मदन भण्डारी लाेकमार्गमा हाइस दुर्घटना : नौजना घाइते, एकको अवस्था गम्भीर 



उदयपुर  । 

उदयपुरकाे त्रियुगा नगरपालिका ७ हाेक्से स्थित मदनभण्डारी लाकमार्गमा काठमाण्डाैबाट गाईघाट हुँदै इटहरी जाँदै गरेको बा ५ ख ९२१३ नम्बरको हाइस दुर्घटना हुँदा  नौ जना  घाइते  भएका छन् ।

घाइते मध्ये  एकजनाकाे अवस्था गम्भीर रहेकाेले थप उपचारका लागि बिराटनगर पठाएकाे छ ।
घाइतेहरुकाे अहिले उदयपुर जिल्ला अस्पतालमा उपचार भैरहेकाे छ भने प्रहरीले घाइतेहरुकाे विवरण सङ्कलन गर्न काम गरिरहेकाेछ ।

विवरण सङ्कलन पछि घाइतेहरुकाे नाम थर र वतन खुल्ने प्रहरीले जनाएकाे छ । चालक रामधुनी ४ मानपुर बस्ने वर्ष ३९काे टङ्क श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्