मर्न डर नलाग्ने मान्छे कोही छ ?



काठमाडौँ। 

मर्न डर नलाग्ने मान्छे कोही छ ? सत्य कुरा यही हो मृत्युलाई कसैले जित्न सक्दैन । तर, मृत्यु अकालमा आउनु हुँदैन । नेपालमा प्रत्येक महिना  ४० हजार मानिसको क्यान्सर रोगको कारण अकालमा मृत्यु भइराखेको छ । हामी जे कुरा देखाउँदा पनि अमेरिका युरोपलाई देखाउँछौ आफ्नै देशको चिकित्सकलाई विश्वास गरिन्न ।  हामीलाई हाम्रो जीवन प्रकृतिको नियम अनुसार बाच्नुपर्छ । यसका लागि डाक्टर मात्र लागेर हुन्न सबै जना लाग्नुपर्छ । क्यान्सर रोग सुरुकै अवस्थामा पहिचान गरेर उपचार गरियो भने नेपालमै निको हुन्छ तर, बिरामीले नै विश्वास नगर्ने परम्परा अझै कायमै छ । ‘क्यान्सर सचेतनाका लागि सद्भावना दूत डा. अरुण शाहीसँग पत्रकार अन्तरक्रिया’ कार्यक्रममा मेडिकल अंकोलोजिष्ट शाहीले भन्नुभयो ।

नेपालमा पहिलो त क्यान्सर चौथो चरणमा पुग्दा पत्ता लाग्ने धेरै छन् र निको भएकाले पनि खुलेर बोल्दैनन् । रोग लागेको व्यक्तिलाई उपचार गर्न डाक्टरले विभेद नगरे पनि समाजले विभेद गरेको स्पष्ट देखिएको डा.शाही बताउनुहुन्छ । धेरै प्रकारका क्यान्सर हुन्छ । कुन र कस्तो क्यान्सर हो र कसले उपचार गर्छ उनीहरुलाई कसरी सम्बोधन गर्ने र चिनाउने भन्ने बारेमा चिनाउनुपर्छ ।

  क्यान्सर रोग फरक फरक हुने हुनाले सबैलाई एउटै शब्दमा प्रयोग नगरौँ क्यान्सर धेरै प्रकारका छन् र यसको उपचारमा सहभागी हुने स्वास्थ्यकर्मी चिकित्सकहरुको पहिचान र भूमिका फरक फरक हुन्छ सबै डाक्टर क्यान्सर विशेषज्ञ हुँदैनन् । क्यान्सर निको बनाउन सबै टिमको आवश्यक पर्दछ । यति मात्र नभै जनचेतनाका लागि चिकित्सकसँगै स्वास्थ्य पत्रकार आवश्यक भएको छ ।

किमो थेरापी कहाँ कसरी लिने, क्यान्सर लाग्यो भने कहाँ जाने, कस्लाई भेट्ने, उपचार कहाँ कहाँ हुन्छ भन्ने बारेमा बिरामीलाई जानकारी हुनुपर्छ । उपचारका लागि राम्रो टिमको खाँचो हुन्छ । विश्वमै सबै भन्दा बढी फोक्सोको क्यान्सर नम्बर १ मा छ । दोस्रोमा स्तन क्यान्सर, तेस्रोमा मलद्धार र ठूलो आन्द्राको क्यान्सर, चौथोमा पोष्टेड क्यान्सर र पाँचौमा पेटको क्यान्सर रहेको डा.अरुण शाही बताउनुहुन्छ । मृत्यु पनि यसरी नै भएको पाइन्छ । नेपालमा सबैभन्दा बढी पुरुषहरुमा फोक्सोका क्यान्सर हुन्छ ।

बुधवार स्वास्थ्य पत्रकार मञ्च नेपाल, देउराली फाउन्डेसन र एनआरएनको सहकार्यमा आयोजनामा गरिएको पत्रकार अन्तरक्रियामा डा.शाहीले ९० प्रतिशत क्यान्सर खानपान, व्यायाममा ध्यान नदिएकै कारण हुन्छ भने १० प्रतिशतले खानपानमा ध्यान नदिएका कारण भएको डा.शाहीले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ ‘केमोथेरापी भनेपछि बिरामी डराउने गर्छन् यसलाई सामान्य रुपमा लिनुका साथै नडराउन अनुरोध गर्नुभयो ।

क्यान्सर रोग लागेको भागलाई शल्यक्रिया गरेर निकाल्ने, कोषनाशक औषधिको प्रयोगद्वारा केमोथेरापी दिएर उपचार गरिने, विकिरण भएको मेसिनद्वारा क्यान्सर कोशिकाहरू सेकी उपचार गर्ने विधि रेडियो थेरापीको प्रयोग गरेर तीन प्रकारले क्यान्सरको उपचार गरिने उहाँले जानकारी दिनुभयो ।

डा.शाहीले ‘नेपाली समाजमा लाजको कारणले रोग लुकाउने गर्दा ढिला गरी क्यान्सरको रोग पत्ता लाग्ने हुँदा उपचारमा ढिलाइ हुन्छ ।’ महिलाहरुले स्तन क्यान्सरका बारेमा परिवारका सदस्यलाई नै लुकाउँछन् र धेरै ढिला थाहा पाउँदा उपचारमै ढिला हुने गरेको बताउनुभयो ।

सुर्तीजन्य पदार्थको प्रयोग नगरे क्यान्सरको जोखिम ९० प्रतिशत कम गर्न सकिने हुनाले सुर्तीजन्य पदार्थको उत्पादनै रोक्नु क्यान्सर रोग निको पार्ने प्रमुख उपाय भएको उहाँले बताउनुभयो । यसका  साथै दैनिक शारीरिक व्यायाम गर्ने, सन्तुलित खाना खाने गरेमा क्यान्सरको जोखिमबाट बच्न सकिन्छ । पहिला क्यान्सर लागेपछि मात्र उपचारको बारेमा चर्चा हुन्थ्यो भने अहिले कतिपय क्यान्सर लाग्नै नदिन रोकथामका लागि कलेजोको क्यान्सरबाट बच्न हेपाटाइटिस बी र पाठेघरको मुखको क्यान्सरबाट बच्न एचपीभी खोप लगाउन पाइन्छ । यस तर्फ आम नेपालीमा जनचेतनाको खाँचो छ । नेपालमा महिलामा गर्भाशय र स्तन क्यान्सरका कारण बढी मृत्यु हुने गर्छ ।

फोक्सो, स्तन, पाठेघर, आन्द्रा, आमाशय, रगत तथा लिम्फ ग्रन्थि, कलेजो तथा पित्त थैली, मूत्र थैली, घाँटी तथा मुख छाला आदिमा क्यान्सर रोग लाग्ने गर्छ । यसको रोकथाम तथा उपचार नेपालमै हुन्छ यतातर्फ सबैको ध्यान पुग्नुपर्छ डा.शाही भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्