विद्यालयमा नेपाल भाषाको पठनपाठन



नेपाल भाषाले वागमती प्रदेशमा राष्ट्रिय भाषाको रूपमा आधिकारिक रूपमा अधिकार पाइसकेको छ । नेपाल भाषालाई राष्ट्रिय भाषाको रूपमा प्रयोग गर्न पाऊँ भन्दै लामो समयदेखि आवाज उठाउँदै आइएको थियो । अहिले आएर नेपाल भाषाले राष्ट्रिय दर्जा पाएको छ । यसले हरेक कार्यालय, विद्यालय रअन्य सार्वजनिक स्थलमा नेपाल भाषाको प्रयोग गर्न पनि सहयोग मिलिरहेको छ ।

यही क्रममा नेपालका सामुदायिक विद्यालयमा पनि नेपाल भाषा विषयको पठनपाठन भइरहेको छ । २०७७ सालमा तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबाट सहयोग पाएपछि सामुदायिक विद्यालयमा नेपाल भाषा विषय राखिएको थियो ।
यसको निरन्तरता नयाँ मेयर र उपमेयर आउँदा पनि भइरहेको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल स्वयमपनि नेपाल भाषा विज्ञ हुनुहुन्छ । गैर नेवार भएपनि मेयर बालेन्द्र साहले पनि सहयोग गर्नुभएको छ ।

२०७८ सालदेखि नेपालभाषा विषय पढाउन थालिएको थियो । अहिले यो भाषाको पढाइ तेस्रो वर्षमा प्रवेश गरिसकेको छ र सबैभन्दा राम्रो भएको भन्दै सकारात्मक सन्देशहरू आइरहेका छन् । शुरूमा ९० भन्दा बढी सामुदायिक विद्यालयमा पढाइएकोमा अहिले कति विद्यालय एक अर्कोसँग मर्ज भएपछि सामुदायिक विद्यालय ८७ संख्यामा झरेको अवस्था छ ।

अहिले विद्यालयमा पढाइरहेको नेपाल भाषाको पुस्तकको नाम ‘येँ देय् म्हसीके’ हो । यसको अर्थ हुन्छ काठमाडौं देश चिनौं हुन्छ । अहिले विद्यालयहरूमाकक्षा १ देखिकक्षा ८ सम्ममात्रै नेपालभाषाविषय पढाइरहेको हो । यो पुस्तकमा काठमाडौं शहरमामनाइने जात्रा, चाडपर्वदेखि लिएर काठमाडौंबासी नेवार समुदायको गतिविधिपनि समेटिएको छ ।

पाठ्यक्रममा हरेककक्षाको पुस्तकमा १० वटा पाठ राखिएको छ । पाठ १ मा भाषा, पाठ २ मा चाडपर्व, पाठ ३ मा संस्कार, पाठ ४ मा सम्पदा, पाठ ५ मा सीप, पाठ ६ मा नैतिकशिक्षा, पाठ ७ मा भौगोलिकशिक्षा, पाठ ८ मा स्वास्थ्य र शारीरिक शिक्षा, पाठ ९ मा व्यक्तिचिनारी र पाठ १० मा नेपालभाषाको लिपि समेटिएका छन् ।
यो विषय पढाउने मात्रै नभई काठमाडौंमा नेवार समुदायको रितिथिति, उनीहरू कसरी बसेको, घर कस्तोहुने, यस्तै पूजा कसरी गरिने, गुठी के हो ?, पेशा कस्तो हुन्छ, सम्पदा, संस्कृति, चाडपर्वहरू, जात्राहरू,जन्मदेखि मृत्युसम्मगरिने संस्कारहरूको उल्लेख रहेका छन् ।

यस्तै,विषयहरू आजकापुर्खाले बिर्सिसकेकोले यसबारे थाहादिन यो नेपालभाषा पढाउन अनिवार्य जस्तो पनिभएको हो । यसले काठमाडौंमा कस्तो चलन रहेको भन्ने कुराहरूभावी पुस्तालाई सिकाउन र थाहापाउन दिन यो नेपालभाषा सहयोगीहुने विश्वास पनि गरिएको छ ।

यहीअनुसार यो लेखकलाई पनि एक विद्यालयमा पढाउन नियुक्तिगरिएको हो । लिखित र अन्तर्वार्तामा सफल भएपछि मलाई ज्ञानेश्वरस्थितश्री ज्ञानविकास आधारभूत विद्यालयमा पढाउन जिम्मा दिइयो । काठमाडौं महानगरपालिकाको शिक्षा विभागको आदेश अनुसार मैले २०७८ वैशाखदेखि उक्त विद्यालयमा पढाइरहेको छु ।

पहिलो वर्ष कोरोनाको कारण अनलाइन कक्षा भएको थियो । अनलाइन कक्षामा विद्यार्थीहरूको सहभागीकमै थियो । तर, विद्यालयगएर पढाउँदा भने अलि कठिन भएको थियो । एउटा कक्षामा कमसेकम २०–२५ जनाविद्यार्थीहरूथिए । कक्षा १ देखि कक्षा ८ सम्म एक्लैले पढाउन पनि समय मिलाउन कठिन भएको थियो ।

अर्को नेपालभाष ाभएको हुँदा विद्यालयमा विद्यार्थीहरूले बुझ्न पनि सकिरहेका थिएनन् । विद्यालयमा अधिकांश विद्यार्थी गैर नेवार पढ्ने हुँदा मेरा लागि पहिलो चुनौती नै भाषा सम्झाउन र सिकाउन भयो । मैले सुरूवातमा नमस्कार, गुड मर्निङ, गुड आफ्टरनून जस्ता शब्दलाई नेपालभाषामा के भनिन्छ भनेर सिकाएँ ।

‘ज्वज्वलपा’भन्ने नमस्कार हो भनेर कक्षा १ का भाइबहिनीदेखि कक्षा ८ का भाइबहिनीहरूलाई कण्ठै भयो । यो शब्दले कतिपय विद्यार्थीले शिक्षकलाई नै ‘ज्वज्वलपा’ सर भनेर बोलाउने पनि गर्छन् । यसमा मलाई गर्व पनि लाग्छ । दुई हातजोडेर ज्वज्वलपा भन्दा उनीहरूले संस्कार सिकेको मलाई लागेको छ ।

यसपछि नेपाल भाषामा परिचय कसरी गर्ने भनेर प्रयोगात्मक तरिकाले प्रशिक्षण गरे । यो पनि सजिलो लाग्यो । सबै भाइबहिनीहरूले भन्न जानेछन् । छिगु नां छु खः?यानि ‘तपाईंको नाम के हो ?’ । जिगु नां ……….खः?यानि मेरो नाम ………….हो ।भनेर उत्तर दिन सकेका छन् ।

यसरी उनीहरूले राम्ररी नै भन्न सकेकोमा मलाई खुसी लागेको पनि छ । नेपालभाषा पढाउन जुन जिम्मा दिएको हो त्यसमा मैले राम्रै गरेको पनि सम्झेको छु । किनभने विद्यार्थीले मलाई निकै सम्मानपनि गरेका छन् ।

प्रायजसो सामुदायिक विद्यालयहरूमा नेवार समुदायका विद्यार्थी कमै रहेका छन् । भएका केहीविद्यार्थीहरूपनि नेपाल भाषाबोल्नै आउँदैन । तर, उनीहरूमा नेपाल भाषाबारे जिज्ञासा बढेको हुनाले मेरा लागि पढाउन आँट बढ्यो।

काठमाडौंमा हुने जात्राहरूको पनि कतिपय विद्यालयमा डमीको रूपमा प्रस्तुत गरिएको छ । जस्तै,इन्द्रजात्रामा के–के गरिन्छ त्यस्तै नै विद्यालयमागरिएको धेरै उदाहरण छ । यसमा विद्यालयका सम्पूर्ण शिक्षकहरूले समेत सहयोग गरेका छन् र विद्यार्थी पनि रमाएका छन् । यस्तै, सकिमिला पुन्हि, तिहार, दशैंको डमीको रूपमा विद्यालयमा गर्दा पनि सबै रमाएकै छन् । सबैभन्दा रमाउने भनेको म्हपुजा गर्दा भएको थियो । मण्डप बनाएर मण्डप पूजा गरी ख्येँ संग (अण्डा सगुन) लिनुमानिकै रमाएका थिए।

यःमरि पुन्हि (योमरी पूर्णिमा) मा पनि विद्यालयमै यःमरि ख्वाउने विद्यालयहरू पनि छन् । यो सम्भव नेपाल भाषाको शिक्षकको कारण भएको हो । नत्र भने यो भन्दा पहिला यःमरि खानकतै जानुपर्ने थियो । यःमरिको गीत कक्षा १ को पाठ्यक्रममा राखिएको छ । कक्षा १ मा भन्नाले अधिकांश विद्यार्थी ५,६ र ७ वर्षकै छन् । तर, उनीहरूले ‘यःमरि च्वामु …….’ गीत मज्जाले गाएको देख्दा म आश्चर्य नै भए । मैले उनीहरूलाई एकपटक मात्रै सिकाएको थिएँ । तर, उनीहरूले एक पटकको प्रयासमै पूरै गीत टिपे।

यस्तै, नेपाल भाषामा अंक पनि सबैजसो विद्यार्थीले भन्न सक्छन् । जस्तै छि, नसि, स्व, पि, न्या……..(१,२,३,४,५………) उनीहरूले राम्ररी नै भन्न सकेका छन् । सुरूवातमा अलि चासो नलिएपनि अहिले आएर त्यही विद्यार्थीहरूले नेपाल भाषा मनपरेको पनि बताएका छन् ।
उनीहरूले नेवारी गीतमा नाच्न र गाउन पनि मन लगाएका छन् । कोहीकोही विद्यार्थी यो भनेको के त्यो भनेको के भन्दै सोध्न पनि आउँछन् । यस्तो हेर्दा नेपाल भाषा विषयवस्तु विद्यालयमा लोकप्रिय नै भएको छ।

हरेक सामुदायिक विद्यालयमा नेपाल लिपिको प्रयोग पनि भएको छ । विद्यालयको नाम नेपाल लिपिमा लेखिएको छ । यो लिपि देवनागरी भन्दाभिन्नै देखिने हुँदा विद्यालयको नाम नेपाल भाषामा आकर्षक देखिएको छ । विद्यार्थी पनि लिपिसिक्न चाहना गरेका छन् । कतिपय विद्यार्थीले राम्रो शैलीमालिपि लेखेका पनि छन् ।
काठमाडौं महानगरपालिकाको शिक्षा विभागले गरेको निर्णयपछि अहिले ललितपुर उपमहानगरपालिकाका पनि केही विद्यालयमा नेपाल भाषा विषय राखेको छ । यो क्रम बढ्दै गएको पनि छ । यही काठमाडौंमापनि आवासीय विद्यालय (बोर्डिङ स्कुल) हरूमा नेपाल भाषाको पठनपाठन भइरहेको छ ।

उच्चारणमा कठिन

नेपालभाषा पढाउन सजिलो पनि छैन । किनभने यसमा धेरै नै आधा अक्षर जोडेर शब्द बनिएको छ । विद्यार्थीको लागि यो नै कठिन बनेको छ । जस्तै ‘म्ह’ (शरीर) लाई म नै भन्छन् । जति म्हभनेर सिकाएपनि उनीहरू म नै भन्छन् । ‘क्वः’ (काग) लाईपनि उनीहरूले को भनेर उच्चारण गर्छन् ।
‘न्हाय्’ लाई नाय् भनिन्छ, त्यस्तै ‘न्हायपं’लाई नायपं भनिन्छ । पुस्तकमा यस्ता धेरै शब्दहरू छन् जसलाई विद्यार्थीले जति सिकाएपनि राम्ररी उच्चारण गर्न सकेका छैनन् । नेपाल भाषामा कठिन भनेको नै पढ्न नसकिने हो । लेख्न चाहिँ उनीहरूले सही नै लेख्छन् ।

प्रतिक्रिया दिनुहोस्