प्रतिनिधि सभामा सरकारको वार्षिक प्रतिवेदन पेस



काठमाडौँ । 

नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेस गरेकी हुन् ।

संविधानको धारा ५३ अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले राष्ट्रपति समक्ष पेस गर्ने व्यवस्था रहेको छ ।

त्यस्तै, प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ प्रतिनिधि सभामा पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्