दोहोरीमा जमेकी दुर्गामाया



स्याङजाको वालिङ नगरपालिकास्थित वडा नम्बर ३ को माझकोटकी लोक दोहोरी गायिका दुर्गामाया गुरुङले २८ वर्ष भयो यो क्षेत्रमा साधना गरेको। यस क्रममा उनले दाई त मेरो लाहुर जाने, माइतीको माया, देउराली भञ्ज्याङ, घर कहाँ मायालु, डम्फु मादल, स्याङजा डाँडा वन, घुमी घुमी बस्यो माहुरीजस्ता एलबम यो क्षेत्रलाई दिएकी छन् भने दर्जनौं लोकप्रिय गीत दिएकी छन्।

गाउँघरका भाकालाई टपक्क टिपेर गीतमा ढाल्न सक्ने दुर्गामायाले लोकदोहोरी विधाका सयौं गीत गाएकी छन्। २०५१ सालमा लोकदोहोरी प्रतियोगितामा प्रतिस्पर्धा गरी पहिलो प्रयासमै प्रथम भई यो क्षेत्रमा होमिएकी उनी लोकदोहोरी क्षेत्रमा शब्द चयन, सुर र तालमा ध्यान पु¥याउने थोरै लोक दोहोरी गायक–गायिकामध्येकी एक हुन्। ०५१ सँलमा बुटवल नगरपालिकाले आयोजना गरेको लोकदोहोरी प्रतियोगितामा उनी प्रथम भएकी थिइन्।

‘लोक दोहोरीभित्र मौलिकता हुर्नपर्छ, नत्र लोक दोहोरीको अर्थ हुँदैन। प्रत्यक्ष दोहोरी गीत गायनमा प्रतिस्पर्धा गर्न त्यति सजिलो छैन, यो भनेको तत्कालै शब्द चयन गरेर उत्तर दिनुपर्ने अवस्था हुन्छ। यसो भयो भने मात्र लोक दोहोरी प्रभावकारी हुन सक्छ’ लोक दोहोरीका नाममा जथाभावी गीत संगीत आइरहेका बेला दुर्गामायाको भनाइ छ। दुर्गामायाको गायन करियरका लागि ०५१ साल भाग्यशाली सावित भएको छ।

उक्त वर्ष बुटवलको लोकदोहोरी प्रतियोगितामा प्रथम भएकी दुर्गामायाले २०५१ सालमा रेडियो नेपालको लोक गीत प्रतियोगितामा गाएको स्याङ्जा डाँडा घुम्तीमा पहिरो छ माया गहिरो छ बोलको गीत उत्कृष्ट १० भित्र परेको थियो। उनको गीतले दशौं स्थान हासिल गरेपछि प्रेमराजा महत, स्व. पाण्डव सुनुवारलगायत निर्णायक मण्डलले दुर्गालाई स्वर परीक्षा दिन लगाए। २०५३ सालमा स्वर परीक्षा पास गरेपछि उनको गायन करियर थप सफलतातर्पm उन्मुख हुन पुग्यो, उनले धमाधम गीत गाउने अवसर पाइन्।

रेडियो नेपालमा गीत रेकर्ड गर्न डेट पाउनै मुस्किल हुने त्यो समयमा उनले भने थुप्रै गीत रेकर्ड गर्ने अवसर पाइन्। ‘त्यो बेलामा प्रत्यक्ष बाजागाजासहित गीत गाउनुपथ्र्यो। त्यसैले, एकदमै संयमित भएर गीत नगाए वा बीचमा बिग्रिए फेरि शुरुदेखि नै रेकर्ड गर्नुपर्ने अवस्था हुन्थ्यो। तर, म कतै केही नबिगारी एकपटकमै रेकर्ड गराउँथें। त्यसले गर्दा पनि धरै गीत रेकर्ड गराउने मौका त पाएँ नै, अग्रज गायक–गायिकाबाट तारिफ पनि पाउँथे’ दुर्गामाया सम्झिन्छिन्।

गायिका दुर्गाले पहिलो गीतस्वरूप गुरुङ भाषाको रामरानी ङ्याल्स्यो गाएकी थिइन्। लोकदोहोरीमा भने पर्ख सँगै जाऊँ उनको पहिलो गीत थियो। २०५२ सालमा गाएको यो गीतले उनको सांगीतिक करियरलाई यति उचाइ दिलाइदियो कि उनी स्वयंले त्यसको कल्पना गरेकी थिइनन्।

बाँचुञ्जेल गायन क्षेत्रलाई अंगाल्ने प्रण गरेकी दुर्गाको अनुभवमा सुरुवाती चरणका दिनमा उनलाई गायन क्षेत्र निकै असहज बनेको थियो। दुःखका धेरै आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुग्दा भने उनको गायकीलाई पछ्याउने धेरै भएका छन् लोकदोहोरीमा। उनले गाउने गीतको मौलिकपनभित्र वास्तवमै लोकका वेदना, पीर, मर्काजस्ता विषय हुने गर्दछन्। गाउँको परिवेश होस् वा मायाप्रेमकै कुरालाई लोकपनमा ढाल्दै गीत गाउने उनी लोकदोहोरी गीतमा गायन सँगसँगै आफैँ लेख्ने र लय भर्ने काम पनि गर्छिन्।

पोखरा बसेर गीत संगीतको क्षेत्रका सक्रिय जीवन बिताइरहेकी दुर्गामायाले लोकदोहोरी गायनबाटै म्युजिक खबर अवार्ड २०१३, मनास्लु अवार्ड २०२०, साधना अवार्ड २०७६, अमिन अवार्ड २०७७ र क्वालिटी अवार्ड २०७९ लाई आप्mनो बनाइसकेकी छिन्। दुर्गामायाको गायकी नेपालमा मात्र नभई विदेशमा पनि उत्तिकै लोकप्रिय छ।

त्यसै कारण उनी गीत संगीत प्रस्तुतिका लागि पटक पटक हङक¬ङ, युके, यूएई र कतार पुगिसकेकी छन्। जापान, कोरिया, युरोपका जर्मन, बेल्जियम, हल्यान्ड, लग्जमबर्ग, पोल्यान्डमा समेत पुगेर आफ्नो गायकी प्रस्तुत गरिसकेकी छन्।

एकल र दोहोरी गीतको अलावा घाटु, सोरठी, कौरा, देउडा, झोराजस्ता सांस्कृतिक गीत गायनमा समेत आपूmलाई अब्बल सावित गर्दै आएकी दुर्गामायाले आप्mनो गायन क्षमतालाई निखार्ने क्रममा विभिन्न दोहोरी साँझका साथमा महेन्द्र पुलिस क्लब, दरबार, सैनिक ब्यारेकलगायतका सांस्कृतिक केन्द्रमा समेत आफ्नो स्वर लहरी पस्किसकेकी छन्।

केही महिनाअघि मात्र उनी राजधानीमा आयोजित एकल साँझमा प्रस्तुत भएकी छन्। रोधी डिजिटल प्रालि काठमाडौंले जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको एकल साँझमा गायिका गुरुङले रेडियो नेपालमा पहिलोपटक रेकर्ड गरेकोदेखि हालसालै रेकर्डिङ गरिएका सालैजो, कौडा, झोरा, गुरुङ र नेपाली गीत गाएर संगीतप्रेमीलाई यसरी झुमाइन् कि उनको गायन प्रस्तुतिबाट रमाएकाहरुले उनलाई पैसाको मालामाथि माला पहिराइदिएका थिए। दुर्गामायले भने एकल साँझबाट संकलित रकमले आप्mनो जन्मथलो स्याङ्जाका अपांगता भएका बालबालिकाका लागि सहयोग गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्