वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ



काठमाडौं ।

मौरिसस पठाइदिन्छु भन्‍दै चार लाख भन्दा धेरै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा गोलबजार नगरपालिका  ६ स्थाई घर भई हाल काठमाडौंको वडा नं १६ वनस्थली बस्ने ४४ वर्षीय यम बहादुर नेपाली रहेका छन् ।

उनले मौरिसस पठाइदिन्छु भन्दै ४ लाख ५० हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ । नेपालीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वनस्थली ढुंगेधाराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्