प्राकृतिक चिकित्सामा ७५ जना चिकित्सक छन्, मन्त्रालयमा रेकर्ड छैन ?



काठमाडौं । 

स्वास्थ्य सेवा विभागले आयोजना गरेको राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस २०८० कार्यक्रमको सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले बुधवार हिजो भएका कमी कमजोरीलाई बिर्सने हैन सिक्दै र सुधार्दै अघि बढौँ भन्नुभयो ।
उहाँले उपचार पद्धतिलाई विकसित गर्ने मात्र हैन निरोगीता व्यवस्थापन गर्ने पनि हो । नेपाल जडीबुटीको मुलुक हो । कस्तुरीको नाइटोमा बिना छ भन्ने कुरा उसैले थाहा नपाएरै गरी हामी बसिरहेका छौ भन्नुभयो ।

नेपाल प्राकृतिक वनस्पतिको भण्डार र योगको उर्वर भूमि भए पनि त्यसको महत्त्व बुझ्न नसकेको बताउँदै प्राकृतिक चिकित्साको क्षेत्रमा  कुरा भन्दा काम गर्न आवश्यक रहेको मन्त्री बस्नेतले सुझाव  दिनु भयो  । उहाँले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा प्राकृतिक चिकित्सकको  तत्कालका लागि एक जना अधिकृत स्तरको दरबन्दी सिर्जना गर्न विभागका अधिकारीलाई निर्देशन दिनुभयो । मन्त्री बस्नेतले यो क्षेत्रमा बिस्तारै दरबन्दी थप गर्दै जाने आश्वासन दिनु भयो ।

प्राकृतिक चिकित्सामा सरकारले पूर्ण रुपमा व्यवस्था गरेको पनि हैन र जे गर्नुपर्थ्यो त्यो नगरेको पनि पक्का हो । अब बन्ने प्राकृतिक चिकित्सा अस्पतालले यसको सम्बोधन गर्ने विश्वास लिएको छु । मन्त्री बस्नेत भन्नुहुन्छ, प्राकृतिक चिकित्सा आहार, व्यवहार, व्यायामले स्वस्थ बनाउँछ ।

यो विज्ञानलाई बाल्यकाल देखिनै पालना गर्दै आएको मान्छे हु । रातमा ५ घण्टा सुत्छु, फुर्सदको समयमा सुत्छु, हरेक दिन बिहान १ घण्टा निरन्तर व्यायाम गर्छु । म जुन बेला सम्म मन्त्रालयमा बस्छु त्यतिन्जेल प्राकृतिक चिकित्सा विज्ञानलाई सहयोग गर्छु । स्व.डा.ऋषिराम कोइरालासँग यस विषयमा पहिला पनि धेरै छलफल गरेको थिए । आर्थिक रूपमा पनि फाइदा हुने र रोग नै लाग्न नदिन, पर्यटक भित्र्याउन पनि प्राकृतिक चिकित्सा हो र यसको बहु आयामिक फाइदा छ ।

प्राकृतिक चिकित्सामा ७५ जना चिकित्सक छन् कसले कहाँबाट तलब खान्छ विस्तृत रेकर्ड मन्त्रालयमा छैन । अबका दिनमा हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा खोजी गर्छौ । उहाँले स्वास्थ्य मन्त्रालयमा ४० प्रतिशत बजेट कटौती भएको थियो । मन्त्रालयको टिमले लडेर १० अरब ११ करोड थप गरेर ल्यायौ । औचित्य प्रमाणित गर्नलाई सबै विभागले साथ दिएकै कारण सफल भएको हो । सबैले औचित्य पुष्टि गरेर लागौँ, अहोरात्र खटौँ काम पुरा गर्न सकिन्छ भन्नुभयो ।

केही समय काम गर्न बिहान देखि राती सम्म खटौँ र सिस्टम बनाऊ । मलाई सुतेर धम्क्याउने मानिस अघि नआउनुस् । तपाईँहरू काम गर्न लाग्नुस् उपचारका लागि खर्च नै गर्नु नपर्ने हुन सक्छ । संविधानमा गरिब विपन्न सबै जनताको स्वास्थ्य सेवा निःशुल्क भनेको छ व्यवहारमा कहाँ भएको छ  ? यसकै लागि म हरेक दिन अस्पतालका बेड छुटका लागि अनुगमन गरिरहेको छु ।

सिन्धुपाल्चोकमा ३२ वर्ष निःशुल्क पढायौ र सिन्धुपाल्चोक पहिलो साक्षर जिल्ला घोषणा पनि भयो । बाह्रबिसे नगरपालिकाले बीए सम्म निःशुल्क गर्न योजना बनाउँदै छ । कोभिडमा पनि म आफू उत्तिकै खटेको हो । चिकित्सा विज्ञानको शक्तिलाई एकीकृत गरेर अघि बढ्न सकेन । हामीले यति गर्‍यौ सरकारले यति गर भन्न सक्ने बन्नोस् । प्राकृतिक चिकित्सा सस्तो विधि हो यसलाई लक्षित गरौँ । आर्थिक, सामाजिक, पर्यटकीय प्रवर्धन गर्ने पक्षमा प्राकृतिक विज्ञानले जति काम गर्न सक्छ त्यति गर्न यलोपेथिकले सक्दैन मन्त्री बस्नेतले भन्नुभयो ।

उहाँ भन्नुहुन्छ,सरुवा नगर्नोस् भन्छन् नगर्नुको कारण कसैले ल्याएका छैनन् । निःशुल्क गर्नुपर्दाको कारण बुझाइदिनुस् । उपदेश दिएर मात्र हुन्न उदाहरण बन्न सक्नुपर्छ । मन्त्रालयमा चुरोटको ठुटा धेरै देखे अब कसले खान्छ खोज्नेछ । स्वास्थ्य मन्त्रालय सबै भन्दा अस्वस्थ (फोहोर ) मन्त्रालय भएको थियो व्यवस्था मिलाएपछि अहिले स्वस्थ भएको छ । काम अरूले गर्ने हैन आफैले सुरु गर्नोस् स्वस्थ हुन्छ । व्यवहारिक काम गर्न ७ वटै प्रदेशमा १ सय बेडका प्राकृतिक चिकित्साको अस्पताल बनाउने प्रस्ताव अघि सारेका छौ, सङ्गठित भएर योजना ल्याउनुस । प्राकृतिक चिकित्सा बिज्ञानको विकासका लागि स्वास्थ्य मन्त्रालयको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काम गर्ने स्वभावका मन्त्री पाएका छौ, केही न केही रहेछ यो मन्त्रालय भन्ने प्रमाणित गरौँ पूर्व सांसद शङ्कर प्रसाद पाण्डेले भन्नुभयो ।  डा. प्रातिक्षा पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै प्राकृतिक चिकित्सा पद्धति मार्फत उपचार गर्दा साइड  इफेक्ट नहुने भएकाले यसको विकासमा राज्यले लगानी बढाउनु पर्ने बताउनुभयो । आयुर्वेद तथा चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यक्षले प्राकृतिक चिकित्साको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा योग, वैकल्पिक चिकित्सा र आयुर्वेद क्षेत्रका विज्ञहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्