व्यवस्थापन अध्ययन अवसरको ढोका



मनोजकुमार ज्ञवाली

विद्यार्थीले व्यवस्थापन संकायमा भर्ना हुने भनेर निर्णय गर्नुअघि व्यवस्थापनभित्र कुन–कुन विषयको पढाइ हुन्छ, ती विषयको अध्ययनपछि विद्यार्थीको भविष्य कता मोडिन्छ, ज्ञान र अवसरको स्थिति के छ भन्नेजस्ता आधारभूत कुरामा जानकारी राख्नु जरुरी हुन्छ।

व्यवस्थापन पढेर ‘ग्य्राजुएट’ भएकाहरूमा के कस्तो क्षमता हुन्छ ? भन्ने पनि विद्यार्थीले जानकारीमा राख्नु महत्वपूर्ण हुन्छ। व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थी नेतृत्व क्षमता, राजस्व तथा करमा दक्षता, वाक पटुता, हिसाबकिताबको ज्ञाता,लेखाप्रणालीमा दुरुस्त, कानुनको जानकारीदेखि आफैंले अवसर सिर्जना गर्न सक्ने लगायतका क्षमता हुन्छ।

कुनै विद्यार्थीले व्यवस्थापनमा स्नातक वा स्नाकोत्तरतह पूरा गरेको छ भने त्यो विद्यार्थीलाई सरकारी, निजीक्षेत्र, गैरसरकारी जहा“ पनि अवसरको ढोका खुलेको हुन्छ। विद्यार्थीको इच्छा र आफ्नो क्षमता अनुसार अवसर रोज्न सक्छ। त्यति मात्रै होइन आफैंले व्यवसाय स्थापना गरेर अरूलाई रोजगारी दिन पनि व्यवस्थापन विषय अध्ययन गरेको विद्यार्थी सक्षम हुने गरेका छन्। समयकोव्यवस्थापन,लगानीको व्यवस्थापन, अवसरको व्यवस्थापन, क्षमताको व्यवस्थापन गर्न निपूर्ण भएपछि व्यक्तिको सफलता पनि स“गै प्राप्त हुन्छ।

मेरो आफ्नै विषयमा भन्नु पर्दा अहिले म नबिल बंैकमा कार्यरत छु। यो बैंक देशको सबैभन्दा ठूलो र पहिलो नम्बरको बैंक रूपमा बैंकिङ क्षेत्रमा स्वीकार गरिएको छ। यस संस्थामा व्यवस्थापन विषय पढेको भन्दा बाहिरका व्यक्ति हुनुहुन्न। यो बैक व्यवस्थापन संकायका व्यक्तिबाटै बैंक चलेको छ।

म विद्यार्थीहरूलाई स्मरण गराउन चाहन्छु, अस्पतालमा बिरामी जाँच्नका लागि डाक्टरको अवश्यकता पर्छ भने निर्माण गर्न इन्जिनियर चाहिन्छ। तर, सञ्चालन गर्नका निम्ति व्यवस्थापन पढेको व्यक्ति नै चाहिन्छ। अर्थात् अस्पतालमा पनि व्यवस्थापन पढेका विद्यार्थीले अवसर प्राप्त गर्दछन्।
व्यवस्थापन सर्वव्यापी विषय हो। कुनै पनि व्यावसायिक संस्था राम्रोसँग सञ्चालन हुनका लागि त्यहाँ व्यवस्थापन दक्षता भएको जनशक्ति हुनु जरुरी हुन्छ। त्यो दक्षता व्यवस्थापन विषयको अध्ययनपछि मात्रै प्राप्त हुन्छ। मेरो बुझाइमा व्यवस्थापन पढेको व्यक्तिल देश चलाउँदा पक्कै पनि देशका शासन व्यवस्था पनि व्यवस्थित हुन्छ, विकासको प्राथमिकता, जनताको आवश्यकता, आम्दानी र खर्चको सन्तुलन, देशकोको अर्थव्यवस्था मजबुत हुन्छ।

क्षेत्रअनुसार त्यस क्षेत्रसँग सम्बन्धित प्राविधिक जनशक्तिको आवश्यकता पर्छ। तर व्यवस्थापन पढेको व्यक्तिको आवश्यकता हरेका ठाउँमा छ। यसको अर्थ व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीका लागि जहाँ पनि अवसरको ढोका खुल्ला हुन्छ।

मेरो अनुभवमा व्यवस्थापन विषय अध्ययन गरेका विद्यार्थी पछुताउनु पदैन। डाक्टर, इन्जिनियरहरू आफ्नो पेसामा विज्ञता हुनुहोला तर उहाँहरूलाई नेतृत्व गर्ने व्यक्ति प्रायः व्यवस्थापन विषय नै पढेको व्यक्ति हुने गरेको छ। अहिले भगवान पशुपतिनाथको मन्दिरमा पनि क्युआर कोडबाट भेटी चढाउन थालिएको छ। समय क्रममले अव भगवानलाई चढाउने भेटीको हिसाब हेर्न पनि एकाउटेन्ट चाहिने भइसकेको छ।

व्यवस्थापन विषय अध्ययन गरेको व्यक्तिबिना कुनै पनि संस्थाको परिकल्पना गर्न सकिँदैनौ। जहाँ एकाउन्ट हुँदैन, जहाँ म्यानेजमेन्ट हुँदैन, जहाँ लिडरसिप हुँदैन त्यो संस्था सबल हुँदैन। मैले यसो भन्दै गर्दा अन्य विषयबाट डिग्रीको कुनै भूमिका छैन भन्न खोजेको होइन। अन्य विषय अध्ययन गर्नेहरूको भूमिका सीमित छ भने व्यवस्थापन विषय अध्ययन गर्नेहरूको भूमिका चाहिँ सर्वव्यापी छ।

व्यवस्थापन विषय पढेका व्यक्तिको लागि भने जताततै अवसर छन्। व्यवस्थापनको उपादेयता र पहुँच अहिले सर्वव्यापी भएको छ।

व्यवस्थापन पढेका विद्यार्थीले नोकरी गर्दिन अब म व्यवसाय गर्छु भन्यो भने पनि सफल हुन्छन्। हिजोआज धेरैवटा व्यवसाय डुबेको देखेको छु। जसको म्यानेजमेन्ट सिस्टम राम्रो छैन। जसको एकाउटिङ सिस्टम राम्रो छैन। जसको क्यास फ्लो म्यानेजमेन्ट राम्रो छैन। त्यस्ता उद्यम र व्यवसाय डुवेका छन्। व्यवस्थापन पढेको छ त्यसको हिसाब किताब, कर, राजस्व, आम्दानी–खर्च दुरुस्त हुन्छ भने बजारको सम्भाव्यता पनि बुझेको हुँदा व्यवस्थापन विषय पढेको व्यक्तिले चलाएको संस्था कम समस्यामा पर्ने गरेका छन्।

संस्था सञ्चालनका लागि नेतृत्व क्षमता पनि उत्तिकै महत्वपूर्ण हुन्छ। त्यो क्षमता व्यवस्थापन विषयका विद्यार्थीमा हुन्छ। कुन बेला कस्तो निर्णय गर्ने, कुन व्यक्तिसँग कस्तो व्यवहार गर्ने भन्ने ज्ञान उनैमा हुन्छ।

त्यस कारण भोलि जागिर नै गर्नु प¥यो भने पनि जुनसुकै क्षेत्रमा फिट हुने व्यवस्थापन पढेको विद्यार्थीका लागि उच्च सम्भवना छ। म व्यवस्थापनको विद्यार्थी भएको नाताले जुनसुकै विधामा जान्छु भन्नेका लागि यो विषय फलदायी नै भएको मैले पाएको छु। यसँगै विद्यार्थीले यदि म्याजमेन्ट पढ्ने हो भने यो बिषय सच्चिकै पढेको हुनुपर्छ। प्रमाणपत्रका लागि मात्रै पढेका व्यक्तिमा मैले माथि उल्लेख गरेको कुरा लागू नहुन सक्छ।

म यो बिषयमा अध्ययन गरेर केही गर्छु भन्ने अठोट बोकेका व्यक्तिका लागि भने यो बिषय बरदान नै हो। नम्वर बढी ल्याउछु भनेर पढेको व्यक्तिले केही गर्न नसक्ला। तर म यो बिषय पढेर केही गर्छु भन्नेका लागि भने यो गज्जबको बिषय हो। म पनि साइन्स पढ्छु भन्ने इच्छा राखेर घरबाट हिँडेको थिए। तर मैले म्यानेजमेन्ट पढेर फर्किए।

मैले आफ्नो जीवनलाई फर्केर हेर्र्दै आफूलाई मूल्याङकन गर्दा मेरो जीवन कुनै साइन्स पढेको साथीभन्दा कम छैन। आज म जे छु त्यसको वेस भनेको म्याजमेन्टको देन हो। त्यस कारण पनि म म्याजमेन्टको एड्भोकेसी गर्छु।

(नबिल बैंकका डेपुटी सीईओ ज्ञवालीसँग दीपक रिजालले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्