निमार्ण कम्पनीको बेवास्ताका कारण यात्रु मारमा



रामेछाप । 

निमार्ण व्यवसायिको वेवास्था कारण सेलेघाट साघुँटार सडक खण्डमा कालो पत्रे काम सुरु हुन सकेको छैन् । ठेग्गा लागेको ३ वर्ष पुरा हुदाँ समेत कालो पत्रे गर्ने काम सुरु नहुँदा यात्रु मारमा परेका हुन् ।

भारतीय एक्जिम बैङ्कमार्फत भारतीय निर्माण कम्पनी टीसीआईएलले पाएको उक्त सडक खण्डमा भएको ढिला सुस्तीले नागरिक मारमा परेका छन् । भत्काएर राखिएको सडकको कामले तीव्रता पाउन नपाउँदा नागरिक बर्खामा हिलो र हिउँदमा धुलो खान बाध्य भएका छन् ।

रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप बजार हुँदै साँघुटारसम्म गरी करिब ५० किलोमिटर दुरीमा रहेको उक्त सडक यति बेला  भताभुङ्ग पारेर छोडिएको छ । जसको कारण गाडी चढ्ने यात्रीहरूको यात्रा भने यो सडक निकै कष्टकर भएको छ ।

सडक नराम्रो गरी बिग्रिएकै कारण बर्सादको समयमा पोखरी सरह जमेको हिलोले पैदल यात्री र सडक छेउका सर्वसाधारणहरुले पनि सास्ती बेहोर्नु परेको सेतीदेवी मावि सालुका प्रधानाध्यापक गगन श्रेष्ठले बताए । यो समस्याका बारेमा आफूहरूले सरोकारवाला पक्ष सँग पटक पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको पनि प्रधानाध्यापक श्रेष्ठले बताए ।

विद्यालय नजिकैको भेडिखर्कमा पोखरी जत्तिकै अवस्थामा रहेको हिलोका कारण बालबालिकालाई विद्यालय आउन र जान पनि समस्या भएको पनि प्रधानाध्यापक श्रेष्ठले गुनासो गरे ।

निर्माणको काम  थालेको करिब ३ वर्ष बितिसक्दा पनि ठेकेदारका कारण सडक निर्माणको काममा आएको शिथिलता सँगै उक्त सडक खण्डका जनप्रतिनिधि समेत आक्रोशित भएका छन् । रामेछाप नगरपालिका ७ का वडाध्यक्ष समीर कार्कीको संयोजनमा केही दिन अघि शुकाजोरको वडा कार्यालयमा बसेको बैठकमा सहभागी जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूले पनि उक्त कार्यको  विरुद्ध आक्रोश पोखेको घटनाले पनि  उक्त कुरालाई पुष्टलाई गरेको छ ।

असार १५ सम्म जेनतेन काम गरेका ठेकेदारहरू सेलेघाट खण्डको बाहेक अहिले पूर्ण रूपमा बेखबर जत्तिकै छन् । सडक अन्धाधुन्ध रूपमा भत्काएर छाडेकोले सालुदेखी साँघुटारसम्मको विभिन्न भागमा वर्षा सुरु भएसँगै सडक ठाउँ ठाउँमा पहिरो जाने, भासिने साथै दजनौ खाल्डाका कारण यातायात सञ्चालनमा समेत निकै कठिनाइ भएको गाडी चालकहरूको गुनासो रहेको छ । सडकमा देखिएको अस्तव्यस्तताका कारण विभिन्न बस्तीहरू समेत जोखिममा परेको रामेछाप नगरपालिका वडा नं २ का वडाध्यक्ष निर कुमार श्रेष्ठले बताए । उक्त वडा सबै भन्दा बढी प्रभावित वडा हो ।

मन्थली नगरपालि अन्तर्गतको वडा नं ४ सालु खण्डको अवस्था पनि उत्तिकै दयनीय रहेको वडाध्यक्ष राजन घिमिरेले बताए । उनका अनुसार आयोजनाले समयमै काम सक्ने अवस्था अहिले पनि नदेखिएपछि यसको व्यवहार विरुद्ध संयुक्त विरोधमा जानको विकल्प छैन । आयोजनाका ठेकेदारहरूले काम गर्दा नीति नियम भन्दा माथि रहेर  अस्तव्यस्त र भद्रगोल तरिकाले काम गरेको गुनासो पनि अध्यक्ष घिमिरेले  गरे   ।

रामेछाप बजारका अगुवा गौतम कुमार श्रेष्ठ सडक आयोजना हेर्ने परामर्शदाता कम्पनीलाई सडकको अवस्था,नागरिकले पाएको हैरानी र सास्तीका बारेमा आफूहरूले नगरपालिका सँग समेत समन्वय गरेर पटक पटक अनुरोध गर्दा पनि काम अघि नबढ्नू दुखद कुरा भएको बताए ।

सरोकारवालहरूको गुनासोका सम्बन्धमा सडक आयोजना हेर्ने परामर्शदाता कम्पनीका प्रतिनिधि विनोद भारतीले नेपाल सरकारले मुआब्जा वितरण नगर्दा काम समयमै सम्पन्न हुन नसकेको बताए । सरोकारवालहरूबाट आएको गुनासा र सुझावलाई टीसीआईएलका प्रमुख समक्ष आफूले प्रस्तुत गरेर तत्काल समाधानका लागि पहल गर्ने आश्वासन पनि  उनले दिए । आयोजनाको काम गराई र ढिला सुस्तीका बारेमा कुरा उठेपछि र उठ्नु अघि पनि आफूले मुख्य आयोजनालाई लिखित र मौखिक रूपमा पनि अनुरोध गरिसकेको र चाँडै नै कामको थालनी हुने विश्वास रामेछाप नगरप्रमुख लवश्री न्यौपानेले गरे ।

प्रतिक्रिया दिनुहोस्