रातभरकाे वर्षाका कारण गल्छीमा यातायात अवरुद्ध 



धादिङ । 

रातभरकाे वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत  धादिङकाे गल्छी-महेशदाेभान खण्डमा राजमार्गमा यातायात अवरुद्ध हुँदा हजाराै यात्रु अलपत्र परेका छन् ।
गल्छी गाउँपालिका वडा नम्बर ६ मा पर्ने साे स्थानमा सडक विस्तारकाे  क्रममा माटो भर्ने र गर्दाे खाेलामा पुल निर्माणकाे काम भैरहेकाे अवस्थामा वर्षापछि सडक क्षति पुगेर अवरुद्ध भएकाे हाे ।

रातिदेखिकाे मन्सुनी वर्षाले सडकमा क्षति पुर्याएकाे र माटो लेदो बनाएका कारण दुवैतर्फ सडक अवरुद्ध भएकाे निमित्त प्रमुख जिल्ला अधिकारी बलराम ढकालले बताए ।

सडक विस्तारका क्रममा सडक उत्खनन्, पुल निर्माण गर्दा सडक समेतमा वर्षापछिकाे गर्दाेखाेला बाढीले क्षतिपुर्याएकाे, लेदो जमेर वारपार गर्न नसकिएकाेले यात्रुले सास्ती ब्यहाेरेका छन् । रातिदेखि राजमार्ग बन्द भएपछि दुबैतर्फ १० किलाेमिटर लामाे सवारी साधनकाे जाम लागेकाे छ ।रातिदेखि यात्रुहरु सवारी साधनमा बसेर बाटाे खुल्ने प्रतीक्षा गरिरहेकाे गल्छीका सुदिप अधिकारीले जानकारी दिए ।

ठेकेदार कम्पनीले सडक सफा गर्ने र लेदो हटाउने कार्य गरिरहेकाे बताएकाे छ । तर, सवारी चाप र निरन्तर वर्षाले गर्दा सम्भव भएकाे छैन ।
स्थानीय प्रशासनले  सडक नखुलेसम्म धैर्य गर्न र सडककाे अवस्था बुझेर मात्र यात्रा गर्नुहुन सम्वन्धित सबैमा अनुराेध गरेकाे छ । स्थानीय रेडियोबाट सडक अवरुद्ध भएकाे सूचना नै जारी गर्न लगाइएको छ ।

साना सवारी र मोटरसाइकल समेत पार गर्न नसकिने अवस्थामा छ भने अत्यावश्यक सवारीलाई गल्छीबाट कल्लेरीटार हुँदै अादमघाट निस्कने बाटाे प्रयाेग गर्न लगाइएको छ ।

ठेकेदारले वर्षाअघि बाटाेमा ग्राभेल हालेर अग्लाे बनाउने कार्य गर्ने भनेपनि काममा ढिलाइ भएका कारण यात्रुले मार खेपेका हुन् ।

प्रतिक्रिया दिनुहोस्