कालिकोटका किशोरीलाई समस्यै समस्या



कालिकोट

रास्कोट नगरपालिकामा रहेका नौ वटै वडामा किशोर अवस्थामा रहेका बालिकाहरुलार्ई घरेदेखि विद्यालयसम्म समस्यै समस्या देखिएको छ । मंसिर १५ देखि १९ गतेसम्म रास्कोट नपामा सञ्चालन भयो मनोसामाजिक परामर्श सम्वन्धि अभिमुखीकरण कार्यक्रममा किशारीहरुले यस्तो समस्याका बारेमा जानकारी गराएका हुन् ।

प्लान इन्टरनेष्नल नेपाल र स्थानीय सादा नेपालको साझोदारीमा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्तरगत किशोरी अवस्थाका बालिकाहरुमा हुने मनोसमाजिक समस्या र समाधानका उपाएका बारेमा छलफल भएको थियो ।

रास्कोट नगरपालिकाका वडामा रहेका किशोरी क्लबहरूलाई बालवालिकाहरु बीच उमेर वृद्धिसँगै शारीरिक परिवर्तनमा पनि फरकपन,शारीरिक स्वरूपमा नै परिवर्तन देखिने,किशोर अवस्था बाल्यकालबाट वयस्क हुने परिवर्तनशील अवस्थाका बारेमा जानकारी गराइएको थियो ।

छलफलका क्रममा रास्कोट नपाका किशोरी उमेरका बालिकाहरुले विद्यालयदेखि घरसम्म समस्या नै समस्या रहेको बताउनु भएको थियो ।

रास्कोट नपा–८ की १५ बर्षीया प्रतिभा धमलाले किशोरीहरूको प्रजनन, मानसिक, बौद्धिक, आर्थिक तथा अन्य क्षेत्रमा विकास र परिपक्व हुने अवस्था भएपनि घरायसी वातावरण,विद्यालयका समस्याका करण अप्ठ्यारो परिस्थिति झेल्नु परिरहेको बताउनु भयो । साथै उहाँले मुख्य गरी १३ देखि १९ बर्षसम्म किशोर अवस्थाको उमेरमा महिनावारी हुने समय भएको र यहाँ जिल्लामा अहिले पनि छाउपडी प्रथा कायम रहेकाले बलात्कारकाको सिकार,सर्प लगाएता ज्यान जाने डर रहेका सुनाउनु भयो ।

विद्यालयमा छात्रा शौचालय,सेनिटरी प्याडको अभाव हुने भएका कारण विद्यालय जानबाट वञ्चित हुनु पर्ने अवस्था धेरैजसो वडाहरूमा पाइएको छ ।

किशोरीहरुका लागि मनोसामाजिक परामर्श तलिमको आयोजक संस्था सादा नेपालका कार्यक्रम संयोजक धुर्वनाथ योगीले किशोरी अवस्थाका बालवालिकाहरुको समस्यालाई उजगर गरी समस्याको समाधानका लागि नगरपालिकाको ध्यान केन्द्रीत गराउन अभिमुखीकरण कार्यक्रम राखिएको बताउनु भयो ।

विद्यालयमा सेनिटरी प्याड सकिएको र किशोरीहरुका लागि छुट्टै शौचालय नभएका कारण महिनावारीको समयमा ५ दिनसम्म विद्यालय आउनबाट वञ्चित हुनु परेको पिङ्लादेवि आधारभूत विद्यालय रास्कोट नपा–९ मा अध्ययनरत १४ वर्षीया चर्चिला तिरुवाले गुनासो राख्नुभयो ।

अभिमुखीकरणमा घरेलु हिंसाका कारण अविभावकवाट हुने तनाव,विद्यालयमा शिक्षकहरू,साथीभाइहरूबाट हुने तनाव,बालविवाहका कारण हुने तनाव र यसको मनोसामाजिक परामर्श उपचारका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रम पछि किशोरीहरूमा आउने मनोसमाजिक समस्या यसको समाधान तथा बाल संरक्षण,बालविवाहको अन्त्यका लागि सवै वडाका किशोरी क्लवका पदाधिकारी स्थानीय सहजकर्ताहरुले आ–आफ्नो वडामा अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

रास्कोट नगरपािलका विभिन्न वडाहरूमा अहिले पनि घरेलु हिंसा,छाउपडी पर्था,यौन दुव्र्यवार,बहुविवाहका कारणले बालवालिकाहरुले तनाव व्यहोनु परिरहेको अवस्था छ ।

रास्कोट नगरपालिका शिक्षा शाखा प्रमुख खेमराज शाहीले विद्यालयहरुका लागि सेनिटरी प्याड खरिद गरिए पनि विद्यालयमा नपुगेका कारण समस्या हुनसक्ने बताउँदै तत्काल पुगाउनका लागि पहल गरिने प्रतिबद्धता जनाउनु भयो ।

रास्कोट नगरपालिकाका प्रमुख भर्मराज शाहीले सामाजिक कुरीति,कुसंस्कार,बालविवाह,घरेलु हिंसाको अन्य गर्न प्याकेजमै कार्यक्रम सञ्चालन गर्ने र बालवालिकाहरुका समस्या समाधन गर्न सम्बन्धित शाखा तथा वडाहरूमा सर्कुलर गर्ने बताउनु भयो

 

 

प्रतिक्रिया दिनुहोस्