पूर्णिमा शोकले संगीतमा



धेरैजसो मानिस सौखले कलाकार हुन्छन्, पूर्व रुकुमको मयाङग गाउँकी पूर्णिमा सेन ठकुरी भने शोकको विरहले गायिका बन्न पुगिन्। गीत-संगीतमा लाग्छु र यहीँबाट नाम बनाउँछु भन्ने पूर्णिमाले सोचेकी थिइनन्। तर, परिस्थितिले उनलाई गायिका बनायो र गीत+संगीत क्षेत्रमा नै डो-यायो।

एक दशक भयो पूर्णिमा गायन क्षेत्रमा जमेको। गाउँमा हुँदा भातृशोकमा डुबेकी पूर्णिमाले त्यही बेलादेखि गाउन थालिन्। दाइको शोकको विरहमा गायन यात्रा शुरु गरेकी पूर्णिमाले आठ वर्षदेखि भने राजधानीका विभिन्न दोहोरी साँझमा मौलिक लोकदोहोरी भाका पस्केर आपूmलाई सांगीतिक यात्रामा दौडाइरहेकी छन्।

मैले कहिल्यै पनि गीत गाउँछु भन्ने सोच बनाएकी थिइनँ । न त गायन र संगीतसँग कुनै चासो नै थियो। तर, दाइको हत्या भएपछि म उसको शोमा लामो समयसम्म विरहमा डुब्न पुगेँ। दाइ मनाङमा बस्नु हुन्थ्यो । त्यहाँका गुण्डाहरुले दाइको हत्या गरिदिए। दाइको हत्याले म र मेरो परिवार विक्षिप्त हुन पुग्यो।

त्यस बखत मनमा उर्लेका विरहका विभिन्न भावलाई कागजमा टिपेर राखेको थिएँ पूर्णिमाले गायन क्षेत्रमा आउनुको रहस्य खुलाइन् ती शब्द गाउँका एकजना दाइलाई देखाउँदा उहाँले कस्तो कारुणिक शब्द बुनेछौ। यसलाई त गीतको रुप दिनुपर्छ भनेपछि जानी नजानी गीत बनाएर गाएँ ।

त्यो गीत गाएपछि दाइको शोकलाई भुल्न उनले संगीतलाई सहारा बनाइछिन्। दाइको शोकमा गाएको गीत सुनेपछि सबैले स्वर राम्रो रहेछ भन्नुभयो र गायउन प्रेरित गनुभयो। त्यसपछि गीत गाउने लत नै बस्न पुग्यो। त्यस यता गीत-संगीत क्षेत्र नै मेरो सहारा भएको छु पूर्णिमाले सुनाइन् म जुनसुकै विधाको गीत गाउन सक्छु।

तर, विशेषगरी लोक र दोहोरीमा रमाउँछु। दोहोरीमा पोख्त भएकै कारण २०७१ सालदेखि काठमाडौंका विभिन्न दोहोरी साँझमा दोहोरी गीत गाएर दोहोरी पारखीहरुको मन जित्दै आएकी छु। २०७१ सालमा दिलु सलामीको यानीमाया दोहोरी साँझबाट दोहोरीमा गाउन थालेकी पूर्णिमाले लगातार राजधानीका विभिन्न दोहोेरी साँझबाट आफ्नो गायनकला प्रस्तुत गर्दै आएकी छन्।

पूर्व रुकुमबाट २०७० सालमा काठमाडौं आएकी पूर्णिमाले २०६९ सालमा पहिलो पहिलो लोक दोहोरी एलबमस्वरुप बहिनीको व्यथा बजारमा ल्याएकी थिइन्। जुन उनले आफ्ना प्यारा दाजुको हत्यालाई लिएर उनको सम्झनामा तयार पारेकी थिइन्। त्यसयता उनले दाङ घोराही तुलसीपुर, कालो कालो चश्मा, आँखैमा झलल नामका एलबम दर्शक स्रोतामाझ पस्किसकेकी छिन् भने तीन दर्जन लोक दाहोरी गीत बजारमा ल्याइसकेकी छन्।

दाङ घोराही तुलसीपुर, यस्तै यस्तै हुन्छ पहिला पहिलो माया, भुन भुन गर्दै भमरा, आँखैमा झललजस्ता लोकदोहोरी उनेका हिट गीत हुन्।गीत गायनका क्रममा विभिन्न स्थानबाट गायन संगीतसम्बन्धी प्रशिक्षण लिएकी उनको जमानामा क्यासेट प्रविधि लोकप्रिय थियो। उनी त्यसबाट गीत गाएर आफूले पनि गाउने प्रयास गर्थिन्।

उनको बुवा पददान पनि गीत गाउँथे र उनलाई समेत गाउन उकास्थे। उनी सांगीतिक प्रस्तुतिका क्रममा चौरजहारी, रुकुम, धनगढी, स्याङजा, डोल्पा, धादिङ, नुवाकोट, बर्दिया, दाङ, प्युठानलगायत देशका विभिन्न जिल्लामा पुग्दै आएकी छन्। काठमाडौं बाहिरका कार्यक्रम अनि काठमाडौंको दोहोरीमा गीत गाउन व्यस्त रहन्छु। रेकर्डिङ पनि गरिरहेकै हुन्छु।

समय मिलाएर सबै प्रकारका सांगीतिक गतिविधिलाई सँगसँगै अघि बढाइरहेको छु पूर्णिमा भन्छिन्। कालो कालो चश्मा बोलको गीतबाट राप्ती म्युजिक अवार्डको नोमिनेसनमा पर्न सफल उनी गीत रेकर्डिङको तुलनामा लाइभ दोहोरी गाउन सजिलो र रमाइलो लाग्ने बताउँछिन्। रेकर्डिङ गर्नुको पनि आफ्नै मज्जा त छ। तर लाइभ दोहोरी गाउँदा प्राप्त हुने तत्काल रेस्पोन्सको मज्जा नै बेग्लै छु पूर्णिमा भन्छिन्। उनका शितको थोपा पातमा र पञ्जे बाजा बोलका गीतका साथमा स्थानीय भाकाको गीत बजारमा आउने तरखरमा छ।

प्रतिक्रिया दिनुहोस्