कम गुणस्तरको प्याडले शौचालयमा समस्या

धोएर प्रयोग गर्ने प्याड ल्याउन सुझाव



धादिङ ।

बजारमा पाइने प्लास्टिकका प्याडको बालबालिकाले विद्यालयमा बढी प्रयोग गर्दा शौचालय बन्द हुने समस्या बढ्दै गएको छ ।

पशुपति माविको शौचालयमा प्रयोग गर्ने पानीको समेत अभाव छ । खानेपानी समेत उपलब्ध गराउन कठिन छ । प्याडको प्रयोगका कारण शौचालय बन्द हुने अवस्थामा पुगेको विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले बताउनुभयो ।

बालिकाहरु रजस्वला भएको बेला प्रयोग गर्ने नगरपालिकाले उपलब्ध गराएको कम गुणस्तरको प्याड शौचालयमा गएर पहिले लगाएको फाल्ने र नयाँ लगाउने गर्दा शौचालय नै बन्द हुने अवस्था आएकोले नगरपालिकाले खरिद गर्ने प्याड समेत धोएर प्रयोग गर्न मिल्ने प्याड खरिद गर्नु पर्ने उहाँको भनाइ छ ।

रजस्वला भएको बेला बालिकाको विद्यालय छाड्ने क्रम हुने भएकोले यसलाई रोक्न विद्यालयमा उपलब्ध गराउनेगरि ल्याइएको प्याड स्थानीय बजारमा बनाइएको स्वच्छ र गुणस्तरयुक्त बनाएर ल्याउनुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

किशोरीहरुलाई दिन नेपाल नामक संस्थाले धादिङको मानवअधिकारका लागि एकल महिलासंग मिलेर धोएर पुनः प्रयोग गर्न मिल्ने प्याडको विगत ७ वर्षदेखि उत्पादन गर्दै आएको एक कार्यक्रममा जानकारी दिइएको छ ।

२ हजार ८ सय महिलाहरु, १३ हजार विद्यार्थीहरु समक्ष महिनावारी स्वास्थ्य शिक्षा र धोएर पुनः प्रयोग गर्न मिल्ने प्याडको पहुँच पुगेको कार्यक्रमको अबसरमा प्याड बनाउने कामको अगुवाई गर्दै आउनुभएका बिमला ढकालले बताउनुभयो ।

विदेश बाट आयात गरिने प्याडले देशको रकम विदेसिने, प्लास्टिकका कारण फोहोर बढ्ने हुनाले नेपालमै उत्पादन गरेर कम खर्चमा यसकिसिमको प्याड प्रयोग गर्न सबैलाई मानवअधिकारका लागि एकल महिलाका अध्यक्ष कल्पना अधिकारीले बताउनुभयो ।

सदरमुकाममा रहेको निलकण्ठ माविका विद्यार्थीहरु धेरैले धोएर पुनः प्रयोग गर्न मिल्ने प्याडको खोजी गर्ने गरेको र यसलाई आवस्यकताको आधारमा उपलब्ध गराउन पालिकाको तर्फबाट नभएपनि विद्यार्थीहरु व्यक्तिले नै खरिद गर्ने गरेको विद्यालयका शिक्षक नानीमैयाँ कार्कीले बताउनुभयो ।

धोएर पुनः प्रयोग गर्न मिल्ने प्याडको एक किड्न एक थानको ७ सय ५० मूल्या पर्छ बजारमा किन्ने प्याडको वर्षको सामान्य मूल्याको हिसाव गर्दा २ हजार ८ सय खर्च हुने गरेको अनुभव तारा कार्कीको छ ।

सफा प्याडको पहुँच बाहिर अहिले पनि ६५ दशमलब ५ प्रतिशत महिलाहरु रहेको राष्ट्रिय तथ्यांक रहेकोले उनिहरुसम्म यस किसिमको शिक्षा र सचेतना आबस्यक छ । बजारमा पाइने प्याड भन्दा धोएर पुनः प्रयोग गर्न मिल्ने प्याड स्वास्थ्य, कम खर्च र विदेशमा पैसा नजाने भएकोले नगरपालिकाले खरिद गरेर विद्यालयमा पठाउने प्याड समेत स्थानीय उत्पादन नै बनाउने पहल गरिने नीलकण्ठ नगरपालिका स्वास्थय शाखाका प्रमुख विष्णुरिजालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्