“उपहार” पाउँदा पाेषणमा शुधार



धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाले पाेषण सुधारका लागि पोषण लेखाजोखा, स्वास्थ्य संस्थामार्फत सञ्चालन भएको कार्यक्रम प्रभावकारी भएकाे पाईएकाे छ ।

गत वर्षहरुको तुलनामा अभिभावकहरू बालबालिकाकाे पाेषणबारे जानकारी लिन र वृद्धि अनुगमनमा आउने संख्यामा वृद्धि भएको छ ।

गंगाजमुना गाउँपालिका- २ स्वास्थ्य चाैकीमा वृद्धि अनुगमनका लागि आउने बालबालिकाका अभिभावकलाई आयाे नुन दिने गरिएपछि वृद्धि अनुगमनमा आउनेकाे संख्या ह्वात्तै बढेकाे छ ।

लानप्लस परियोजन, ली-बर्डको आयोजनामा संचालित सामुदायिक अंकपत्र कार्यक्रमका अवसरमा साे जानकारी स्वास्थ्य चाैकी प्रमुख जनस्वास्थ्य निरिक्षक तामाङले बताउनुभयाे ।

गाउँमा कुपाेषणमा रहेकाे बालबालिका नहोस भनेर वृद्धि अनुगमन गर्ने भएपनि उपहार दिने प्रचलन नहुँदा खासै बालबालिका आउने गरेका थिएनन् तर यश वर्षदेखि आयाेडिनयुक्त नुन दिन थालेपछि गाउँमा २ वर्षभित्रका सबै बालबालिका ताेकिएकाे दिन स्वास्थ्य संस्थामा आउनेगरेकाे पाईएकाे हाे ।

यसवर्षदेखि आयाेडिनकाे कमी नहाेस भनेर अभिभावकलाई आयाेनुन दिन थालिएकाे हाे ।
रिस्वास्थ्य चाैकीमा महिनाकाे १४ गते नियमित वृद्धि अनुगमनका लागि बालबालिकाकाे उचाई, ताैल र हातकाे नाप लिने गरिन्छ ।

उपहार दिन थालिएपछि यस वर्ष हरेक महिना रिस्वास्थ्य चाैकीमा जना आउने गरेकाे स्वास्थ्य चाैकी प्रमुख अरुङ तामाङकाे भनाइ छ ।

ताजिम्राङ सामुदायिक स्वास्थ्य इकाईमा १९ गते र लताव सामुदायिक स्वास्थ्य ईकाईमा २१ गते बालबालिकाकाे पाेषणबारे जानकारी दिने वृद्धि अनुगमन गरिने गरिएकाे छ ।

वृद्धि अनुगमनमा आउदा सिघ्र कुपाेषण भेटिएमा रि स्वास्थ्य चाैकीमा रहेकाे कुपाेषण उपचार केन्द्र (OTC) यस क्षेत्रका बालबालिकाकाे प्रत्यक्ष निगरानिमा उपचार गरिने व्यवस्था छ ।

यस क्षेत्रकाे पाेषण उपचार केन्द्र रि स्वास्थ्य चाैकीमा गरिने व्यवस्था गाउँ पालिकाले मिलाएकाेले वडा नम्बर १ ताजिम्राङ लगायतका क्षेत्रका बालबालिका कुपाेषित भएमा पठाउने गरिएको ताजिम्राङ सामुदायिक स्वास्थ्य इकाईका प्रमुख रमेश तामाङले बताउनुभयो ।

ध्यम किसिमकाे कुपाेषणमा परेकालाई पाेषण शिक्षा दिएर खानेकुरा बारे जानकारी दिने गरिन्छ ।

लिबर्डले लान प्लस परियोजना संचालन गरेपछि पाेषण शिक्षामा वृद्धि भएकाे छ ।

स्वास्थ्य केन्द्रले विद्यालय र समुदायमा छलफल गरि सचेतना कक्षा चलाउने गरेकाे छ ।

स्वास्थ्य शिक्षा र पाेषण सम्बन्धि जानकारी चर्चमा समेत संचालन गरिएकाेले प्रभावकारी भएकाे ताजिम्राङ सामुदायिक स्वास्थ्य इकाईका तामाङकाे भनाई छ ।

विद्यालयमा जंकफुड नियन्त्रण कार्यक्रम संचालन भएपछि विद्यालय खाजामा खाेले खाने, स्थानिय तरकारी र खानेकुरा बालबालिकालाई खुवाउने गरिएकाे सबै टाेलमा सरसफाइ अभियान गरिएकाे वडा अध्यक्ष बलबहादुर तामाङले बताउनुभयाे ।

साविक रि गाविसका सबै टाेलमा प्लास्टिक बाहिर फाल्न नपाईने र हरेक गाउटाेलमा सार्वजनिकस्थानमा समेत फाेहाेर फाल्न डाेकाेलाई डस्टविनकाे रुपमा राखएकाे छ ।

लताव सामुदायिक स्वास्थ्य इकाईले वृद्धि अनुगमनमा अाउनेलाई साबुन दिने गरेकाे छ । स्वास्थ्य र सरसफाइ पाेषणकाे लागि महत्वपुर्ण कुरा भएकाेले कार्ययाेजना अनुसार न‌ साबुन दिन थालेपछि यहाँ मासिक रुपमा ४० भन्दा बढि बालबालिकाकाे वृद्धि अनुगमन गर्ने गरिएकाे छ ।

गंगाजमुना गाउँ पालिका वडा नम्बर १ र २ का स्वास्थ्य संस्थामा वार्षिक कार्ययाेजना बनाएर स्वास्थ्य सेवामा सुधार गर्न थालेकाे हाे ।

समुदाय स्तरमा स्वास्थ्य सेवा, पाेषणबारे सचेतना फैलाउने गरेकाे, परिवार नियाेजनकाे अस्थाई साधन उपलब्ध गराउने आदी कार्यक्रम स्वास्थ्य संस्थाले गर्ने गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्