नेकपा माओवादी परित्याग गरी ४५ जना एमालेमा प्रवेश 



काभ्रे ।

नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी कम्युनिस्ट पृष्ठभूमि बोकेका ४५ जना भन्दा धेरै व्यक्तिहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जिल्लाको कोसी पारि स्थित चौरीदेउराली गाउँपालिका ७ र ८ मा स्थायी बसोबास भएका नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरू बनेपा स्थित एमाले पार्टी कार्यालयमा नेकपा एमालेमा प्रवेश गरेका हुन् ।  कम्युनिष्ट नेताहरू स्व.कमान सिं लामाका भाइहरू ज्ञानु लामा, अवतार लामा तथा छोराहरू तथा जिल्ला दोर्जे लामा सहित ४५ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

प्रवेशी नेता तथा कार्यकर्ताहरूलाई  नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री तथा सांसद गोकुल बास्कोटा, केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री रेशम लामा, पूर्व सांसद तथा केन्द्रीय सदस्य नविना लामा, प्रदेश कमिटी सदस्यहरू चूडामणि गौतम, ठाकुर बास्कोटा, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उपसचिव राजकुमार सापकोटा, पूर्व उप सचिव रिता ढकाल, सचिवालय सदस्य नारायण गौतम, विक्रम चौलागाई लगायतका विभिन्न तहका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

कार्यक्रममा जिल्ला कमिटी पदाधिकारीहरू, सचिवालय सदस्यहरू, जिल्ला कमिटी सदस्यहरू, नगर तथा गाउँ कमिटीका अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो ।  स्व. कमान सिं लामाको कोभिड १९ का कारण निधन भएको छ । पूर्व राजदूत समेत रहेका कमान सिं लामा काभ्रेपलान्चोक जिल्लाको कम्युनिस्ट आन्दोलनका नेता हुन् ।

कोसीपारि क्षेत्रका प्रखर नेता कमान सिं लामाका बाबु चन्द्र सिं लामा पनि नेता नै थिए । चन्द्र सिं लामालाई पञ्चायतको सरकारले २०३० सालमा गाउँ फर्क अभियानको प्रमुख बनाएर पठाएको थियो । काभ्रेपलान्चोक जिल्लाका पञ्चायत प्रमुख र उपप्रमुखहरूलाई त्यति बेला चन्द्र सिं लामाले शपथ खुवाएका थिए । नागरिकहरूको समानता, न्याय र विकासका लागि निरन्तर सक्रिय चन्द्र सिं लामाकै प्रेरणाले कमान सिं लामा सक्रिय राजनीतिमा होमिएका थिए ।

उनी सहित कमानसिंह लामाका ८ भाइ दाजुभाइ छन् । त्यो पृष्ठभूमिमा पनि राजतन्त्र र पञ्चायत विरुद्ध सशक्त आन्दोलनमा होमिएका कमान सिं लामा चौथो महाधिबेन अन्र्तगत जनमोर्चामा सक्रिय थिए । त्यतिखेर निर्मल लामाहरु उनकै घरमा गएर सेल्टर लिने गरेका थिए । उनै कमान सिं लामाका भाइहरू ज्ञानु लामा र अवतार लामा लगायत एमाले प्रवेश गरेका हुन् ।

उनका छोराहरू पनि एमालेमा प्रवेश गरेका छन् । जनमोर्चाबाट आएकाहरुलाई माओवादीले हेपेको, जनयुद्ध लडेर आएकाहरूको ब्याज खान खाएको जस्ता अपमानित व्यवहार गरेको भन्दै उनीहरूले कोसीपारिमा मात्रै नभई जिल्लाभरका जनमोर्चाबाट माओवादीमा समाहित भएका नेता तथा कार्यकर्ताहरूलाई संगठित गरी एमालेमा प्रवेश गराउने उद्घोष गरेका छन् । बिहीबार पार्टी कार्यालयमा ४५ जना जनमोर्चाबाट माओवादी केन्द्रमा सक्रिय भएकाहरू एमाले प्रवेश गरेका हुन् ।

कार्यक्रम बोल्दै जिल्ला दोर्जे लामाले सामाजिक रूपान्तरणका लागि, सामाजिक न्याय र समानताका लागि नेकपा एमाले बाहेक अर्को पार्टीले जनतालाई अनुभूति हुने खालका कार्यक्रम ल्याउन नसक्ने बताए । ‘मादनकुँडारी ७ का अधिकांश नेकपा माओवादी केन्द्रका साथीहरू एमालेमा प्रवेश गर्ने तयारीमा छौँ ।

केही आज प्रवेश ग¥यौं ।  केही आउँदै हुनुहुन्छ’– जिल्ला दोर्जे लामाले भने– ‘हामीलाई कुनै पद चाहिएको होइन । एमालेमा कुनै पद चाहिँदैन । माओवादी केन्द्रले हामी जनमोर्चाका साथीहरूले हेप्न थाल्नु भयो । पेल्नु भयो । हामी युद्ध लडेर आएको तिमीहरू त्यसको ब्याज खाएको जस्ता व्यवहार हुन थाले ।

छेपाराको तेल टाउकोमा लगाएर जुल्पी बदलिँदैन । छेपारोले रङ्ग बदल्ने हो त्यसले कपालको जुल्पी बदलिँदैन । आँशु रुँदा मात्रै होइन हासिरहँदा पनि आउँछ । लाठीले कुटेर मात्रै होइन चिमोटेर पनि नीलडाम बस्छ ।’ नेकपा एमालेले पार्टी भन्दा माथि राष्ट्र र राष्ट्रियतालाई राखेको छ । नागरिकहरूको जीवन रूपान्तरणका लागि नेकपा एमाले सक्रिय छ ।

एमालेले न्यायको आन्दोलन गरिरहेको छ । एमाले एक्लै एमाले भएको होइन । सबैलाई समेट्न सक्ने विशाल छाती भएको पार्टी हो एमाले । सिद्धान्तमा आत्मसमर्पण गर्दैनौँ । नीति प्रष्ट छ । व्यवहार लचिलो छ । एमालेलाई कसैले चुनौती दिन सक्दैन । जेष्ठ नागरिक, श्रमिक, महिला अधिकार तथा नागरिकहरूको समृद्धिका लागि एमाले मात्रै अभिभावक हो । एमाले विरुद्ध देश, विदेशबाट भएको चौतर्फी घेरावन्दी विरुद्ध पनि हामी सशक्त भएका छौँ । देश र जनता हाम्रो पहिलो प्राथमिकता हो । एमाले राम्रो हुन शरिरका सबै अंगहरु सक्रिय हुनु पर्छ भने जस्तै सबै क्षेत्र, सबै ब्यक्ति सबै तह र कमिटीहरु सक्रिय हुनु पर्छ ।

एमाले भित्र हेँला होचो हुँदैन् । विशाल ह्दय भएको साझा फुलबारी हो एमाले । श्रमिक वर्गलाई उच्च प्राथमिकतामा छ । परिवर्तन, राष्ट्रिय स्वाधिन र स्वाभिमान पहिलो प्राथमिकता हो । सबैलाई समान व्यवहार, सक्रियताका आधारमा जिम्मेवारी र मुल्यांकन गरिनेछ । व्यक्ति गौण हो । सामाजिक न्यायको पक्षमा उभिएको पार्टीले कसैलाई अन्याय गर्दैन । बुझाईका कमिले कहिले काँहि त्यस्तै हुन सक्छ । विगतमा पनि हामीले धेरै समुह तथा ब्यक्तिहरुसँग एकीकरण गरेका छौँ ।

एकीकरण भए पछि एमालेले गर्ने व्यवहार फरक हुँदैन । सबैलाई आश्वस्त बनाउँछु सबै एमालेमा सहभागी हुनुहुन । यो सबैको पार्टी हो । बाम्पन्थी संक्रिणबादको शिकार एमाले हुँदैन । एमाले बुझे पछि सबै पार्टीका नेताहरू एमालेमा आउनु पर्छ । बाम्पन्थी आन्दोलनमा एमालेको भूमिका सशक्त छ । यो कायम राख्न हामी सबै सहभागी हुनु आवश्यक छ ।

केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री रेशम लामा, पूर्व सांसद तथा केन्द्रीय सदस्य नविना लामा, प्रदेश कमिटी सदस्य ठाकुर बास्कोटा, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिवालय सदस्य नारायण गौतम तथा जिल्ला दोर्जे लामाले नेकपा एमालेले मात्रै मुलुकको नेतृत्व गरी राष्ट्रिय स्वाभिमान, स्वाधीनताका लागि नेकपा एमालेको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्