स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड बजेट विनियोजन



काठमाडौँ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेट सोमबार संघीय संसद्मा प्रस्तुत गरेको छ । संविधानको धारा ११९ ले संवैधानिक प्रावधान अनुरुप आर्थिक बर्षको बजेट १५ जेठमै प्रस्तुत गर्नुपर्ने मिति तोकेको छ । संवैधानिक प्रावधान अनुरुप अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रायलाई ८३ अर्ब ९९ करोड विनियोजन गरिएको छ भन्नुभयो ।

 यो बर्षको स्वास्थ्यको बजेटलाई गोलमटोल बनाएर संघ, प्रदेश र स्थानिय तह नछुट्याई एकमुष्ट उल्लेख गरि नागरिकको स्वास्थ्यमाथी खेलबाड गरिएको छ । जनस्वास्थ्यका क्षेत्रमा छुट्याईएको बजेट यदि संघ, प्रदेश र स्थानिय निकायका लागि हो भने गत बर्षको दाजोमा यो बर्षको बजेट कम हुन आउँछ ।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रायलाई ८३ अर्ब ९९ करोड विनियोजन गरिएकोछ भन्नुभयो । यो बजेट संघ र सातै प्रदेश तथा स्थानिय निकायको समेत हो भन्ने बुझीन्छ । २८ बुँदामा साघुरो पारिएको र विगतकै शिर्षकलाई तलमाथि पारि बजेटको सिलिङ कटौति गरिएको स्पष्ट देखिन्छ । कतिपय स्वास्थ्यका बिषयलाई समेत अन्यत्र मिसमास गरिएको छ ।

बजेटमा नि:शुल्क औषधि, अस्पतालहरुको क्षमता वृद्धि, स्वास्थ्य बीमा, आधारभूत अस्पताल सञ्चालन, उपकरण, खोप सेवा, उपचारलाई समन्वयात्मक रुपमा कार्यान्वयन गर्न बजेटको व्यवस्था गरिएका लगायतका विषयहरु विगतमा झै यसपटकको बजेटमा पनि समेटिएको छ ।

डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि पूर्व मनसुन र मनसुन पश्चात डेंगी रोग सार्ने लामखुट्टेको लार्भा र बासस्थान खोज र नष्ट गर अभियान संचालन गरिनेछ । डेंगी, औलो, कालाजार, हात्तिपाईले लगायतका अन्य मौसमी र किटजन्य रोगको रोकथाम गर्न आवश्यक रकम विनियोजन गरिएकोछ ।

त्यसैगरि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई ३ सय शैयामा विस्तार गरिनेछ । पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निमार्णाधिन प्रादेशिक सरुवारोग अस्पताल आगामी बर्ष सम्म सम्पन्न गरि संचालनमा ल्याइने बताइयो ।

बजेटमा सरुवारोग अस्पताल निमार्ण र विस्तारका लागि ४६ करोड विनियोजन गरिएको छ । क्षयरोग मुक्त नेपाल अभियान अन्र्तगत रोगीहरुको पहिचान गर्न निःशुल्क औषधि उपलब्ध गराउँन १ अर्ब १५ करोड बिनियोजन गरेको छ ।

मुलुकभरका ६ हजार ७ सय ४३ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरिएकोछ ।

यसै कार्यक्रम अन्र्तगत स्वदेशमा नै उत्पादीत औषधि खरिद गर्न प्राथमिकता दिइने पनि अर्थमन्त्री महतले बताउँनुभयो । बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निमार्ण तथा संचालन गर्न प्राथमिकता दिइनेछ । हाल ३ सय २२ स्थानिय तहमा निमार्णाधिन ५,१० र १५ शैयाका अस्पताल निमार्ण कार्यका लागि रु. ८ अर्ब विनियोजन गरेकोछु भन्नुभयो ।

आगामी बर्ष सम्पन्न हुने १ सय अस्पतालमा स्वास्थ्य उपकरण खरिद गर्न ८२ करोड विनियोजन गरेकोछ । मातृ तथा नवजात शिशु मृत्युदर बढी भएका स्थानमा लक्षित गरि आमा र नवजात शिशु सुरक्षाका विशेष कार्यक्रम संचालन गरिनेछ । मातृ तथा नवजात शिशु कार्यक्रम र आमा सुरक्षा कार्यक्रमलाई निरन्तरता दिएकोछु । क्यान्सर, मेरुदण्ड, पक्षघात र मृगौला प्रत्यारोपण गरेका तथा डायलासिस गराईरहेका बिरामीलाई औषधि उपचार खर्चवापत दिँदै आएको मासिक ५ हजारलाई निरन्तरता दिएकोछु ।

विपन्न नागरिकलाई मुटुरोग, मृगौला रोग, क्यान्सर पार्किङसन्,अल्जाईमर्स, स्पाईनल इन्जुरी,बेड इन्जुरी तथा सिक्लेस एनीमियाको उपचारमा दिँदै आएको अनुदानलाई निरन्तरता दिन २ अर्ब ५० करोड बिनियोजन गरिएकोछ । सबै संघीय अस्पतालहरुबाट मृगौला प्रत्यारोपण सेवा प्रदान गर्ने व्यवस्था मिलाईने पनि मन्त्री महतले बताउँनुभयो ।

सोही अवसरमा उहाँले महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क सिघ्र पहिचान र प्रारम्भिक उपचारलाई क्रमश विस्तार गरिनेछ भन्नुभयो । पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ बर्षका बालिका लक्षित एचपीभि खोप कार्यक्रमलाई विस्तार गरिनेछ ।

त्यसैगरी सबै संघीय अस्पतालमा बाँझोपन, निःसन्तान उपचार सेवा क्रमश विस्तार गरिनेछ मन्त्री महतले बजेट भाषणलाई सम्बोधन गर्दै भन्नुभयो । उहाँले शहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रको क्षमता बिकास गरिनेछ । शहिद गंगालाल हृदय केन्द्रमा अत्याधुनिक ब्लड बैंक संचालनमा ल्याउँन बजेको व्यवस्था गरेको छ ।

भरतपुर क्यान्सर अस्पतालमा पेटस्क्यान मेशिन तथा साइक्लोटोन उत्पादन गर्ने मेशिन खरिद गर्न आवश्यक रकम बिनियोजन गरेकोछ । जेष्ठ नागरिकका लागि सरकारी अस्पताल भएको जेडियाट्रिक वार्डलाई प्रभावकारी बनाईनेछ । बर्षेनी बढ्दै गएको बुढौली उमेरमा देखिने डिमेन्सिया र अल्जाईमर रोगको स्क्रीनिङ गरी नजिकको विशिष्टकृत अस्पतालमा उपचारको व्यवस्था मिलाईनेछ । एड्स तथा यौन रोग र कुष्टरोग नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिन रकम बिनियोजन गरेकोछ । सबै नागरिकलाई न्यूनतम आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न हाल संचालनमा रहेको स्वास्थ्य बीमा लगायत सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको जनाएकोछ ।

सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम संचालन गरिनेछ । स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमा कार्यक्रमका बीच दोहोरोपन नहुने गरी चालु आर्थिक बर्ष भित्रै कार्यविधि तर्जुमा गरिनेछ । यस्ता सामाजिक सुरक्षा कार्यक्रमलाई क्रमश स्वास्थ्य बीमाको दायरामा ल्याईनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई पुर्नसंरचना गरि दिगो बनाईनेछ ।

परोपकार तथा स्त्रीरोग अस्पताल थापाथलीमा नवजात शिशुका लागि मिल्क बैंक संचालन गरिनेछ । बीपी कोइराला क्यान्सर अस्पताल,जीपी कोईराला राष्ट्रिय उपचार केन्द्र, शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल, मनमोहन कार्डियो थेरासिक भास्कुलर तथा ट्रान्सप्लान केन्द्र, सुरश वाग्ले मेमोरिल क्यान्सर केन्द्र, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपचारका लागि बजेट व्यवस्था गरेकोछु ।

काठमाडौको वीर अस्पतालमा रहेको वर्न युनिटलाई स्तरोन्ती गरी सुविधा सम्पन्न वर्न सेन्टरको रुपमा विकास गर्न आवश्यक बजेट छुट्याएकोछु । नीजामती अस्पतालको स्तरोन्ती गरी सुपरस्पेशालिटी सहितको अस्पतालको रुपमा विकास गरिनेछ । प्रादेशिक अस्पतालको समन्वयमा प्रदेशस्तरमा सेवा विस्तार र सुलभ रुपमा सेवा विस्तारको व्यवस्था मिलाईनेछ ।

गेटा मेडिकल कलेजलाई शहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा संचालन गर्ने व्यवस्था मिलाईनेछ । गेटा अस्पताललाई १ सय शैयाको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निमार्ण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनलाई बजेटको व्यवस्था गरेको मन्त्री महतले बताउँनुभयो ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विस्तार गर्न भौतिक पूर्वाधारको विकासका लागि बजेटको व्यवस्था गरिएकोछ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत दैलेखको आठ बीस नगरपालिका राखममा १ सय शैयाको अस्पताल स्थापना गर्ने प्रकृया अगाडि बढाईनेछ ।

ललितपुरको पाटनमा रहेको मानसिक रोग अस्पतालको क्षमता विस्तार गरिने पनि बजेट भाषणमा उल्लेख गरियो । सबै संघीय अस्पतालमा मानसिक रोगको लागि अन्तरंग सेवा संचालन गरिनेछ ।

काठमाडौको मुटुमा रहेको राष्ट्रिय ट्रमा सेन्टरको बिकासका लागि बजेटको व्यवस्था गरेको बताईयो । कैलालीको लम्की, रुपन्देही, लालचन्डी, नवलपरासीको बर्दघाट, गैडाकोट, सिन्धुली भिमान,धादिङको बेलकुमान सरकारी एसोसियसनको समन्वयमा प्राथमिक ट्रमा सेन्टर स्थापना गरि संचालनमा ल्याईनेछ ।
संघीय अस्पतालमा रहेका जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नती गरिनेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायतका प्रयोगशालालाई भवन निमार्णका लागि साथै उपकरण, परिक्षण किट्स् केमिकल रिएजेन्ट लगायतका सामग्री खरिद गर्न बजेट छुट्याएको छु भन्नुभयो ।

सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्य कर्मीलाई प्रोत्साहित गर्न सबै संघीय अस्पतालमा एक चिकित्सक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम संचालन गर्न २४ करोड विनियोजन गरेकोछ । त्यसैगरी आयुर्वेदिक, होमियोप्याथिक, युनानी, अकुपंचर, प्राकृतिक चिकित्सा जस्ता बैकल्पिक उपचार पद्धतिलाई प्रोत्साहन गरिनेछ । बुढानिलकण्ठमा राष्ट्रिय आयुर्वेद पंचकर्म रोग सेवा केन्द्र भवन निमार्ण कार्य सम्पन्न गर्न बजेट व्यवस्था गरिएकोछ । नागरिकलाई शारिरीक व्यायाम, योग र आरोग्य विस्तारका लागि स्वस्थ र सन्तुलित आहारमा जोड दिई स्वस्थ जीवन शैली अपनाउँन अभिप्रेरित गरिनेछ । खुल्ला योग तथा व्यायाम संचालनार्थ उपकरण खरिदका लागि बजेट व्यवस्था गरेकोछु ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायत सबै संघीय स्वास्थ्य विज्ञान प्रतिष्ठानको संचालन व्यवस्थापनमा एकरुपता कायम गर्न एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन तर्जुमा गरिनेछ । सबै संघीय अस्पताललाई विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्न सकने गरि सुपरस्पेशालिटि सुविधा सहितको शिक्षण अस्पतालको रुपमा विकास गर्दै लगिनेछ ।

सरकारी छात्रबृत्तिमा एमडी, एमएस गरेका विशेषज्ञ चिकित्सकहरुले निश्चित अवधि सम्म काठमाडौ उपत्यका बाहिरका सरकारी अस्पतालमा अनिवार्य रुपमा सेवा गर्नुपर्ने व्यवस्था गरिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ ८३ अर्ब ९९ करोड बिनियोजन गरेकोछ मन्त्री महतले भन्नुभयो ।

औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाब्यता अध्ययन गरिने

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । अर्थ मन्त्री प्रकाशशरण महतले औषधि प्रयोजनका लागि आगामी आर्थिक वर्ष गाँजा खेती अध्ययन गर्ने बजेट भाषणमा बताउँनुभयो । उहाँले त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको समेत बजेट भाषणमा बताउँनुभयो । अहिले सरकारले गाँजालाई लागू औषधको रुपमा लिने गरेको छ । राजनीति दलका कतिपय नेता तथा सांसदहरुले भने गाँजालाई खुल्ला गर्नु पर्ने बहस उठाउँदै आएका थिए ।

बजेट भाषणकै क्रममा सरकारले पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्नेछ भन्नुभयो ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पशुपन्छीको महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्ष विभिन्न रोगका करिब छ करोड ६० लाख डोज भ्याक्सिन स्वदेशमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको बताउँनुभएको हो ।

यसका साथै उहाँले जडिबुटीलाई व्यवसायीक खेतीका रुपमा अघि बढाउँने पनि बताउँनुभयो । मन्त्री महतले सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ मा जडीबुटीको व्यावसायिक खेती प्रवर्धन गर्ने घोषणा गरेको छ भन्नुभयो । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका २०८०÷०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो कुरा बताउँनुभएको हो । ’जडीबुटीको व्यावसायिक खेती प्रवर्धन गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्भाव्य स्थानीय तहमा गुणस्तरीय विरुवा उत्पादन र पकेट क्षेत्र विकास गर्न बजेट छुट्याइएको छ । जडीबुटीको प्रशोधन तथा सारतत्व प्रमाणित गरि निर्यात प्रवद्र्धन गर्न प्रोत्साहित गरिने छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्