डक्टर्स विथआउट बोर्डर्सको क्षयरोग दिवस तेस्रो संस्करण काठमाडौंमा

औषधीका साथै पोषिलो खानामा पनि सबैको पहुँच बढाउन जोड



काठमाडौं  । 

संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्यले सन् २०३० सम्ममा विश्वबाट क्षयरोगको महामारीको अन्त्य गर्ने अर्थात क्षयरोगका विरामीको संख्या प्रतिलाख २० जनाभन्दा कममा झार्ने र सन् २०३५ सम्ममा प्रतिलाख १० मा झार्ने लक्ष्य निर्धारण गरेको छ ।

नेपाल सरकारले पनि उक्त लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्दै सन् २०३० सम्ममा क्षयरोग उन्मुलन गर्ने र सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य लिएको छ । राष्टि्रय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले उक्त लक्ष्य प्रापि्तका लागि सरकार प्रयत्नरत् रहेको बताउनुभयो । राषि्ट्रय क्षयरोग नियन्त्रण केन्द्रसँग मिलेर मेडिसिन्स् सान्स फ्रनि्टयर्स अर्थात डक्टर्स विथआउट बोर्डर्स (एमएसएफ) ले संयुक्त रुपमा बिहीबार काठमाडौंमा आयोजना गरेको क्षयरोग दिवसको तेस्रो संस्करणको उद्घाटन गर्दै केन्द्रका निर्देशक डा. श्रेष्ठले सन् २०३० सम्ममा क्षयरोग उन्मुलन गर्न सरकारले मोबाईल कि्लनिक संचालन गर्नुका साथै समुदायिक स्वास्थ्यकर्मीहरुको व्यापक परिचालन गरी जनचेतना जगाउनुका साथै स्थानीय तहसँग मिलेर क्षयरोगमुक्त नेपाल अभियानलाई व्यापक बनाएको जानकारी दिनुभयो ।

उहाँले क्षयरोगमुक्त नेपाल अभियानलाई २५ स्थानीय निकायबाट बढाएर यो वर्षदेखि १ सय २५ स्थानीय निकायमा पु¥याइएको पनि जानकारी पनि दिनुभयो । यद्यपी क्षयरोग नियन्त्रण त्यति सहज नभएको जिकिर गर्दै डा. श्रेष्ठले यसको निदान र उपचारमा सबैको सहज पहुँच हुन जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो–हामीले सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्ने हो भने अझ बढी काम गर्नुपर्छ र गाउँ गाउँमा गएर परीक्षण गर्नुपर्छ । यसो गर्न सकेमा मात्र लुकेर बसेका बिरामी हाम्रो सम्पर्कमा आउँछन् ।

डा. श्रेष्ठका अनुसार हाल नेपालमा वर्षेनी ६९ हजार नयाँ क्षयरोगी थपिने गर्छन्, जसमध्ये ४५ प्रतिशत बिरामी उपचारमा आएका छैनन्। कार्यक्रममा क्षयरोग उन्मुलनका लागि काम गरिरहेका दकि्षण एसियाका २० भन्दा बढी चिकित्सकहरू र विज्ञहरूले क्षयरोग उन्मुलनमा देखिएका बाधा अड्चन र आफ्नो देशमा भइरहेको उत्कृष्ट अभ्यासका बारेमा जानकारी तथा अनुभवहरू आदान प्रदान गरेका थिए ।

दकि्षण एसियाका ८० भन्दा बढी स्वास्थ्य विज्ञहरूको सहभागिता रहेको उक्त कार्यक्रममा भारतका प्राडा द्वय अनुराग भार्गव र माधवी भार्गव, अमेरिकाको न्युयोर्कसि्थत टि्रटमेन्ट एक्सन ग्रुपको क्षयरोग कार्यक्रमका सहनिर्देशक माइक फि्रक, पाकिस्तानका डा. आदिल ताहिर, बंगलादेशका डा. सायला इस्लाम, त सेभ द चिल्ड्रेनका वरिष्ठ प्राविधिक सल्लाहकार डा आशिश श्रेष्ठ, विराट नेपाल मेडिकल ट्रष्ट नेपालका डा. कृतिका दिकि्षतलगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी चिकित्सक तथा विज्ञहरूले क्षयरोग नियन्त्रणका लागि छुटेका बिरामीको खोजी नै पहिलो प्राथमिकतामा पर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले रोग बोकेर पनि उपचारमा आउन नसकेका वा यसको पहुँचमा नभएकाहरुलाई समूदाय–समूदायमा गएर खोज्नुपर्ने र परामर्श दिनुपर्नेमा जोड दिंदै औषधी मात्र होइन, पोषिलो खानामा पनि सबैको पहुँच बढाउनुपर्ने आवश्यक्ता औंल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्