विश्वव्यापीकरणीय लाहुरे संस्कृति र मुनामदनको संकथन



काठमाडौं ।

मुनामदन एउटा सफल संकथन वा पाठ हो। यो खण्डकाव्य देवकोटाले संकथनको सिद्धान्त पढेर लेखेका होइनन् तर पनि संकथनका युक्तिहरूका दृष्टिबाट हेर्दा बलियो देखिन्छ । मुनामदन खण्डकाव्यलाई व्याकरणीय र कोशीय दुवै सशक्तिले सशक्त तुल्याइएको छ।

व्याकरणिक सशक्तिमा पर्ने सार्वनामिक शब्दको प्रयोगले मुनामदनमा नामको पुनरावृत्ति कम गरी अभिव्यक्तिलाई सुसङ्गठित बनाएको छ। स्थानिक शब्दको प्रयोगले खण्डकाव्यमा प्राकृतिक सौन्दर्यको वर्णनमा सहयोग पुर्‍याएको छ। संयोजकको प्रयोगमा ‘र’ र ‘झैं’ अधिक स्थानमा रहेका छन्। तिनले धेरै विषयको ज्ञान दिन र तुलना गरेर विषयलाई बुझाउन मद्दत गरेका छन् ।

यसै गरी निपातको प्रयोग पनि मुनामदनमा अधिक छ। यी निपातले मुनामदनको संकथनमा मिठास थप्ने काम गरेका छन्। यिनले खण्डकाव्यमा व्यक्त गर्न खोजेको भावमा पनि जोड दिएका छन्। प्रतिस्थापन संकथनमा नाम तथा अन्य शब्दको पुनरावृत्ति कम गरेको छ भने भाषालाई संक्षिप्त र छरितो बनाएको छ। कोशीय सशक्तिभित्र पर्ने पुनरावृत्ति, विपरीतार्थ, पर्यायवाची, अनेकार्थी र समावेशी शब्दहरूले मुनामदनको अर्थ पक्षमा सहयोग पु¥याएका छन्। यिनले मुनामदनमा भावगत सौन्दर्य सिर्जना गरेका छन् । यसरी संकथनको युक्ति व्याकरणिक र कोशीय सशक्तिले भाषिक र अर्थगत सौन्दर्यलाई सशक्त बनाएका छन्।

सन्दर्भ संकथनको मूल आधार हो। यसको जगमा टेकेर रचनाकारले आफ्नो कृतिलाई लक्ष्यसम्म पुर्‍याउने कार्य गर्छन् । मुनामदनमा पनि सन्दर्भको त्यस्तै महत्व रहेको छ। यसमा नेपाल देशभित्रमा काठमाडौं र देशबाहिरमा चीनको ल्हासा मुख्यरूपमा आएका छन्। खण्डकाव्यको परिवेशअन्तर्गत लिइएको काठमाडौं र ल्हासा मुख्यरूपमा आएका छन्। खण्डकाव्यको परिवेशअन्तर्गत लिइएको काठमाडौं र ल्हासा नभएको भए मुनामदनको परिस्थितिगत सन्दर्भ बन्ने थिएन । परिवेश खण्डकै पुग नपुग एक वर्षको समय र त्यसभित्रका समय पनि यही सन्दर्भभित्र आएका छन् । त्यसै गरी सामाजिक सन्दर्भमा मुनामदन खण्डकाव्य अत्यन्त धनी देखिन्छ । किनभने यसभित्र वैचारिक, सांस्कृतिक, आर्थिक, धार्मिक आदिजस्ता सन्दर्भ अटाएका छन्।

यहाँ काठमाडौं, भोट र ल्हासाका मानिस, जीवनशैली, संस्कृति (भेषभूषा, खानपान, धर्म आदि), आर्थिक अवस्था, सामाजिक मूल्यमान्यता आदिले मुनामदन शरीररूपी खण्डकाव्यमा आत्माको काम गरेका छन् । यही सन्दर्भअन्तर्गत पर्ने युवाको अवस्था, वृद्धाको अवस्था, नारीको अवस्था खण्डकाव्यमा उल्लेख छ । यसका साथै भागवत गीताको सार कर्मको चिन्तन पनि यहाँ संज्ञानको रूपमा आएको छ । खण्डकाव्यमा मानवतावादी विचार पनि सशक्तरूपमा व्यक्त छ । आ–आफ्ना ज्ञानको क्षमता र भूमिकाअनुसारका वैयक्तिक वा अन्तर्वैयक्तिक सन्दर्भहरूले पनि मुनामदनलाई अगाडि बढाएका छन् ।

मुनामदनको परिस्थितिगत सन्दर्भले यसको प्राकृतिक वर्णनमा सहयोग गरेको छ । सामाजिक सन्दर्भमा यहाँ विविधता पाइन्छ । यसभित्र वैचारिक, संस्कृति, आर्थिक, धार्मिक, नारी, वृद्ध र युवा सन्दर्भ सङ्गठित भएर आएका छन् । यिनले मुनामदनको अभिव्यक्ति सौन्दर्य र अर्थमा सहयोग गरेका छन् । संज्ञानात्मक सन्दर्भ पात्रका पूर्वज्ञानका रूपमा आएको छ । यो सन्दर्भले मुनामदनको विषयवस्तु र अर्थ दुवैलाई आधार प्रदान गरेका छन् । खण्डकाव्यमा आएको अन्तर्वैयक्तिक सन्दर्भले यसको भावलाई अगाडि बढ्न सहयोग गरेको छ । यसरी एउटा कृतिमा यी विविध सन्दर्भ अटाउन सक्नु नै देवकोटा र मुनामदनको सुन्दर पक्ष हो ।

अर्काे शब्दमा भन्दा मुनामदन खण्डकाव्य व्याकरणिक र कोशीय दुवै सशक्तिले सशक्त भएको संकथन हो । व्याकरणिक सशक्तिले खण्डकाव्यको भाषा संक्षिप्त र बलियो बनाएको छ भने कोशीय शब्दले यसको अर्थ वा भाव पक्षमा सहयोग गरेको छ । खण्डकाव्यमा सार्वजनिक शब्दको प्रयोग अधिक छ। यसले मुनामदनमा नामको पुनरावृत्ति कम गरी अभिव्यक्तिलाई सुसङ्गठित बनाएको त छ नै । खण्डकाव्यमा स्थानिक शब्दको प्रयोगमा व्यापकता पाइन्छ। यहाँ कान्तिपुर वा काठमाडौं, भोट, ल्हासा, कु्ती प्रदेशका साथै पृथ्वी, स्वर्ग, संसार, वरिपरि आदि स्थानसूचक शब्दहरू आएका छन्।

यिनले मुनामदनको प्राकृतिक सौन्दर्यको वर्णनमा सहयोग गरेका छन्। यिनले मुनामदनको प्राकृतिक सौन्दर्यको वर्णनमा सहयोग गरेका छन्। कालिक शब्दको प्रयोग मुनामदनमा सीमित छ, खण्डकाव्यको समयसन्दर्भ सीमित भएकाले यसो भएको हो। यी शब्दले मुनामदनको परिवेशमा सहयोग पुर्‍याएका छन् । मुनामदन खण्डकाव्य कर्मचिन्तन प्रस्तुत गरिएको संकथन हो। खण्डकाव्यमा रागात्मक अभिव्यक्ति पनि व्यक्त भएको छ।

यसमा विषय र भाषाको सुगठित मेल छ । विप्रलम्भ शृङ्गार रसले भरिएको प्रणय, संवेदना, कर्म चिन्तन र मानवताजस्ता विषय र तिनलाई अभिव्यक्त गर्ने झ्याउरे लयले मुनामदन खण्डकाव्यमा रागात्मकता थप्ने कार्य गरेका छन् ।

मुनामदन खण्डकाव्यमा सान्दर्भिक विविधता पाइन्छ। यहाँ पारिस्थितिक, सामाजिक, संज्ञानात्मक र अन्तर्वैयक्तिक सन्दर्भ पाइन्छ । यो खण्डकाव्य सामाजिक सन्दर्भमा धनी छ। यस सन्दर्भभित्र सांस्कृतिक, धार्मिक, वैचारिक, आर्थिक, नारी, युवक, वृद्ध आदि सन्दर्भ समावेश छन्। यिनीहरूले मुनामदन खण्डकाव्यको अर्थ पक्षमा सहयोग गरेका छन्। मुनामदन खण्डकाव्यमा नामिक तथा क्रियात्मक प्रतिस्थापन बढी गरिएका छन्। यिनले नायक, नायिकाका नामलगायत अन्य शब्दका आवृत्तिलाई कम गरेका छन् । यसले गर्दा मुनामदनको भाषा सङ्गठित बनाएको छ ।

अन्तर्राष्ट्रिय लाहुरे संस्कृति मुनामदनको आज पनि अस्ट्रेलिया, क्यानाडा, अमेरिका, जापान, कोरियाजस्ता मुलुकहरूमा युवाहरूको पलायनबाट देखिन्छ। त्यो बेला नेपालबाट ल्हासा थियो। आज नेपालबाट युरोपमा प्रवाह प्रबल वा अविरल छ। आजको पहिचान नेपालीसँगसँगै संयुक्त राष्ट्र संघीय हुन पुगेको छ।

किनकि यो समय विश्वव्यापीकरणको हो। अतः अन्धराष्ट्रवाद वा संकिर्ण राष्ट्रवाद समय सकिएको औषधिजस्तो हो। यसको व्यावहारिक औचित्य हाम्रो सन्दर्भमा छैन।

यस कारणले ‘विश्वव्यापी सोच र स्थानीय कार्यान्वयन’ आजको टड्कारो नारा र सारा देशवाशीको आशा वा माग हो। राजनीतिक नेतृत्व वर्गबाट, चेतना छिट्टै भया।

प्रतिक्रिया दिनुहोस्