माधव नेपाल समीकरण भन्दा बाहिर जानुहुन्न : प्रधानमन्त्री



विराटनगर । 

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने दाबी गरेका छन् ।

बिहीबार बिहान विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग कुराकानी गर्दै आफूसँग भएको कुराकानी अनुसार नेपाल समीकरण भन्दा बाहिर नजाने बताएको स्पष्ट गरेका हुन् ।

उनले भने- ‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो । तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्नेकुरामा क्लियर गर्नुभएको छ ।’
प्रधानमन्त्री प्रचण्डले मधेस प्रदेशमा पनि समीकरण भाँड्न बाहिर कोही नजाने दाबी गरेका छन् ।

बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता समीकरण तरंगित बनेको छ । देउवाले मधेश प्रदेशमा एकीकृत समाजवादीलाई साथमा लिएर जसपा नेपाल र लोसपासहितको सरकार बनाउने प्रयास थालेका छन् ।

‘श्रमाधान रोजगार मेला’ को उद्घाटन गर्न प्रधानमन्त्री विराटनगर पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्