झापाका ३० वटा सडक आयोजना ठप्प



भद्रपुर । 

नेपाल सरकार र निर्माण व्यवसायीबीच सम्झौता भएका आयोजना बजेट नपठाएका कारण ठप्प छन् । निर्माण व्यवसायीले गरेको कामको भूत्तानी नपाएका कारण समस्या देखिएको हो ।

जिल्लामा ६४ वटा आयोजना सञ्चालित छन् । ती मध्ये ३० वटा सडक आयोजना बजेट निकासा नभएका कारण अन्यौल देखिएको छ । जिल्लामा ५५ सडक,७ वटा पुल र बाँकी कल्र्भट निर्माणका लागि विभिन्न मितिमा सम्झौता भएको सडक डिभिजन कार्यालय झापाले जनाएको छ ।

बजेट अभावमा अलपत्र परेका सडकहरुमा पूर्वाञ्चल कन्ट्रक्सनका ९, धन्दा÷गहिल जे.भिका ५, वाम्ती भण्डार निर्माण सेवाका ३ , जय इश्वरी प्रतिभा जेभि ३, सरोजवल्र्डटे«ड जेभिका २, लामा वाम्ती वल्र्ड वाइडे जेभिका २, नागार्जुन विष्णु जेभि २, दिवा नायग्रा झापाली जेभि २, मिक्लु कन्ट्रक्सनका १ र रेनता निर्माण सेवाका १ वटा छन् ।

डिभिजनले उपलब्ध गराएको तथ्याङ्क अनुसार गौरादह मिलन चोक फकिरदिप खजुरगाछी फत्तेपुर ,गौरादह बैगुनधुरा कोरोबारी , दमक चिया दोकान जदाहा सेतुमारी बालुबथान गौरादह सडक कालोपत्रेसहित क्रस ड्रेन निर्माणका लागि चार वटा प्याकेजमा र दमक कृष्ण मन्दिर हुदै मोरङको इटहरा कालो पत्रे तथा क्रस ड्रेनसहित ५ वटा प्याकेजमा सम्पन्न गर्ने सडक रहेका छन् ।

त्यसैगरी लक्ष्मीपुर घैलाडुब्बा, अर्जुनधारा हुदै इलाम लक्ष्मीपुर, दमक कृष्ण मन्दिर हुदै मोरङको इटहरा कालो पत्रे तथा क्रस ड्रेन, काँकडभिट्टा वाहुनडाँगी हुदै पशुपतिनगर चिवाभन्ज्याङ सम्म, कोहवरा– महाभारा कालोपत्रे क्रस ड्रेनसहित ५ वटा प्याकेज, गौरादह– खजुरगाछी , कोहवरा – शिवगञ्ज, गौरादह हुदै मोरङको झुनाबारी सडक, कमल गाउँपालिकाको गुहावारी स्कुल हुदै खजुरगाछीको दाम्रभिट्टा जोडने सडक रहेका छन् । त्यस्तै चारआली – केचना चक्रपथ, धरमपुर ५ मङ्गलबारे, आल्टाबारी – गौरीगञ्ज, गौरादह मिलन चोक फकिरदिप खजुरगाछी फत्तेपुर , पाठामारी– वालुवाडी सडक र गौरादह हुदै खजुरगाछी सडक बजेट अभावले अलपत्र परेका हुन् ।

पूर्वाञ्चल कन्ट्रक्सनका ठेकेदार प्रकाश सिंका अनुसार १ वर्ष अघि नै १४ किलोमिटर सडकको वेसको काम र ४ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको वताउँनुहुन्छ । कामको भौतिक प्रगति ७० प्रतिशत भन्दा माथि भएपनि सरकारले बजेट नपठाएका कारण काम गर्न नसकिएको उहाँले बताउँनुभयो ।

हालसम्म ५ करोडको काम गरिसके पनि ३ करोड मात्र भुत्तानी पाएको उहाँको भनाइ छ । जुनसुकै वर्षपनि आर्थिक वर्षको अन्त्य तिर बजेट पठाएर ठेकेदारले काम नगरेको बनाउन यस्तो गरेकोमा दु:ख लागेको उहाँको भनाइ छ । समयमा बजेट नपठाउँने ,देशमा दुइवटा निर्वाचन , वर्षायाम र कोरोना महामारीका कारण निर्माण व्यवसायी मारमा परेको उहाँको भनाइ छ ।

सरकारले काम नगर्ने अनि दोषजति निर्माण व्यवसायीलाइ थुपार्ने परिपाटी रहेको उहाँले आरोप लगाउँनुभयो । ५ प्रतिशत गलत ठेकेदारका कारण बाँकी ९५ प्रतिशत ठेकेदार मारमा परेको उहाँको भनाइ छ । त्यही ५ प्रतिशतलाइ देखाएर सञ्चार क्षेत्र, नेपाल सरकारले वदनाम गर्दै हिडिरहेको उहाँको आरोप छ ।

सडकले ठेक्का लगाउँदा बोलपत्रमा उल्लेख गरिएको भन्दा अलग योजना देखाएका कारण पनि समयमा ठेक्का सम्पन्न गर्न नसकिएको निर्माण व्यवसायीको आरोप छ । विकासे अड्डाले समयमा बजेट पनि नपठाउने र योजनामा रकमान्तर समेत नगरेका कारण योजनाहरु प्रभावित बन्ने गरेको निर्माण व्यवसायीहरुको गुनासो छ ।

सम्झौता सङ्घीय सरकारसँग भएको र पछि सडक र पुल प्रदेशले हेर्ने भएपछि समस्या आएको सडक डिभिजनका इन्जिनीयर एवम सुचना अधिकारी गौतम देवले बताउँनुभयो । सवै योजनाको आउँदो असार मसान्तसम्म म्याद भएपनि बजेट नपठाएका कारण आयोजना तोकिएको अवधिमा सम्पन्न नहुने उहाँले बताउँनुभयो । रोकिएका आयोजनाहरु ४० देखी ७० प्रतिशतसम्म सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । डिभिजनमा वि.सं. ०६६ साल देखि आयोजनाको सम्झौता भएको तथ्याङ्क रहेपनि हालसम्म सम्पन्न भइनसकेको उहाँले जनाउँनुभयो । कतिपय आयोजना निर्माण सम्पन्न भएपनि भूत्तानी नपाएका कारण फरफारक हुन नसकेको उहाँको भनाइ छ ।

सम्झौता मिति नागेपछि उल्लेखित आयोजना ०७८ मङ्सीर देखी चैत मसान्तसम्म थप म्याद गरी कार्य सम्पन्न गर्नु पर्ने भएपनि सम्पन्न हुननसकेको उहाँको भनाइ छ ।

उल्लेखित सडक निर्माणका लागि भ्याटसहित भैपरी आउने (खानेपानी,विजुली पोल, बोटविरुवा लगायत)८२ करोड ३८ लाख १४ हजार २ सय ४९ रुपैयाँ ३९ पैसामा ठेक्का लागेको थियो । ठेक्का लागेको रकममध्ये आर्थिक वर्ष ०७८/७९ सम्म ४५ करोड ७९ लाख २७ हजार ५ सय १६ रुपैयाँ ६५ पैसा कुल भूत्तानी गरिसकेको र ३६ करोड ५८ लाख ८६ हजार ७ सय ३२ रुपैयाँ ३२ पैसा भूत्तानी दिन बाँकी रहेको सडकको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्