बढ्दो ऋणकोभारी



अघि साहूको ऋण तिर्न नसकेर घरमूलीहरु लुक्थे ।साहूहरु घर खोज्दै आउँथे । घरमूलीले बच्चाहरुलाई भनेको हुन्थ्यो,‘कोही घरमा आए बाबा भकारीभित्र लुक्नुभा छैन भन्नु है ।’ बालकहरु अबोध हुन्थे, सत्य बोल्थे, साहूहरुको भीड लाग्थ्यो, सोध्थे, ‘खोइ बाउ ?’ सहजै बच्चाहरुको उत्तर आउँथ्यो, ‘हाम्रा बा भकारीमा लुक्नुभा त छैन ।’

नेपालीहरु गरिबीको चपेटामा थिए हिजो र स्वस्थानीको कथा आयो, मुनामदन पछिल्लो उदाहरण हो आधुनिक सभ्यतामा पनि, अत्याधुनिक समयमा त झन् देशलाई ऋणको भार छ, अचाक्ली । हामी पूर्वीय धर्म दर्शनमा भारी विश्वास गर्छौँ । पूर्वीय मत छ, एउटा घरमूली बा बाबु त्यस्तो होस् जसले आफ्ना सन्तानलाई जीउने कला सिकाओस्, मृत्युअघि सन्ततिको विवाह कार्य सकोस् र सन्तानलाई ऋणभार नपारोस् ।

देशमूलीको पनि त्यही सिद्धान्त लागू हुन्छ, यसमा परिपक्व छन् छिमेकी सी जिन पिङ उत्तरका र दक्षिणका मोदी अनि अलि पर जाँदा सिंगापुरका ली क्वानहरु, हाम्रालाई घर जे होस् टन्न खाएर आफन्त मोटाउन पाए पुग्ने भएको छ ।

पहिले सूचना र प्रविधिको युग थिएन, तैपनि भोटसँगको व्यापार, केरुङ मात्रै होइन टिष्टा, काँगडा नेपालीहरुले विजय पाए, अहिलेकोभन्दा तेब्बर सिमाना थियो देशको बहादुर शाहको पालामा पनि । देशको एकीकरण गर्ने पृथ्वीनारायणले विदेशीहरुलाई यहाँ परेड खेल्न त के चूँ गर्न पनि दिएनन् ।

उनको स्वरोजगार र स्वलगानी अनि स्वदेशी उद्योगबारेको दिव्योपदेश पढ्ने, त्यसलाई व्यवहारमा उतार्ने प्रयास भएन हाम्रो । घरमा दाजुभाइको वैमनष्यताले घर बिग्रन्छ भन्ने अर्थमुताबिक देशलाई टुक्र्याएर आपसी लडाइँमा होमिएका मल्ल भाइहरुलाई नियन्त्रणमा राखेर राष्ट्र निर्माताले सिंगो देशको एकीकरण गरे, भाइहरुका बीच मनमुटाव हुन दिएनन् तर अहिले उनका अनुयायीलाई हटाएर भनौँ घरमूलीलाई हटाएर देशलाई चिरा–चिरा पारी भाइ–भाइका बीच अंशवण्डा गरिएको छ र देशलाई ठूलो ऋण भार पारिएको छ ।

प्रजातन्त्रका नाममा गरिएको ४६ सालको परिवर्तनअघिसम्म देशमा जम्मा २९ अर्ब ऋण थियो, अहिले त्यो अंक बढेर २० खर्ब ७ अर्ब ८४ करोड पुगेको छ । ४६ सालअघिका सबैजसो उद्योगधन्दाहरु बेचिएको अवस्था छ, जति बेला हामी धान–चामल निर्यात गथ्र्यौँ अहिले धानबाली उठाउने मंसिरमै ३ महिनाको अन्तरालमा ५ अर्बको चामल आयात गरिएको अवस्था छ ।

देशमाघरमूली, बाउ रहेनन् अब । दाजुभाइको मारकाट भयो, झगडा भयो, मातृभूमि गल्यो, सन्ततिहरुलाई ऋण गरेर पनि मीठो खाने, राम्रो लाउने, रजगज र चकचकी गर्नुपर्ने भयो । टालेको कपडा लगाएर एकछाक ढिँडो पीठो मुस्किलले खाए पुर्खाले, भात खान दशैँ र इष्टमित्र भेट्न चाडबाड आउनुपथ्र्यो । तर परिवेशले कोल्टो फे¥यो, सबै भाइलाई देखासिकी, सत्तामोह, पद र कुर्सी तान्नुपनर्,े आप्mना भोका सन्तानलाई भाँडा माझ्न विदेश पठाएर तिनले पठाएको रगतको मूल्य विप्रेषण भन्दै ठूल्दाइहरुले आलिसान महल, चिल्ला गाडी चढे ।

नियम कानुन आपैmँले बनाए, आफ्नै अर्थ अनुसार प्रयोग गरे, बाबु नभएपछि आमाको पनि खासै महत्व भएन, धर्तीरुपी आमाको सिमानामा विवाद रह्यो, आमाको शरीर निर्वस्त्र गराइयो, प्रदूषणको धोतीले आमाको लाज छोपियो । बाह्य प्रदूषण मात्रै नभएर तन, मन र धन सबैतिरको प्रदूषण छ, आमाको यो प्रदूषणलाई रोक्न आपूm केही नगर्ने तर बाहिर कोप सम्मेलनतिर गएर रकम उठाउने प्रयास भयो ।

आमाको शरीरलाई विभाजन गरियो, ७दाजुभाइ र तिनका आफन्तलाई वण्डापत्र गरियो, केन्द्रमा हालिमुहाली गर्न कहिले बालुवाटार, कहिले बूढानीलकण्ठ त कहिले बालकोट र खुमल्टारलाई जिम्मा दिइयो, आलोपालो । बाहिर हेर्दा तिनको रडाको छ, तर भित्रभित्रै तिनको मिलेमतोले आलोपालो आमाको रित्तो थैली निचोर्दैछन्।

भन्छन्, आमालाई शृङ्गार गर्नु छ, पैसाको जोहो गरिदेऊ सबैलाई, स्वदेशीलाई, विदेशीलाई, छिमेकीमात्रै होइन समुद्रपारिका समेत आएर आमाको शृङ्गारमा मद्दत गर्छन् सफ्ट लोन भनौँ जम्मा एक प्रतिशतमा ऋण दिएर । ०६२÷०६३ पछिको राजनीतिको प्रवेशसँगै ०७२ वैशाख १२ र २९ गते दुईपल्ट आमाको सातो गयो, झारफुक गर्न विदेशी वैद्यहरु आए, अमाको नाममा ठूलै थाल थापियो, धेरैले धेरै चढाए, तर बोलीको पक्का भएनन् धेरै, उठेन दान दातव्य, फिर्ता गर्नु नपर्ने तर दिए त्यो ऋणचाहिँ फिर्ता गर्र्र्नुपर्छ ।

विकास ऋणपत्र,वचतपत्र, ट्रेजरी बिलभन्दै आफ्नै भाइहरुबाट रकम उठाइन्छ, तिनको ब्याज चर्को छ, सावाँ–ब्याज तिर्नुपर्छ । यो रकम यसै आवको पहिलो ३ महिनामै ९ खर्ब ५७ अर्ब ६१ करोडको थियो, अहिले बढेको छ । विदेशीसँगसमेत उठाइएको गरी जम्मा ऋण अंक २० खर्ब १३ अर्ब २९ करोडको रहेछ । गत असारमा भएको ऋण अंक २० खर्ब७ अर्ब ८४ करोडभएकोमा यो ०ः२७ प्रतिशतले बढेर यति भएको रहेछ ।

यो ३ महिनामा दाजुभाइहरु भागवण्डाका लागि आमाको दैलो–दैलो पुगे, ऋण उठाइएन, भोट उठाइयो । हाल जम्माजम्मी ऋण विदेशीको १० खर्ब ५० अर्ब २३ करोडको र आन्तरिकमा ९ खर्ब ५७ अर्ब ६१ करोड बढी छ ।श्रावण–असौजसम्ममा मात्र विदेशीहरुको ऋण २४ अर्ब ७० करोडको थियो र यस अवधिमा ५ अर्ब ८४ करोड बाह्य ऋण तिरिएछ, थप ५ अर्ब ५२ करोड तिर्नुपर्नेछ तुरुन्तै ।

आन्तरिक ऋण भने सावाँ–ब्याज गरी यो अवधिमा २९ अर्ब ८३ करोड तिरिएछ ।घरको परिवारसबैलाई हिसाब गर्नुपर्ने अंक जसलाई जीडीपी भनिन्छ, यसकोअंशभार ४१ः३८प्रतिशत पुगेको छ, बाह्य ऋणमा यसकोभार २१ः६४ र आन्तरिक ऋणमा यसको भार १९ः७३ समेत गरी ।संघीयता भन्दै देश अंशवण्डामा जानुअघि आव ०७४ । ०७५ सम्म ऋण रहेछ ९ खर्ब १७ अर्ब ।

अंशवण्डापछि विदेशी मित्रहरुले यहाँका दाजुभाइलाई धेरै पत्याए, तिर्न सक्छ भनेर, ५ वर्षपछि अहिलेको ऋण आमाका नाममा दोब्बर बढेछ । आव ०७५÷०७६मा१० खर्ब ४८ अर्ब, ०७६÷०७७ मा १४ खर्ब ३३ अर्ब, ०७७÷०७८ मा १७ खर्ब ३७ अर्ब, ०७८÷०७९ मा २० खर्ब १३ अर्ब पुगेछ । आमाका ३ करोड सन्तान आधालाई भागवण्डाको चासो छैन, एक चौथाइलाई बढी चासो छ । त्यसमध्ये पनि मुख्य पात्र ओली, प्रचण्डको दिग्विजयका पालामा ऋण धेरै बढ्यो ।

त्यसपछि अनायासै देउवा आए दिग्विजय गरे, ऋण बोकाए आमालाई, पछि देउवा सुते र ओली, प्रचण्ड उठे । पोखरामा गएर अर्को विमानस्थल तुरुन्तै बनाउँछौभने बारामा । बिचरा चीनको ऋणमा बनेको पोखरा विमानस्थलको काम सक्न देशलाई ३ दशक बढी समय लागेछ, बाराको विमान चढ्ने पनि उही खाडी जाने नेपाली नै भए भने ?

ऋण पनि कस–कसलाई मात्रै तिर्नु र ?एसियन पूर्वाधार लगानी बैँकलाई ३ करोड ७० लाख,फ्रान्सलाई १३ करोड ९५ लाख,युरोपियन इकोनोमिक काउन्सिललाई १९ करोड ५३ लाख,बेल्जियमलाई ५७ करोड ३६ लाख, कुवेतलाई १ अर्ब ५० करोड ५७ लाख,युरोपियन इन्भेस्टमेन्ट बैंकलाई ५ अर्ब ६१ करोड ५५ लाख,साउदी कोषलाई ३ करोड,एक्जिम बैंक कोरियालाई ५ अर्ब ६२ करोड८५ लाख,आईएमएफलाई ४३ अर्ब ८९ करोड ५३ लाख, जापानी संस्था जाइकाको नियोगलाई ४८ अर्ब ४१ करोड३४ लाख, दोस्रो ठूलो ऋणदाता एडीबीलाई ३ खर्ब २३ अर्ब ६४ करोड १० लाख, पहिलो ठूलो संस्था विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघलाई ५ खर्ब २६ अर्ब १ करोड १८ लाख ऋण बुझाउन बाँकी छ । ब्याज त एक प्रतिशत सफ्ट लोन हो तर डलरमा बुझाउनुपर्छ र प्रतिदिन अमेरिकी डलर उकालो चढ्दैछ, महँगो हुँदैछ ।

देशलाई ऋणमाथि ऋण थोपर्दै अर्थमन्त्री प्रकाशशरणले आउने वर्षको बजेट पेस गरेका छन्, कर धेरै भयो, सुविधा केही छैन । हप्तैपिच्छे विदेशी सहयोग,ऋण आएको आएकै छ । रोजगारी सिर्जना भएको छैन, रकम कहाँ गयो ?संसद्मा पनि ठूलै आवाज उठेकोछ ।यसको संकेत हो देश ऋणमाथि ऋणमा जकडिएको छ ।

वि.सं. २०४६ सम्म एक नेपालीको थाप्लोमा १०–१२ हजार मात्र विदेशी ऋण भएकोमा यो बढेर अहिले ७५ हजार पुगिसकेको छ । एमसीसीका विषयमा देशभर चर्को बहस भइरह्यो र पनि सबैले ताली बजाए, लिनका लागि ।विकासोन्मुख मुलुकका नाताले यहाँ वैदेशिक सहायताको आवश्यकता होला तर घाँटी हेरी हाड निल्ने नेपाली उखान पनि छ । पूँजीगत खर्च हुनै सकेको छैन ।

आर्थिक र सामाजिक कार्यहरुमा बढोत्तरी भएको भनिन्छ । केही वर्षयतादेखिको संघीयताले देशमा तीव्र साधन र स्रोतको आवश्यकता परेको छ । ऋण लिँदा कुन राष्ट्रिय हितमा हुन्छ, कुन राष्ट्रिय हितमा हुन्न भन्ने छुट्याउन सकेको देखिन्न । एलडीसीका नाताले अनुदान लिन सकिन्छ ।

हाल त देशको कुल राष्ट्रिय बजेटको २० प्रतिशत बढी अंश वैदेशिक सहायताले नै ओगटेको छ । देशको दीर्घकालीन सोच वैदेशिक सहायतालाई घटाउने हो तर यसको ठीक विपरीत यो वृद्धि हुँदै छ । वस्तुहरुको चर्चा गर्ने हो भने अधिकांश वस्तुहरु आयातमै भर पर्नुपरेको छ । यसले आफ्नो उत्पादन क्षमता नभएको पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्