उपनिर्वाचन : तनहुँ–१ मा गोविन्द भट्टराईको पक्षमा मतदाता



तनहुँ। 

यही वैशाख १० मा तनहुँ क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुँदैछ । यस क्षेत्रमा विशेषगरी तीन दलको प्रतिस्पर्धा देखिएको छ । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रतिनिधि सभाको उम्मेदवार बन्नुभएको छ । त्यस्तै नेकपा एमालेबाट पूर्व आइजिपी सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ । यी तीन दल बीच तनहुँ–१ को प्रतिनिधि सभा सदस्य बन्ने दाउमा छन् । तर, तनहुँ–१मा गठबन्धनले जित निकाल्नुपर्ने दबाब छ ।

यस क्षेत्रबाट गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि हुने उपनिर्वाचनमा गठबन्धनलाई विरासत जोगाउनुपर्ने जिम्मेवारी छ । त्यसैले पनि यहाँको उपनिर्वाचन व्यापक रुपमा राष्ट्रकै चासो र ध्यान खिचेको छ । मुलुकका शीर्ष नेतृत्वको समेत ध्यान विशेषगरी खिचेको छ ।
तीनै दलका उम्मेदवारले प्रचारप्रसार तथा मतदातासमक्ष पुगेर आ–आफ्नो पक्षमा मत माग्नमा व्यस्त छन् । विभिन्न चुनावी सभालाई राजनैतिक पार्टीले आ–आफ्नो पक्षमा मत पार्न कसरत गरिरहेका छन् । तनहुँ–१ को उपनिर्वाचनमा आफ्नो पक्षमा मत माग्नका लागि मुख्य तीन दलका शीर्ष नेताको बाक्लो उपस्थिति भइरहेको छ । मतदानको दिन नजिकिँदै गर्दा अझ बढी पार्टीका सभा, सम्मेलनका साथै सबै पार्टीका नेतृत्वको आइरो लागेको छ ।

राष्ट्रियस्तरबाट नै चासोको विषय बनेको तनहुँ–१ को उपनिर्वाचन कसले बाजी मार्ला भन्ने चासो बढेको छ । गठबन्धनले नेपाली काँग्रेसका सन्त तथा शालीन नेता गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । नेता भट्टराईले कुनै पनि पदमा नरहेर समेत जनताको मुख्य आवश्यकताको रुपमा रहेको खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुली, रोजगारमा योगदान दिइरहेकोले उहाँको चुनावी माहौल विशेष देखिएको छ ।

उहाँलाई विभिन्न स्थानबाट चुनावी तथा नेतृत्वमा जाने अवसर आए पनि तनहुँको विकासलाई प्राथमिकतामा राखेर अगाडि बढेकाले अहिले न्याय गर्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् । नेपाली काँग्रेसले न्याय गर्दैन भन्ने हल्लालाई नेता भट्टराईले पाएको अवसर नै पार्टीले न्याय गर्छ भन्ने प्रमाणित भएको युवा वर्गकै भनाई रहेको छ ।

गठबन्धनले पानी मान्छेको रुपमा परिचित भट्टराई स्थानीय लेबलमा खानेपानी घरघरमा पुर्‍याएर गरेको योगदानले मतदाता उहाँको पक्षमा देखिन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारबाजी धेरै भएपनि स्थानीय लेबलमा भट्टराईको पक्षमा मतदाताको मत देखिन्छ । रास्वपाका वाग्लेले काँग्रेस तथा गठबन्धन र एमालेको मत तानेर जित हासिल गर्ने दाउमा रहेको छ ।

बुधवार मात्रै सात दलीय गठबन्धनका शीर्ष नेताहरु तनहुँमा चुनावी सभा गरेको छ । बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारमा संयुक्त गठबन्धनको चुनावी सभालाई शीर्ष नेताहरुले सम्बोधन गरेका छन् । चुनावी सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत गठबन्धन दलका शीर्ष नेताहरूले उम्मेदवार भट्टराईको पक्षमा मत माग्नुभएको थियो ।

राष्ट्रीय स्वतन्त्र पार्टीले सामाजिक सञ्जालमा आफ्नो पक्षमा मत बढी रहेको सार्वजनिक गरिरहँदा पनि तल्लो तहमा भट्टराईको पक्षमा रहेको देखिन्छ । रास्वपाले भ्रम पार्ने गरी मौन अवधिको केही समय अघि मात्रै सामाजिक सञ्जालमा त्यस्तो सर्वेक्षण सार्वजनिक गरेतापनि तनहुँमा रास्वपाको मत देखिँदैन । सभा, सम्मेलनमा जति प्रचारबाजी गरे पनि वास्तविकतामा भने फरक रहेको पाइएको छ ।

रास्वपाले सहयोग गर्ने भयो भनेर प्रचार गरे पनि काङ्ग्रेससँग रुष्ट रहेको भनिएको पूर्व महामन्त्री गोविन्दराज जोशी समूह हालसम्म तटस्थ रहेको अभिव्यक्ति दिँदै आएको छ । जोशी समूह भट्टराई पक्षमा देखिएका छन् । एक जोशी समूहका नेता (नाम राख्ने सर्तमा) रास्वपाले दबाब दिने भएपछि नाम सार्वजनिक नै नगरी हाम्रो समूहले भट्टराई जिताउन प्रतिबद्ध भएर लागेको बताउनुभयो । “भूमिपत्र हुनुहुन्छ भट्टराई त्यसैले हाम्रो  मत उहाँलाई नै हो ।” उहाँले भन्नुभयो ।
एमालेका एक नेताले एमालेको जिस्ट भोट बाहेक आश बढी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “काँग्रेसको भोट रास्वपाले काट्यो भने हामीले जित्छौँ भन्ने झिनो आशले चलेको छ ।” रास्वपाको क्रेज सबै क्षेत्रमा भए पनि मत अन्तै उपयोग हुने पूर्ण रुपमा देखिएको छ ।

गोविन्द भट्टराई – पार्टीको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष, नेपाल तरुण दलको महासचिव भएर काम गरिसक्नुभएको छ । भट्टराई विद्यार्थी र युवाको समस्याको बारेमा जानकारी भएकोले युवा र विद्यार्थीको माग पुरा गर्न सक्ने स्थानीय बताउँछन् । २०३४ सालबाट नेविसंघमा आबद्ध भई विद्यार्थी राजनीति सुरु गर्नुभएको हो ।

भट्टराईले २०३६ सालको विद्यार्थी आन्दोलनमा तनहुँको दमौलीमा भाग लिएर पञ्चायत विरुद्ध धावा बोलेको जुलुस निकाल्न नेतृत्व गर्नुभएको थियो । त्यस्तै २०४२ सालको सत्याग्रहमा तनहुँमा प्रतिबद्ध भएर काम गर्नुभएको थियो । त्यसैगरी २०४६ सालको विद्यार्थी आन्दोलन र २०६२/६३ को विभिन्न आन्दोलनमा अग्रपंतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ । यसले पनि भट्टराईले तनहुँका मतदाताले मत दिने उहाँको विश्वास छ ।

उहाँले काँग्रेसको राजनीतिमा बाल्यकालदेखि हालसम्म धैर्यताका साथ निरन्तरता दिइरहनुभएको छ । उहाँले २०५३ सालमा नेविसंघको सर्वसम्मत सभापति चयन हुनुभएको थियो । २०५८ सालमा नेपाल तरुणदलको महासचिव हुनुभयो । हाल उहाँ काँग्रेसको केन्द्रीय सदस्य भएर तेस्रो कार्यकालमा काम गरिरहनुभएको छ ।

युवा विद्यार्थीका हक अधिकारको लागि लडेको, पटक पटक सत्ताको दमन सहेको उहाँसँग अनुभव छ । त्यस्ता दमनको प्रतिकार कसरी गर्ने र समाधान गर्ने भन्ने समेत उहाँ जानकार भएकाले यहाँका जनताको विश्वासको पात्र हुँदै आउनुभएको छ । उहाँले नेविसंघको सभापति हुँदा भ्रष्टाचार विरोधी देशव्यापी अभियान चलाएको, लाभको पदको लोभ नगर्ने उहाँको छवि हो ।

सर्वेन्द्र खनाल – लामो समय नेपाल प्रहरीको महानिरीक्षकको रुपमा प्रहरी संगठनको नेतृत्व गरेका खनाल २०४७ सालको अन्तरिम सरकारको पालाबाट सरकारी जग्गा हिनामिना प्रकरणमा प्रधानमन्त्रीदेखि मन्त्रीहुँदै कर्मचारी र न्यायालयसम्मको सेटिङ मुख्य कारण रहेको तथ्य र प्रमाण अनुसन्धान प्रतिवेदन गर्नुभएको भनिन्छ । तर, निर्मला हत्याकाण्डलाई लिएर उहाँको मत खस्कँदो देखिएको छ ।

स्वर्णिम वाग्ले – उनले विश्वविख्यात लण्डन स्कुल अफ इकोनोमिक्स, हावर्ड विश्व विद्यालय अमेरिका एवं अस्ट्रेलियन नेशनल विश्वविद्यालय अस्ट्रेलियाबाट उच्च शिक्षा हासिल गरेका छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष , सर्वार्णिङ विकाश अध्ययन केन्द्रको वर्तमान अध्यक्षका साथै काठमाडौँ विश्वविद्यालयको सिनेटर हुन् ।

प्रतिक्रिया दिनुहोस्