कोशी प्रदेश : कांग्रेस संसदीय दलको नेता उद्धव थापाले दिए राजीनामा



विराटनगर।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेताबाट उद्धव थापाले राजीनामा दिएका छन्।

शनिबार कांग्रेसका केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियक्त भएपछि थापाले दलको नेताबाट राजीनामा दिएका हुन्।

शनिबार पत्रकार सम्मेलन गरी थापाले दलको नेताबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

‘मैले दुई पटक अदालतबाट पदमुक्त बन्दै राजीनामा दिनुपर्ने थियो। तर, प्रदेशको अवस्थाले मलाइ त्यसबेला जिम्मेवारी छोड्न दिएन। अहिले राजीनामा दिएको छु,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्