जनतामा निराशा बाँड्ने काम बन्द गरौँ : उपमहासचिव पुन



रोल्पा।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले जनतामा निराशा बाँड्ने काम रोकिनुपर्ने बताएका छन् ।

मंगलबार गृहजिल्ला रोल्पाको माडीचौर रंगशालामा आयोजित माघे संक्रान्ति महोत्सव तथा खेलकुद कार्यक्रममा बोल्दै पुनले निराशा बाँडेर मुलुकको विकास र समृद्धि नहुने बताए ।

नकारात्मकता र निराशा बाँड्नेहरूले समाज बदल्न र मुलुकको नेतृत्व गर्न नसक्ने उनको भनाइ थियो । पुनले पछिल्लो समय मुलुकमा धेरै राम्रा कामहरू पनि भएको भन्दै नकारात्मकता हाबी भएका कारण सकारात्मक कामहरूले कम चर्चा पाएको उल्लेख गरे।

पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एक वर्षे कार्यकालमा धेरै राम्रा कामहरू भएको दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्