्राप्त लाभ लिन नसकेको महसुस गरेर कार्यक्रम आयोजना गरेका हौं”, श्रेष्ठले बताए ।

 कार्यक्रममा लुम्बिनी प्रदेश कृषि सहकारी संघका नरबहादुर घर्तीले किसान आफूले पालन गरेका पशुको आहार विहारको व्यवस्थापन तथा पशुमा हुने रोग तथा स्वास्थ्यका दृष्टिकोणले लाभदायी रहेको बताए । किसानलाई सरकारले दिनुपर्ने तालिम एउटा निजी उद्योगले प्रदान गरेकामा घर्ताले श्रीनगर एग्रीटेकलाइ धन्यवाद दिँदै आफूले सिकेका कुरा नजिकका अन्य किसान साथीभाइलाई किसानलाई पनि सिकाउन आग्रह गरे । तालिम सत्रमा बोल्दै श्रीनगर एग्रीटेक इण्डष्ट्रिजकी निर्देशक मौसमी श्रेष्ठले कम्पनीको बारेमा जानकारी गराएकी थिइन् ।

विगत लामो समयदेखि पोल्ट्रीको क्षेत्रमा काम गर्दै आएको श्रीनगर एग्रीटेक कम्पनीले किसानसंग साझेदारी कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । किसानसंग साझेदारी कार्यक्रम अन्तरगत ७ हजार किसानलाई उत्पादन र बजारीकरणमा सेवा पु¥याउने लक्ष्य कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्