सट्टेबाजीमा २ अर्ब बढी कारोबार गरेको आरोपमा एकजना पक्राउ



काठमाडौँ।

अनलाइन सट्टेबाजी माध्यम (एकसबेट, जुवा ३६५, क्रिपो) मार्फत सट्टाबाजी गर्न रकम लगाउने र संकलन गर्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर सोमबार सार्बजनिक गरेको हो।

उनले विभिन्न व्यक्तिका नाममा रहेका मोबाइल नम्बरबाट कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँको कारोबार भेटिएको छ।

प्रतिक्रिया दिनुहोस्