फिल्म र क्यानभास



राजधानीमा फिल्म र चित्रकलालाई जोड्दै एक बहस कार्यक्रम सम्पन्न भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आइतबार फिल्म र क्यानभास विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो।

अन्र्तक्रियमा फिल्म र ललितकलाबीचको अन्तर्सम्बन्धका सम्बन्धमा फिल्म र सरोकारवालासँगको छलफल चलाइएको थियो। कार्यक्रममा बोल्दै फिल्मकर्मी नीर शाहले क्यानभास आफंैमा अनेकथरी अर्थ बोकेको वस्तु भएको चर्चा गरे। ञत्यसको प्रारम्भिक स्वरुप सेतो हुन्छ। त्यहाँ जसले जे गर्दा पनि हुन्छ। ज्ुन पेन्टिध्रलाई तपाईंहरु अमूर्त भन्नुहुन्छ, त्यसको पराकाष्टा नै क्यानभास हो। क्यानभासमा रंग हुँदैन तर क्यानभासमा रंग हुन्छ। रंगविहीन हुनु पनि एउटा रंग हो, शाहले अथ्र्याए प्रत्येक रंगको एक किसिमको प्रतीकात्मक बुझाइ हुन्छ। फिल्मकर्मीले रंगलाई कोरा रंगकै रुपमा मात्र बुझ्न हुँदैन। सिनेमा र रंगबीच प्रगाढ सम्बन्ध छ।

प्रत्येक चित्रकारले कोरेका चित्रहरु सल्बलाउन थाले भने अथवा बोल्न थाले भने त्यो फिल्म बन्छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पावर प्वाइन्ट प्रिजेन्टेसन प्रस्तुत गर्दै चित्रकलामा फिल्म र फिल्ममा चित्रकला विषयमा आफ्नो धारणा राखे। एपकुलपति लालकाजी लामाले फिल्म र क्यानभास अर्थात् ललितकला दुवै अभिव्यक्तिको माध्यम भएको चर्चा गर्दै भने ञचित्र सार हो, फिल्म विस्तार हो। तर, सारभित्र पनि विस्तार हुन्छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले थुम्केलीले फिल्मलाई साहित्य, कला र संगीतको समुच्च विधाको रुपमा व्याख्या गरे। ञयो विधामा ललितकलाको पनि उपस्थिति रहेको हुन्छ। तर, यसमा त्यति बहस भएको देखिन्न।

त्यसैलाई सम्बोधन गर्न हामीले यो कार्यक्रम गरेका हौ, उनले आगामी दिनमा फिल्ममा ललितकलाका विषयलाई पनि समेट्न आग्रह गर्दै भने। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले फिल्मलाई फराकिलो दायरामा लैजाने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। ञफिल्म सिरियस जब हो।

फिल्मले सम्पूर्ण विधालाई समेट्न सक्छ। वास्तु, रंग, कला इत्यादिमार्फत हामी ललितकलासँग जोडिएका हुन्छौ। त्यसलाई बुझेर प्रयोग गर्न सके फिल्म अझ मजबुत बनाउन सकिन्छ किु उनको भनाइ थियो। छायाँकार दीपक बज्राचार्यले फिल्म र चित्रमा प्रयोग गरिने एलिमेन्ट्स मिल्ने चर्चा गरे। ञहामीले कलर हार्मोनीमा काम गर्न सकेका छैनौ। कलर हार्मोनीको बारेमा बुझ्न कलर थ्योरीको बारेमा जान्नुपर्ने हुन्छ। कलर, कलर टेम्प्रेचर के हो भनेर फिल्म मेकरले बुझ्नुपर्छु उनको भनाइ थियो।

फिल्म निर्देशक रक्षा सिंह राणाले क्यानभासलाई एउटा भिजनका रुपमा बुझिने बताइन्। आर्टिस्टले क्यानभासमा जे गर्नुहुन्छ, हामीले फिल्ममा गर्ने पनि त्यहि नै हो। माध्यम मात्र फरक हो, राणाको भनाइ थियो। कलाकार अशोकमान सिंहले रंग आफंैमा संवेदनशील हुने चर्चा गर्दै हरेक रंगले जीवनमा प्रभाव पारिरहेको बताए।

फिल्ममा प्रयोग गर्ने रंग र कलामा प्रयोग गर्ने रंग फरक हुन्छु सिंहको भनाइ थियो। रंग संयोजक कपिल पराजुलीले इलेक्टिझकल्ली जेनेरेटेड कलर र प्राकृतिक कलर मिलाउन खोज्दा कठिन हुने बताए। चित्रकलालाई नांगो आँखाले हेर्न सक्छौं, तर फिल्म त्यस्तो होइन। चित्रकलामा बेस्ट गर्न सक्छौ।

फिल्ममा कम्प्रोमाइज हुन्छु पराजुलीले भने। कला निर्देशक निर्जल श्रेष्ठले क्यानभासै क्यानभासको संयोजन नै फिल्म बताए। ञक्यानभास चल्दैन्, फिल्म चल्छ। क्यानभासले मुलुकको वैभवता, सभ्याता र संस्कृति देखाउँछु श्रेष्ठले भने। निर्देशक छिरिङ रितार शेर्पाले फिल्ममा लिबर्टी धेरै हुने र क्यानभासमा लिमिटेसन हुने धारणा बताए।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले फिल्म पनि ललितकलाको विधामा पर्ने जनाउँदै भनिन् एउटा कलाले जिन्दगी बताउन सक्छ। हेर्ने नजर चाहिन्छ।

प्रतिक्रिया दिनुहोस्