उदयपुरमा मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिने



उदयपुर ।

सरकारले आर्थिक वर्ष २०८१/०८२ कालागि जेष्ठ १५ गते संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा उदयपुरमा शिक्षण अस्पताल निर्माण र संचालनकालागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ । डा. गोविन्द केसीले आन्दोलन गर्दा सरकारले देशका सातवटै प्रदेशमा शिक्षण अस्पताल संचालन गर्नु पर्ने भनि माग राखेको र सोही माग पुरा गर्न र उदयपुरका जनताको महत्वपूर्ण माग पुरा गर्न सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा शिक्षण अस्पतालकालागि सम्भाव्यता अध्ययन गर्ने भएको हो ।

उदयपुरमा शिक्षण अस्पताल त संचालन गर्ने तर कुन ठाउँ वा पालिकामा स्थापना गरेर संचालन गर्ने हो त्यसको एकिन भने भएको छैन । सरकारले बजेट वक्तव्यको बुँदा नं १७१ नं मा उदयपुर, मोरङ, पर्सा र चितवनमा मेडिकल कलेज स्थापनाकालागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ ।

यस अघिको सरकारका समयमा उदयपुरको कटारी नगरपालिका र त्रियुगा नगरपालिकाले पनि मेडिकल कलेज स्थापना आ आफ्नो पालिकामा स्थापना गर्नु पर्ने भनि तत्कालिन शिक्षा मन्त्री अशोक राई तथा प्रधानमन्त्री पुष्पकमल दाहाल तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव समक्ष ज्ञापन पत्र बुझाएका थिए ।

आर्थिक वर्ष २०८१।०८२ को बजेट आउनु भन्दा दुई दिन अघि मात्र त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, उपमेयर महेश्वरी राई तथा अन्य जनप्रतिनिधि पत्रकार तथा गाईघाटका उद्यमी व्यवसायीहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्य मन्त्री प्रदिप यादव, पूर्व स्वास्थ्य राज्यमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की लगायतकालार्य भेटी त्रियुगा नगरपालिका वडा ४ स्थित फछ्यौट खोला पश्चिको जगगामा मेडिकल कलेज स्थापना गर्न जग्गा प्राप्तीको प्रक्रिया अघि बढेकोले मेडिकल कलेज गार्यघाट मै सथापना हुनु पर्ने जिकिर सहितको ज्ञापन पत्र बुझाएका छन् ।

उदयपुरकै कटारी नगरपालिका र त्रियुगा नगरपालिकाले आ आफ्नो ठाउँमा मेडिकल कलेज स्थपनाकालागि पहल गरिएको भए पनि सबै प्रकारको सुविधा, मध्य भागमा पर्ने, खोटाङ, ओखलढुङ्गा, सोलु, भोजपुर, सिराहा, सप्तरी र सुनसरीको पश्चिमी क्षेत्रका जनताकालागि गाईघाट नै उपयुक्त हुने भएकोले गाईघाट मै मेडिकल कलेज स्थापना हुने सम्भावना बढेर गएको छ ।

प्रधानमन्त्री र नेकपा एमालेको अध्यक्ष ओलीले पनि मेडिकल कलेजकालागि सबैलाई सेवा सुविधा हुने, जग्गाको समस्या नभएको, स्थानीय तहको पूर्ण सहयोग हुने, पूर्वाधार निर्माणमा सहज हुने उपयुक्त ठाउँमा स्थापना गर्नु उपयुक्त हुने हुँदा गाईघाट मै स्थापना हुने आश्वासन दिनु भएको छ ।

तर कटारी नगरपालिकाले भने जग्गा देखाएको तर उक्त जग्गा मेडिकल कलेज संचालनकालागि प्राप्तथ हुने वा नहुने एकिन नगरेको अवस्था रहेको छ । त्रियुगा नगरपालिकाले भने ४ नं वडाको करिब ६० विघा सरकारी जग्गा मेडिकल कलेजलाई उपलब्ध गराउन गत वर्ष नै आवश्यक अध्ययन गरिसकिएको छ । कार्यदलको अध्ययन प्रतिवेदन तयार गरि सकिएको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्