कांग्रेस बागमती प्रदेश सम्मेलन: कसले के भने ?



काठमाडाैं ।

नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन काठमाडौंको सुकेधारामा चलिरहेको छ । सम्मेलनमा विभिन्न प्रदेश र जिल्लाका पदाधिकारी एवं सदस्य सहभागी छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले शनिबार बिहान उद्घाटन गरेको सम्मेलनमा अहिले प्रदेश, जिल्ला सभापति तथा केन्द्रीय सदस्यहरूले बोलिरहेका छन् । यस क्रममा उनीहरूले पार्टीको आन्तरिक विवाद, प्रदेशप्रति केन्द्रको बेवास्तालगायतबारे गुनासो गरेका छन् ।

नेपाली कांग्रेस महामन्त्री, विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले देशमा कुनै राजनीतिक संकट नरहेको बताएका छन् । उनले भने– ‘संकट केलाई मान्न मिल्छ भने जतिबेला नेपालमा हिंसात्मक विद्रोहको अवस्था थियो । राज्य नै गाउँ छिर्न नसक्ने अवस्था थियो । संविधानसभाको निर्वाचनपछि संविधान बन्न नसकेको संकटमा अर्को चुनाव गराएर संविधान बनाएर कांग्रेसले संकट टारेको बताउँदै उनले अहिले त्यस्तो संकट नरहेको टिप्पणी गरे । महामन्त्री शर्माले अब नयाँ विश्वास र पूरानो भावनाको कांग्रेस बनाउनुपर्ने बताए ।

प्रदीप पौडेल,कांग्रेसका केन्द्रीय सदस्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको केन्द्रीय सदस्य चयनका लागि प्रत्येक साधारण सदस्यले मतदान गरेर चयन गर्ने व्यवस्था ल्याउन माग गरेका छन् । उनले ८ लाख ६६ हजार कांग्रेस सदस्यले सभापतिका लागि मतदानको व्यवस्था गर्ने हो भने पार्टीभित्र गुटबन्दी समाप्त हुने उल्लेख गरे । पौडेलले भने– ‘हामीले समावेश पार्टी बनाउने हो भने सबै कुरा पार्टीको सदस्यले गर्न पाउनुपर्छ । सबै कुराको अधिकार पार्टीको सदस्यलाई हुनुपर्छ । त्यसैले केन्द्रीय सभापति निर्वाचित गर्दै गर्दा एउटा क्षेत्रबाट नेतृत्व गर्ने २५ जनाले होइन देशैभरका नेपाली कांग्रेसका सदस्यहरूले भोट हालेर केन्द्रीय सभापति निर्वाचित गर्ने व्यवस्था गरिनुपर्छ ।

सभापति बागमती प्रदेश, इन्द्र बानियाँ

(प्रदेशका मुख्यमन्त्रीहरूले अधिकर मग्न प्रधानमन्त्रीकहाँ डेलिगेसन जानुपर्ने अवस्था छ । प्रदेश हतियारबिनाको सेनाजस्तो भएको छ । न प्रहरी, कर्मचारी न शिक्षा आएको छ ।हिजो पहिचानको कुरा गर्ने माओवादी आज जातीय कुरा गर्दैछ । प्रदेश नमान्नेहरू प्रदेश सरकारमा छन् । निर्वाचन प्रणाली अस्थिरताको जड हो । निर्वाचन प्रणाली फेर्ने नेतृत्व कांग्रेसले गरोस् । ७०५ कार्यकर्ताको मत र ३० ५ मत माथिल्लो निकायको लोकसेवाको शैलीमा भयो भने घात अन्तरघात कम हुन्छ । युवा पार्टीमा राख्न सकेनौँ भने दुर्भाग्य हुन्छ । नयाँ र पुराना पुस्ताको पार्टी कांग्रेस बनाउनुपर्छ ।

सभापति नुवाकोट कांग्रेस, जगदीश्वरनरसिंह केसी

फागुन ७ बाट महासमिति बैठक नसरोस् । सभापतिसमक्ष अनुरोध गर्न चाहान्छु । बैठकले निर्णय गरेर महासमिति बैठकमा जानुपर्छ । भ्रष्टाचारमुक्त समाज बनाउन कंग्रेस सभापतिले नेतृत्व गर्नुपर्छ । देशभर काण्डैकाण्ड छ । ८६ सालपछि एनसेल सरकारको सम्पत्ति हो, आज किन एनसेल बेचिदैछ ।

दुइटा कांग्रेस हुँदा एक पटक पदेन सदस्य हुने व्यवस्था थियो । त्यो पटकपटक किन राख्यौं रु बुथबाट किन निर्वाचित हुन सकेन । पार्टीभित्र एकता र उत्साह चाहिएको छ तर त्यो देखिएन ।

सभापति मधेस एवं प्रदेश मन्त्री, कृष्ण यादव

प्रदेशलाई संविधानको आधारमा दिनुपर्ने अधिकार दिइएको छैन । हामीसँग न प्रहरी छ, न प्रशासन नै छ । ८ वर्ष भइसक्यो कुनै कानुन छैन । मधेस प्रदेशले आन्दोलनको लागि अल्टिमेटम दिएका छौँ । अब प्रदेशको अधिकारको लागि आन्दोलन गर्छौं, सिंहदरबार घेर्छौं । तपाईं हामी एक भएर सिंहदरबार घेर्नुपर्छ र अधिकार ल्याउनुपर्छ । हामीले धेरै कुरा मागेका छैनौं । संविधानले दिएको अधिकार मागेका हौँ । धेरैले संघीयता घाँडो भयो भन्छन् । कारण यही हो ।

सभापति लुम्बिनी कांग्रेस, अमरसिंह पुन

आज संविधान पूर्णरूपमा कार्यान्वयन भएको छैन । जनताको भावना बुझेर अघि बढ्नुबाहेक अर्को विकल्प छैन । पार्टीलाई एकढिक्का बनाएर अघि लानुपर्छ । समयअनुसार चल्न सकेनौँ भने जनताले प्रश्न गर्छन् । कार्यकर्ताले प्रश्न गरिरहेका छन् । तल्लोदेखि माथिल्लो तहसम्म प्रतिस्पर्धा गर्ने गरेका छौ । यसबारे महासमिति बैठकमा सोच्नुपर्छ ।
पटकपटक एउटैलाई पद दिइरहनुभन्दा सबैलाई प्रतिनिधित्व हुनुपर्छ । सेकेन्डम्यान सभापति हुने व्यवस्था गरौँ । नत्र वरीयताको विवाद आइरहन्छ ।

सभापति गण्डकी कांग्रेस,शुक्रराज शर्मा

पहिलो पटक भएकाले कतिपय ठाउँमा अलमलियौँ । विधान पालना गर्न सकेनौं । सुधारको काम रोक्यौँ भने प्रजातन्त्र बलियो हुन सक्दैन । पार्टीको विरासत बिर्सियौँ । हामीले कहाँबाट सुधार गर्ने भनेर प्रजातन्त्रवादीहरूले खोजिरहेका छ्न । जहाँबाट बिग्रेको हो त्यहीँबाट सुधार्नुपर्छ । लोकतन्त्र कम्युनिस्टले भन्ने भासा हो । हामी धार्मिक परम्परावादी हौँ । धार्मिक स्वतन्त्रता हटाएर धर्म निरपेक्ष मुलुक बनायौँ, त्यहीबाट विकृति भित्रियो । सरकारमा बस्ने मान्छेले परिणाम दिनुपर्‍यो । हामीले के गर्यौं रु सभापति भएर के गर्यौं रु गर्न सकेनौँ भने पदमा किन बस्ने रु कांग्रेसको एकजना नेता उभिँदा पूरै गाउँ कांग्रेस बन्ने पुरानो शैलीमा कांग्रेस फर्काउनुपर्छ ।

सुदूरपश्चिम कांग्रेस सभापति, वीरबहादुर बलायर

आपसमा भन्दा पनि नेपाली जनजीविकामा फोकस हुनुपर्ने देखिन्छ । हामीलाई संगठन गर्न राष्ट्रव्यापी रूपमा अप्ठेरो परेको छ । एमाले प्रदेश अध्यक्ष पोलिट्ब्युरो सदस्य हुने व्यवस्था छ । उनीहरूसँग वरीयता कसरी मिलाउने रु

यसबारे महासमिति बैठकमा छलफल हुनुपर्छ । हामी त केसमा पनि आमन्त्रित छौँ । त्यो पनि व्यवस्थित छैन । मर्यादाक्रम कसलाई कहाँ राख्ने भन्नेकुरा पार्टीले निर्णय गर्नुपर्छ । कुर्लेको आधारमा हामी परिणाममा पुग्न सक्दैनौं ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री, धनराज गुरुङ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद् सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउने बताएका छन् ।उनले संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउने बताएका हुन् । उनले संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन र शिक्षा विधेयकहरू संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत ल्याउने बताए । उपसभापति गुरुङले काँग्रेसको आनीबानी र व्यवहारमा सुदृढ गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्