कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन



काठमाडौँ । 

संसदको गतिरोध अन्त्य गर्नका लागि आवश्यक राजनैतिक सहमतिसहित संसदीय समिति गठन र समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।

उक्त अवसरमा कार्यदल संयोजक तथा कानुनमन्त्री  पदम गिरीले सम्माननीय प्रधानमन्त्रीको महत्त्वपूर्ण दिशानिर्देश र सुझबुझपूर्ण नेतृत्वको कारण कार्यदलले सही रूपमा काम गर्न सकेको बताउनु हुँदै जिम्मेवारी प्रदान गरेकोमा प्रधानमन्त्रीसहित नेतृत्वगणप्रति आभार प्रकट गरे ।

त्यस्तै प्रधानमन्त्रीले आफ्नो भूमिकालाई कुशलतापूर्वक पूरा गरेको कार्यदल संयोजक सहित सबै सदस्यहरूलाई धन्यवाद व्यक्त गरे ।

कार्यदलमा कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा महेश बर्तौला, जीवन परियार र शिशिर खनाल सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्