क्षति रोक्न विपद व्यवस्थापन समितिको आकस्मिक बैठक, के के भए निर्णय ?

२२ वर्षपछि टुकिमा ‘खानिखोला’



काभ्रे। 

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जिल्ला विपद व्यवस्थापन समिति काभ्रेको आकस्मिक बैठक मार्फत जिल्लामा अविरल भएको बर्षातका कारण हुन सक्ने जोखिम, क्षति न्यूनीकरण तथा जोखिम क्षेत्रमा राहत, उद्धार तथा तत्काल उपचारका लागि व्यवस्थापन गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, समन्वय उपप्रमुख रिमबहादुर तामाङ, सुरक्षा निकाय तथा कार्यालय प्रमुख र नागरिक समाजका प्रतिनिधि सम्मिलित बैठकले जिल्लामा हुन सक्ने विपदलाई न्यूनीकरण गर्न सबै सतर्क अवस्थामा रहने निर्णय गरेको छ ।

निजी सामुदायिक, सरकारी क्षेत्रबाट हुने विकास निर्माणका कार्यहरु (बाटो घाँटो, पुल, जग्गा प्लटिङ आदि) गर्दा भू–क्षय हुन नपाउने, माटो बालुवा नबग्ने र नथुप्रिने प्रबन्ध मिलाएर मात्र काम गर्ने, सम्बन्धित स्थानीय तहले सो बमोजिम भए नभएको अनुगमन गर्ने, विपदका घटनाहरुबाट अवरुद्ध सडक खुलाउने कार्य मनसुनजन्य विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०८० अनूरुप नै सम्बन्धित जिम्मेवार निकायले गर्ने, खोज तथा उद्दार, राहत, पुनर्लाभ तथा पुनर्स्थापना कार्यका लागि अन्तरजिल्ला समन्वयका साथै आवश्यकता अनुसार अन्तर स्थानीय तह समन्वय/सहकार्य गर्ने, स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको संचालनलाई थप प्रभावकारी बनाउने र आपत्कालीन कार्य सञ्चालन केन्द्रहरु वीचको साथ साथै ३६०० मा सूचना आदान प्रदान गर्ने, तीव्र गतिमा फैलिएको डेंगी  र आँखा पाक्ने रोग नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य कार्यालयले समन्वय सहजीकरण गर्ने, सबै स्थानीय तहहरुले सो रोग फैलन नदिन सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

सबै स्थानीय तहहरुले मनसुनजन्य विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०८० ले पहिचान गरेका आ–आफ्नो क्षेत्र भित्रका संवेदनशील क्षेत्रका साथै अन्य जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सचेत गराउनुका साथै विपद् व्यवस्थापनका कार्यहरु प्रभावकारी रुपमा अगाडी बढाउने, लम्पी स्कीन रोग नियन्त्रणका सम्बन्धमा जिल्लास्तरमा भएका निर्णय अनुरुप सबै गाई, भैंसीलाई खोप लगाउने र रोगी पशुको उपचार गर्ने कार्यको उचित प्रबन्ध मिलाउनका लागि बजेट व्यवस्था गरिदिन र मृत्यु भएका गाई भैंसीको सख्याका आधारमा पशुपालक कृषकलाई राहत उपलब्ध गराउन वागमी प्रदेश सरकार र नेपाल सरकारलाई अनुरोध गर्ने, खानीखोला गा.पा. को विभिन्न स्थानहरुमा (न्चष्म क्यबिच भाष्अष्भलअथ एचयवभअत) मार्फत लाईनहरु विस्तार कार्य भईरहेको र विभिन्न स्थानहरुमा मर्मत सम्भार कार्य गरी लाइन चालु गराउन आवश्यक भएकोले आयोजनासँग वितरण केन्द्रले समन्वय गरी  गराउनुपर्ने र सामुदायिक (दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्था लि. ललितपुर) बाट (त्बउउष्लन) गराउन वितरण केन्द्रसँग समन्वय गरी  विद्युत सेवा जोडने कार्य अगाडी बढाउनुपर्ने भएकोले सो को लागि आवश्यक निकासा हुन ने.वि.प्रा. मा अनुरोध गर्ने, श्रीखण्डपुर खडपु सडक पुल यात्री तथा सवारी साधन आवागमन जोखिमयुक्त भएकोले जोखिम रहित बनाउनको लागि पूर्वाधार विकास कार्यालयले प्राविधिक सहयोग गर्ने र धुलिखेल न.पा. ले निर्णय निकासा गर्ने, मनसुनजन्य विपदमा विद्युत, दुरसंचार जस्ता अत्यावश्यक सेवाहरु सम्बन्धित सरोकारवाला निकायले निरन्तर सूचना गर्ने/गराउने, बर्षातको समयमा बनेपा पुल बजार देखि खडपु पुल सम्मको क्षेत्रमा हुने डुबान र राजमार्गमा हुने अवरोधको समास्या समाधानका सम्बन्धमा अल्पकालिन समस्या समाधानका सुझाव सहित ३(तीन) दिन भित्र र दीर्घकालीन समस्या समाधानका सुझावसहित ४५ दिन भित्र प्रतिवेदन पेस गर्ने गरी शहरी विकास तथा भवन कार्यालय काभ्रेका प्रमुख संयोजक रहने गरी इन्जिनियर, जलश्रोत तथा सिंचाई विकास डिभिजन काभ्रे, इन्जिनियर, सूर्य विनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना, इन्जिनियर, पूर्वाधार विकास कार्यालय, इन्जिनियर, सडक डिभिजन कार्यालय भक्तपुर, इन्जिनियर, बनेपा नगरपालिका कार्यालय काभ्रे सदस्य सचिव रहेको समिति गठन गरेको छ ।

सोमबारदेखि परेको अविरल पानीका कारण बिपी र अरनिको राजमार्ग अस्तव्यस्त बनेका थिए । बिपी राजमार्ग १० घण्टासम्म बन्द भयो । बनेपा स्थित पुलबजार डुबानमा प¥यो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले मातहतका सबै सुरक्षा निकाय तथा कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत नागरिकहरुको खोज, उद्धारमा लाग्ने गरी तयारीमा रहन अनुरोध गरिएको बताए ।

२२ वर्षपछि टुकिमा ‘खानिखोला’

अविरल वर्षातका कारण उर्लिएको बाढीका कारण खानिखोला गाउँपालिका ५ मा रहेको दोस्रो लघु जलविद्युत पूर्ण रुपमा क्षति भएको छ । जसका कारण खानिखोला ५ र ६ का ४ सय उपभोक्ता प्रभावित भएका छन् ।

२०५८ सालमा बलेको बिजुली बन्द हुँदा २२ वर्षपछि सोही क्षेत्रका नागरिक टुकी बत्तीमा फर्किनु परेको छ । प्रदेश सरकारले विनियोजन गरेको ५२ लाख रुपैयाँ बजेटबाट स्यार्तेदेखि जन्तेसम्म जाने सडक खनिएको थियो ।

उक्त सडक अन्धाधुन्ध खनिएका कारण गएको पहिरोले एक महिना अघि देखि खोला थुनिएको थियो । थुनिएको खोला खोल्न गाउँपालिकाले डोजर पठाए पनि काम पूर्ण रुपमा हुन नसक्दा सोमबारबाट आएको बाढीले जलविद्युत् पूर्ण रुपमा क्षति गराएको छ । बाढीका कारण करोड भन्दा धेरै क्षति भएको स्थानीय फडिन्द्र तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्